Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

सुदूरपश्चिममा रास्वपाको आकांक्षीको भीड, १६ सिटका लागि ४६ दाबेदारमा कसले पाउला टिकट ?

खबरडबली संवाददाता

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस्पर्धामा प्रवेश गरेको छ । सुदूरपश्चिमका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाबाट ४६ जनाले उम्मेदवार बन्न दाबी पेस गरेका छन् ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अनलाइनमार्फत सुरु गरेपछि सुदूरपश्चिमका चर्चित अनुहारदेखि नयाँ पुस्तासम्मका नेताहरूले दाबेदारी प्रस्तुत गरेका हुन् । दाबी गर्नेहरूमा पार्टीका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, चर्चित नेता सागर ढकाल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहदेखि गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धिरज जोशीसम्म छन् ।

कैलाली–१ बाट प्रदेश सभापति विष्टले दाबी गर्दा कञ्चनपुर–२ मा पार्टी सचिवालय सदस्य दीपक बोहराले उम्मेदवारी आकांक्षा राखेका छन् । डडेल्धुराबाट सागर ढकालले दाबी गरेका छन् भने अछाम–२ बाट बालेनका स्वकीय सचिव भूपदेव शाह र कञ्चनपुर–३ बाट गृह मन्त्रीका स्वकीय सचिव धिरज जोशीले उम्मेदवार बन्ने इच्छा देखाएका छन् ।

१६ निर्वाचन क्षेत्रमध्ये कञ्चनपुर–१, अछाम–१, डोटी, बैतडी र दार्चुला गरी पाँच क्षेत्रमा मात्रै एकल दाबेदारी परेको छ । बाँकी अधिकांश क्षेत्रमा भने दुईदेखि सात जनासम्म आकांक्षी देखिँदा टिकट वितरण चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ ।

रास्वपाले औपचारिक रूपमा आकांक्षीहरूको सूची सार्वजनिक नगरे पनि अनलाइन आवेदनका आधारमा पार्टी केन्द्रीय समितिले नै अन्तिम उम्मेदवार चयन गर्ने तयारी गरेको सुदूरपश्चिम प्रदेशका नेताहरूले बताएका छन् ।

पार्टीका सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोष जोशीले अनलाइन प्रणाली केन्द्रीय समितिको नियन्त्रणमा भएकाले प्रदेश समितिलाई विस्तृत विवरण अहिलेसम्म प्राप्त नभएको बताए । आकांक्षीहरूको सूची आएपछि सार्वजनिक गरिने उनको भनाइ छ ।

२०७९ को निर्वाचनमा सुदूरपश्चिममा अपेक्षाकृत कमजोर प्रदर्शन गरेको रास्वपाले यसपटक नयाँ अनुहार, चर्चित व्यक्तित्व र संगठन विस्तारको रणनीतिसहित मैदानमा उत्रने तयारी गरिरहेको छ । आकांक्षीको संख्याले नै रास्वपामा सुदूरपश्चिमप्रति आकर्षण बढ्दै गएको संकेत गर्ने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

अब सबैको चासो एउटै छ  ४६ दाबेदारमध्ये अन्ततः टिकट कसको हातमा पर्छ ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनयुद्धका सुप्रिमोसँग आमाबुबाको सपना बोकेर चुनावी मैदानमा शहीद पुत्र सन्दीप

दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...

सामाजिक सञ्जालमा एमाले रक्षात्मक, ओलीले दिए दिनमा १० पोस्ट, १० सन्देश पठाउन आदेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...

सुदूरपश्चिममा रास्वपाको आकांक्षीको भीड, १६ सिटका लागि ४६ दाबेदारमा कसले पाउला टिकट ?

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस...

एमाले सचिवालय बैठकमा उम्मेदवार टुंग्याउने कसरत, ओलीसहित ३५ नेताको नाम लगभग निश्चित

ललितपुर । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

हामी कुनै मुठभेड गरेर पार्टी कार्यालय प्रवेश गर्दैनौँः उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले आफूहरू सौहार्दपूर्ण वातावरण बनेपछि मात्रै केन्द्रीय कार्यालय सानेपा जाने बताएकी छन्। ...

मधेस प्रवेशसँगै बालेनको चर्चा, त्रासमा मधेस केन्द्रित दल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तय...

जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा ...

एक–दुई दिनमै कांग्रेस एक ठाउँमा आउँछ, देउवाबाट ‘संरक्षक’ काे भूमिका अपेक्षा गरेका छाैं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद अब अन्त्यतर्फ उन्मुख रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा आउन आ...

नौ वर्षमा भरतपुरको कायापलट, रेनु दाहालको ऐतिहासिक विदा

चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फ...

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending