Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सुदूरपश्चिममा रास्वपाको आकांक्षीको भीड, १६ सिटका लागि ४६ दाबेदारमा कसले पाउला टिकट ?

खबरडबली संवाददाता

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस्पर्धामा प्रवेश गरेको छ । सुदूरपश्चिमका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाबाट ४६ जनाले उम्मेदवार बन्न दाबी पेस गरेका छन् ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अनलाइनमार्फत सुरु गरेपछि सुदूरपश्चिमका चर्चित अनुहारदेखि नयाँ पुस्तासम्मका नेताहरूले दाबेदारी प्रस्तुत गरेका हुन् । दाबी गर्नेहरूमा पार्टीका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, चर्चित नेता सागर ढकाल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहदेखि गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धिरज जोशीसम्म छन् ।

कैलाली–१ बाट प्रदेश सभापति विष्टले दाबी गर्दा कञ्चनपुर–२ मा पार्टी सचिवालय सदस्य दीपक बोहराले उम्मेदवारी आकांक्षा राखेका छन् । डडेल्धुराबाट सागर ढकालले दाबी गरेका छन् भने अछाम–२ बाट बालेनका स्वकीय सचिव भूपदेव शाह र कञ्चनपुर–३ बाट गृह मन्त्रीका स्वकीय सचिव धिरज जोशीले उम्मेदवार बन्ने इच्छा देखाएका छन् ।

१६ निर्वाचन क्षेत्रमध्ये कञ्चनपुर–१, अछाम–१, डोटी, बैतडी र दार्चुला गरी पाँच क्षेत्रमा मात्रै एकल दाबेदारी परेको छ । बाँकी अधिकांश क्षेत्रमा भने दुईदेखि सात जनासम्म आकांक्षी देखिँदा टिकट वितरण चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ ।

रास्वपाले औपचारिक रूपमा आकांक्षीहरूको सूची सार्वजनिक नगरे पनि अनलाइन आवेदनका आधारमा पार्टी केन्द्रीय समितिले नै अन्तिम उम्मेदवार चयन गर्ने तयारी गरेको सुदूरपश्चिम प्रदेशका नेताहरूले बताएका छन् ।

पार्टीका सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोष जोशीले अनलाइन प्रणाली केन्द्रीय समितिको नियन्त्रणमा भएकाले प्रदेश समितिलाई विस्तृत विवरण अहिलेसम्म प्राप्त नभएको बताए । आकांक्षीहरूको सूची आएपछि सार्वजनिक गरिने उनको भनाइ छ ।

२०७९ को निर्वाचनमा सुदूरपश्चिममा अपेक्षाकृत कमजोर प्रदर्शन गरेको रास्वपाले यसपटक नयाँ अनुहार, चर्चित व्यक्तित्व र संगठन विस्तारको रणनीतिसहित मैदानमा उत्रने तयारी गरिरहेको छ । आकांक्षीको संख्याले नै रास्वपामा सुदूरपश्चिमप्रति आकर्षण बढ्दै गएको संकेत गर्ने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

अब सबैको चासो एउटै छ  ४६ दाबेदारमध्ये अन्ततः टिकट कसको हातमा पर्छ ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending