Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

नौ वर्षमा भरतपुरको कायापलट, रेनु दाहालको ऐतिहासिक विदा

फइल तस्विर
खबरडबली संवाददाता

चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उनलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले विकासको पर्याय भनेर चिन्ने अवस्थामा पुर्‍यायो ।

यो अवस्था आउनुमा दाहालले खेलेको भूमिका भरतपुरवासीका लागि चिरस्मरणीय रहने छ । त्यसो त साँघुरो राजमार्ग, खाल्डाखुल्डी सहितका धुलाम्य सडकहरू, जीर्ण विद्यालय भवनजस्ता समस्यै समस्याले जेलिएको भरतपुरलाई अहिलेको अवस्थामा पुर्‍याउनुमा उनले रात दिन नभनी खेलेको भूमिका भरतपुरवासीले कहिल्यै भुल्ने छैनन् ।

फराकिला र चिल्ला सडकमा रातिको समयमा पनि झलमल्लको उज्यालो छर्दै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रमा गरेको सुधार उनलाई भरतपुरले बिर्सन नसक्ने बनाउने कामहरू हुन् । वर्षातको समयमा रातमा निदाउँन नपाउने नारायणी तटीय क्षेत्रका बासिन्दा लाग्छ वर्षायामको रातमा पनि रेनुलाई सपनामा देख्दै निदाउने समय आएको छ ।

झण्डै नौ वर्ष अघि विसं २०७४ मा भरतपुर आउँदाको स्मरण गर्दै दाहालले भनिन्, “वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा पहिलोपटक निर्वाचन हुँदै थियो । भरतपुर महानगरको नगर प्रमुख पदमा मैले उम्मेदवार दिएर निर्वाचन प्रसारप्रसार गर्न जाँदाका दिनहरूको स्मरण अझै पनि ताजै छन् ।” उनले भावुक हुँदै भनिन्, “वैशाखको उखरमाउलो गर्मीमा पश्चिम चितवन सुक्खा थियो, मकैंका बिरुवाहरू सुक्न थालेका थिए । नजिकै नारायणी बगिरहेको छ, बर्खामा मात्रै पानी आउने नहर त थियो, तर हिउँद र गर्मीमा सधैँ सुक्खा ।”

आफूले भरतपुरको विकासको लागि आफ्नो जीवनको महत्त्वपूर्ण एक दशक समय खर्चिए भन्दै उनले अगाडि थपिन्, “मेरा आफ्ना निजी चाहाना र विषयहरूलाई पन्छाएको छु । हर समय, अविरल, अनवरत र निरन्तर भरतपुर कै विकास र यहाँका जनताको सुखदुःखमा आफूलाई एकाकार बनाएको छु ।” त्यसको अनुभूति भरतपुरवासीले पक्कै गर्नुभएको छ भन्ने विश्वास आफूले लिएको उनले बताइन् ।

आफूलाई भरतपुरको मायाले काठमाडौँ बस्न नदिएको भन्दै उनले भनिन्, “न त निजी काममा रमाए नै, सारा समय नै भरतपुरको उन्नती, प्रगति, समृद्धि र विकासका लागि खर्चिएकामा मलाई गर्वको अनुभूति हुने गरेको छ ।” यी पलहरू आफ्नो जीवनमा सधैँ स्वर्णिम रहने उनको विश्वास छ । उनले थनिन् “बदलिएको भरतपुर, विकसित भरतपुर, समृद्ध, हरियाली र उज्यालो भरतपुर आज हामीले पाएका छौँ ।”

आफू पहिलोपटक भरतपुरको चुनावी प्रचारमा जाँदा विद्यालय भवनहरू जीर्ण, स्वास्थ्य सेवा भरतपुरको कोर क्षेत्रमा सीमित, किसानहरू दूध बिक्री नभएर सडकमा पोख्नु पर्ने अवस्था, आर्सेनिक मिसिएको पानी खानुपर्ने विवशता, विद्यालय जाने उमेर समूहका कतिपय बाबुनानीहरू विद्यालय नजाने अवस्था देख्दा आफूलाई यी सबैको समाधान त्यति बेलादेखि नै सपना देख्ने गरेको उनले बताइन् । उनले भनिन्, “जनताको घरदैलो गर्दैगर्दा यी यावत समस्याहरूले मेरो मथिङ्गल हल्लाउथ्यो । सोच्दा पनि कहाली लाग्दा थिए ।”

यी सबैलाई एकएक गर्दै समाधान गर्नुपर्ने चुनौती आफूमा रहेको भन्दै उनले भनिन्, “भरतपुरमै जन्मिएको, यहीँको माटोमा मेरो नाँभी गाँडिएको एक छोरी हुनुको नाताले यहाँको विकासका लागि मैले केही पक्कै गर्नु थियो । चुनौतीहरूको सामना गर्ने अवसर पनि प्राप्त भयो ।”

दाहालले आफू प्रमुख हुने बेला कालोपत्रे सडकमा हिँड्न पूर्वपश्चिम राजमार्गमा नै आउनुपर्ने बाध्यता रहेको स्मरण गरिन् । तर आज घरघरमा र खेतखेतसम्म पनि कालोपत्रे सडक बनिसकेको उनको भनाइ छ । उनले भनिन्, “भएका साँघुरा सडक फराकिला र कालोपत्रे बनेका छन्, बर्खामा डुब्ने सडकमा नाली बनाएका छौँ ।” भरतपुरको केन्द्र भागबाट बढिमा ३० मिनेटमा हरेक गन्तव्यमा पुग्न सकिने गरी सडक निर्माण भएको छ ।

महानगरपालिकामा बितेका नौ वर्षमा एक हजार ७२ किलोमिटर नयाँ सडक कालोपत्रे भएको छ । उनले भनिन्, “पूर्वपश्चिम राजमार्ग भन्दा लामो सडक हामीले भरतपुरमा कालोपत्रे गरेका छौँ”, उनले थप्नुभयो, “अनि हामीले सडक मात्रै कहाँ बनायौँ र ? सडक बत्तीहरू राख्यौँ, झिलिमिली बनायौँ, अँध्यारो हटायौँ । डर हटायौँ । भरतपुरवासीको आत्मविश्वास जगायौँ ।”

सडक र सहर नै फोहर र कुरूप पार्ने बिजुलीका तारहरूलाई जमिनमुनी गाडेको भन्दै उनले मुख्य बजार र राजमार्ग क्षेत्रको २३ किलोमिटर सडकमा विद्युत् तारलाई भूमिगत बनाएको बताइन् । स्मार्ट सडक बत्ती, हाई तथा मिनी मास्ट जडान गरेको, २०६ किमीमा सडक बत्ती, महानगरका विभिन्न सडक चोकमा ९१ वटा हाइमास्ट तथा मिनिमाष्ट जोडेर भरतपुरलाई उज्यालो सहर बनेको छ ।

भरतपुर महानगरपालिकालाई डिजिटल प्रणालीमा प्रविष्ट गर्न डिजिटल हाउसहोल्ड नम्बरिङ्गको काम शुरु भएको छ भने अत्याधुनिक प्रविधि जडित ४१८ वटा सिसिटिभी क्यामेरा महानगरका मुख्य तथा संवेदनशील क्षेत्रमा जोड्ने काम भइरहेको छ । यसले अपराध नियन्त्रण र सवारी दुर्घटना रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने छ । सडक पूर्वाधारमा अर्को ऐतिहासिक काम नेपालकै सबैभन्दा लामो ८८ दशमलज छ किमी चक्रपथ (रिङरोड) निर्माण सङ्घीय सरकारको सहयोगमा गरिएको छ ।

महानगरपालिकाको पहलमा सङ्घीय सरकारबाट अर्बौको लागतमा नारायणी नदीमा तटबन्ध गरेर समस्याको दीर्घकालिन समाधान गरिएको छ । तटबन्ध गरिएको ठाउँहरू भोलिका दिनमा पर्यटकीय केन्द्र बन्न सक्ने आधार तयार भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका महानगरका विभिन्न वडाहरूमा जङ्गली जनावरको डर उत्तिकै थियो । घर बाहिर निस्कँदा ती जनावरको आक्रमणबाट ज्यान जाने खतरा त थियो नै, लगाएको खेतीबाली पनि खाइदिने समस्या पनि उस्तै थियो । छब्बीस किलोमिटर लामो मेसजाली निर्माण गरेर जनतालाई सुरक्षित राख्ने काम गरिएको उनले बताइन् ।

भरतपुरका नहर नपुगेको ठाउँमा १२ महिना नै सिँचाइ पुग्ने गरी भूमिगत सिँचाइको व्यवस्था गरिएको छ । नारायणी लिफ्ट हिउँदमा समेत चल्ने भएपछि यहाँका किसानहरू त खुसी भएकै छन्, सबैतिर हरियाली पनि छाएको छ । बोरिङ तथा स्यालो ट्युबवेलबाट भरतपुरमा झण्डै आठ हजार विगाहा जमिनमा सिँचाइ सुविधा पुगेको छ । भूमिगत पानी निकाल्नका लागि १२० वटा स्यालो बोरिङ तथा ८०० वटा ट्युबवेल निर्माण गरिएको छ । महानगरपालिकाले ५० प्रतिशत अनुदानमा रु दुई करोड बराबरका किसानलाई कृषि उपकरण वितरण गरेको छ ।

महानगरका दूध उत्पादक किसानले प्रतिलिटर दूधमा रु चार अनुदान पाएका छन् । झण्डै रु २२ करोड दूधमा अनुदान बाँडेको महानगर किसानहरूको विश्वासिलो अभिभावक बनेको छ । दूधमा नगद अनुदानको नीतिले प्रतिवर्ष औषत पाँच लाख लिटरको दरले दूध उत्पादन बढेको उनको दाबी छ ।

युवालाई सिप सिकाएर देशभित्र नै स्वरोजगार र स्वावलम्बी बनाउने प्रयासअन्तर्गत महानगरले शैलुन, केयर गिभर, ब्युटिसियन, कुक, वेटर, हाउस किपिङ, फेसन डिजाइनर, प्लम्बिङ, इलेक्ट्रिसियन तालिमहरू महानगरले चलाएको छ । यहाँको पर्यटन क्षेत्रलाई राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा चिनाउन तथा आर्थिक गतिविधिलाई उकास्न सन् २०२४ मा भरतपुर भ्रमण वर्ष मनाएर पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन सहयोग गरेको छ ।

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्दैछ । भवनले मात्रै भरतपुरको हवाई उडान समस्या समाधान नहुने भएपछि महानगरपालिकाको पहलमा विमानस्थलको रनबे विस्तार गर्ने कामको सहजीकरण गरिएको छ ।

राष्ट्रिय गौरवको परियोजनाका रूपमा भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ । नारायणी नदीमाथि आर्कषक सिग्नेचर पुल निर्माणको कामलाई अगाडि बढाउन महानगरपालिकाले गरेको प्रयत्न निकै लामो छ । यो आर्कषक र अत्याधुनिक पुल नारायणगढको पुल्चोक–टिकौलीसम्म बनेको आर्कषक छ लेनको सडकमा जोडिँदा भरतपुरको सान र स्वरूप फेरिएको छ ।

छ लेनको सडक भरतपुरको विकासको एक मानकका रूपमा स्थापित बनेको छ । हरियाली र फूलहरूसहित आर्कषक बनेको यो सडक रातको समयमा झिलिमिली देखिन्छ । भरतपुर वाइपास सडकले पनि भरतपुरको गौरव बढाएको छ । यी दुवै सडकको सौन्दर्यकरण तथा वृक्षरोपणको काम महानगरपालिकाले गरिरहेको छ ।

भरतपुर महानगरपालिकाले बितेको नौ वर्षमा आफूलाई सुशासन र आर्थिक पारदर्शीता कायम राख्ने काम गरेको छ । न्यून बेरुजु र शून्य बेरुजु बनाउने तथा कार्यसम्पादनमा देशभरीका महानगरपालिकाका मध्ये भरतपुर उत्कृष्ट बन्न सफल भयो । राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार तथा सम्मान भरतपुरले प्राप्त गर्न सफल भएको छ ।

महानगरको आन्तरिक आम्दानीलाई क्रमशः बढाउँदै लग्यौँ र अहिले महानगरको आन्तरिक आम्दानी करिब रु एक अर्ब ४० करोड पुगेको छ । सार्वजनिक विद्यालयको गुणस्तर उकास्दै यो अवधिमा झण्डै १०० सानाठूला विद्यालय भवन बनेका छन् । कतिपय विद्यालयलाई बसहरू प्रदान गरिएको छ । सामुदायिक विद्यालयमा आठ हजार विद्यार्थी थप भएका छन् ।

भरतपुर अस्पतालमा ज्येष्ठ नागरिक र महिलाहरूलाई बहिरङ्ग टिकट निःशुल्क गर्ने जस्ता कामहरू मात्रै गरिएका छैनन्, महानगरका २९ वटै वडामा स्वास्थ्य संस्था स्थापना भई एक वडा, एक स्वास्थ्य संस्थाको लक्ष्य प्राप्ति भइसकेको छ । भरतपुरका सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूको बाल उमङ्ग जीवन बिमा कार्यक्रम चलिरहेको छ । प्रसूति गराउने महिलाहरूका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था महानगरले गरेको छ ।

फोहरले भरिएका र अतिक्रमणको चपेटामा परेका पुङ्गी खोला र केरूङ्गा खोला सौन्दर्यकरणले चिटिक्क परेका छन् । भरतपुरको मध्यभाग भएर बग्ने ६.६५ किमी लामो पुङ्गी र ३६ किमीको केरुङ्गा खोलाको सौन्दर्यकरणको काम भइरहेको छ ।

भरतपुरका विभिन्न ठाउँमा ठूलाठूला खानेपानीका ओभरहेड ट्याङ्कीहरू निर्माण गरिएका छन् । शुद्ध पिउने पानीको पहुँच भरतपुरका ९८ प्रतिशत जनताको बीचमा पुगेको छ । ठूला सभा सम्मेलन गर्नका लागि सभागृह बनिरहेको छ ।

वातावरण प्रदूषण कम गराउन देवघाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी पुलबाट उत्तरतर्फ नदी किनारलाई सी–बीच मोडलको रूपमा विकास गर्न महानगरपालिकाले ६४० मिटर लामो तटबन्ध तयार गरी एक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको छ । महानगरका २९ वडामध्ये १७ वटा वडाका नयाँ भवन बनेका छन् । थप केही बन्ने क्रममा छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमपालको घातक स्पेलपछि स्कटल्याण्ड १७० मा रोकियो, प्रतिष्ठाका लागि नेपाललाई १७१ रनको चुनौती

मुम्बई । समूह चरणबाट बाहिरिसकेको नेपालका लागि अन्तिम खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ। ICC T20 World Cup अन्तर्गत मुम्बईको Wankhede Stadium मा स्कटल...

पर्सा–१ : पुराना दलको साख कि नयाँ शक्तिको लहर? वीरगञ्जको मतले मधेसको दिशा तय गर्ने

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ चुनावी प्रयोगशालाजस्तै बनेको छ। यहाँको प्रतिस्पर्धा केवल उम्मेदवार...

वडाध्यक्षले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

कैलाली ।  कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  ज...

७५ हजार भन्दा बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ हजार बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ । कामपाले हाल पाँचौ संस्करणका न्यायिक सहज...

पोखरामा मापसे गरी स्कुल बस चलाउने पाँच चालक नियन्त्रणमा

पोखरा । पोखरामा विद्यार्थी बोकेर विद्यालय आउजाउ गराउने बस चालकले नै मादक पदार्थ सेवन गर्ने गरेको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे निग...

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता

भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ । मंगलबार टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको...

भक्तपुर–२ मा रामप्रसाद सापकोटा ‘दीपशिखा’ नै किन ?

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ यतिबेला केवल निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक बहसको केन्द्र बनेको छ । यहाँको चुनावी प्रतिस्पर्धा उम्मेदवारको व्...

नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ

काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार ब...

खोटाङलाई तराईसँग जोड्ने छोटो मार्ग: बाधक बनेको घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणले गति लिएको छ। दिक्तेल–रेग्मी...

यो निर्वाचन हिंसा, अराजकता र राष्ट्रवादबीच जनाताले गर्ने फैसला जनमत संग्रह पनि होः प्रचण्ड

रुकुमपूर्व । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई “तीन प्रवृत्तिबीचको जनमत संग्रह”को रूपमा व्याख्या गरेका छन्। विकट क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE