विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष सूर्यकुमार भट्टराई (मनोज भट्टराई) लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
भट्टराई धरानमा ‘भाइरल वडाअध्यक्ष’ का रूपमा परिचित छन् । वडाअध्यक्ष रहँदा उनले मेयर हर्क साम्पाङको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका थिए । कार्यपालिका बैठकमै तथ्य र दस्तावेजसहित आलोचना गर्ने शैलीका कारण उनी सामाजिक सञ्जालमा चर्चित बनेका हुन् ।
मेयर साम्पाङको निर्णय प्रक्रिया, प्रशासनिक शैली र प्राथमिकतामाथि खुलेर प्रश्न गर्ने भट्टराईलाई साम्पाङका कटु आलोचकका रूपमा हेरिन्छ । यही कारण धरानको स्थानीय राजनीतिमा उनी फरक धारको प्रतिनिधि मानिन्छन् ।
भट्टराई तत्कालीन नेकपा (माओवादी केन्द्र) धरान नगर कमिटीका अध्यक्षसमेत रहिसकेका छन् । संगठनात्मक अनुभव र स्थानीय तहमा बनेको पहिचानलाई आधार बनाएर नेकपाले उनलाई सुनसरी–१ बाट उम्मेदवार बनाएको हो ।
उता, धरानका वर्तमान मेयर हर्क साम्पाङले पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । साम्पाङले ‘श्रम संस्कृति पार्टी’ गठन गरी चुनावी राजनीतिमा होमिएका छन् । यसअघि उनी स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयरमा निर्वाचित भएका थिए ।
धरानको स्थानीय राजनीतिमा लामो समयदेखि देखिँदै आएको साम्पाङ र भट्टराईबीचको वैचारिक तथा शैलीगत टकराव अब प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष भिडन्तमा रूपान्तरण हुने देखिएको छ । स्थानीय मुद्दा, विकास मोडेल र नेतृत्व शैलीलाई लिएर हुने यो चुनावी प्रतिस्पर्धालाई सुनसरी–१ को सबैभन्दा चासोपूर्ण राजनीतिक मुकाबिलाका रूपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - १९:५६
माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...
माघ ४ गते, २०८२ - १९:३७
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...
माघ ४ गते, २०८२ - १९:१९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...
माघ ४ गते, २०८२ - १९:१६
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको नेपाली कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाउ...
माघ ४ गते, २०८२ - १९:०१
रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्वमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लड्न केन्द्रीय सदस्य खेम...
माघ ४ गते, २०८२ - १८:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्ने मह...
माघ ४ गते, २०८२ - १८:४३
कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अघिल्लो पटक नेकपा एकीकृत समाजवादीबाट डोटीबा...
माघ ४ गते, २०८२ - १५:४५
दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...
माघ ४ गते, २०८२ - १५:३०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...
माघ ४ गते, २०८२ - १५:२०
ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस...




प्रतिकृया लेख्नुहोस्: