Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

एक्लिँदै देउवा : एकै दिनमा शीर्ष नेताहरूले तोडे साथ, नयाँ नेतृत्वतर्फ आकर्षण

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै शेरबहादुर देउवा झन् एक्लिँदै जान थालेका छन् । आफैंले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्कालाई अगाडि सारेर विशेष महाधिवेशनविरुद्ध कडा कदम चालेका देउवाको लाइनबाट एकपछि अर्को गर्दै शीर्ष नेताहरू अलग हुन थालेका छन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई वैधानिकता दिनुअघिसम्म देउवासँग उभिएका नेताहरू नै अहिले नयाँ नेतृत्व स्वीकार गर्नुपर्ने निष्कर्षमा पुगिरहेका छन् । विशेष महाधिवेशनलाई अवैध ठहर गर्ने, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णयमा देउवालाई साथ दिएका नेताहरूको धारणा एकाएक बदलिएको देखिएको छ ।

१४औँ महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका डा. शेखर कोइरालाको सम्पूर्ण प्यानल नै देउवा लाइनबाट अलग्गिने अवस्थामा पुगेको छ । शनिबार बिहान कोइराला समूहले छुट्टै भेला आयोजना गर्दै देउवा पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ । यो कदमलाई देउवा नेतृत्वविरुद्धको स्पष्ट राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।

यसैबीच, लामो समयसम्म संस्थापन पक्षको बलियो स्तम्भ मानिएकी पूर्व सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी तथा केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नयाँ नेतृत्व स्वीकार गर्नुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गरेकी छिन् । शनिबार जारी भिडियो सन्देशमा उनले भनिन्, “परिवर्तनलाई हाँसेर, खुसी भएर अंगालो मार्नुपर्छ । नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ । पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ । म उहाँलाई बधाई दिन चाहन्छु ।” उनको यो अभिव्यक्तिलाई संस्थापनभित्रै ठूलो राजनीतिक संकेतका रूपमा लिइएको छ ।

त्यस्तै, कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि निर्वाचन आयोगको निर्णय स्वीकार गर्नुको विकल्प नभएको स्पष्ट पारेका छन् । हिजोसम्म देउवा पक्षमा देखिएका खतिवडाले भने, “निर्वाचन आयोगले गरेको निर्णय मानेर कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्छ ।” खतिवडाको यो अभिव्यक्तिसँगै उनी गगन थापालाई सभापतिका रूपमा स्वीकार गर्न तयार रहेको सन्देश गएको छ ।

एकपछि अर्को गर्दै शीर्ष नेताहरू नयाँ नेतृत्वतर्फ झुक्न थालेपछि शेरबहादुर देउवा राजनीतिक रूपमा झनै एक्लिँदै गएको स्पष्ट संकेत देखिएको छ । कांग्रेसभित्र अब बहस ‘को आधिकारिक ?’ भन्दा पनि ‘कसरी एकता कायम गर्ने ?’ भन्ने दिशातर्फ मोडिन थालेको विश्लेषण गर्न थालिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending