काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको नेपाली कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाउँदै शेरबहादुर देउवा पक्षप्रति एमालेको स्पष्ट समर्थन रहेको बताएका छन् ।
पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले निर्वाचन आयोगले अत्यन्तै हतारो र विवादास्पद तरिकाले निर्णय गरेको दाबी गरे । उनले एक घण्टाको अन्तरालमै निर्णय हुनु स्वाभाविक नभएको उल्लेख गर्दै देउवा पक्षले उठाएको प्रश्न जायज रहेको बताए ।
‘सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले निर्णय गरेको छ । त्यो बेठिक छ भन्ने शेरबहादुर देउवाजीहरूले भन्नुभएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ,’ बस्नेतले भने ।
उनले कांग्रेसको पछिल्लो विभाजन प्रयासलाई लोकतन्त्रमाथिको गम्भीर प्रहारको संज्ञा दिँदै यसले देशको राजनीतिक स्थिरता कमजोर बनाउने चेतावनी दिए । उनका अनुसार कांग्रेस र एमालेजस्ता ठूला दल कमजोर पारेर वैकल्पिक शक्तिलाई अस्वाभाविक रूपमा उचाल्ने अन्तर्राष्ट्रिय खेल भइरहेको छ ।
बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीमाथि समेत गम्भीर आरोप लगाउँदै भने, ‘कांग्रेस र एमालेलाई कमजोर बनाउने र रवि लामिछानेजस्ता पात्रलाई बलियो बनाउने अन्तर्राष्ट्रिय डिजाइनमा प्रधानमन्त्री स्वयं संलग्न देखिनुभएको छ ।’
उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक शक्ति एकजुट हुनुको विकल्प नरहेको उल्लेख गर्दै एमाले र देउवा नेतृत्वको कांग्रेसबीच आगामी निर्वाचनमा सहकार्य र तालमेलको सम्भावना बलियो बन्दै गएको संकेत गरे ।
‘लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न र अस्थिरताको खेल रोक्न एमाले र देउवा नेतृत्वको कांग्रेस चुनावी मैदानमा एकै ठाउँ उभिन सक्छन्,’ बस्नेतले भने, ‘यो केवल दलगत हित होइन, देशको आवश्यकता हो ।’
एमाले नेतृत्वले पनि कांग्रेसभित्रको आन्तरिक विवादलाई नजिकबाट नियालिरहेको र देउवा पक्षसँग रणनीतिक सहकार्यबारे छलफल भइरहेको संकेत उनको भनाइबाट झल्किएको छ । आगामी निर्वाचन नजिकिँदै जाँदा एमाले–देउवा पक्षबीचको सम्भावित गठबन्धनले राष्ट्रिय राजनीतिमा नयाँ समीकरण कोर्ने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - १९:५६
माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...
माघ ४ गते, २०८२ - १९:३७
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...
माघ ४ गते, २०८२ - १९:१९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...
माघ ४ गते, २०८२ - १९:१६
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको नेपाली कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाउ...
माघ ४ गते, २०८२ - १९:०१
रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्वमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लड्न केन्द्रीय सदस्य खेम...
माघ ४ गते, २०८२ - १८:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्ने मह...
माघ ४ गते, २०८२ - १८:४३
कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अघिल्लो पटक नेकपा एकीकृत समाजवादीबाट डोटीबा...
माघ ४ गते, २०८२ - १५:४५
दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...
माघ ४ गते, २०८२ - १५:३०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...
माघ ४ गते, २०८२ - १५:२०
ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस...




प्रतिकृया लेख्नुहोस्: