Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

खबरडबली संवाददाता

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र लामो समयदेखि चलिरहेको आन्तरिक छलफल अब निष्कर्षतर्फ उन्मुख देखिएको छ । अधिकांश केन्द्रीय तथा चर्चित नेताहरूको निर्वाचन क्षेत्र लगभग फाइनल भइसकेको र औपचारिक घोषणा मात्रै बाँकी रहेको स्रोतले जनाएको छ ।

यसपटक रास्वपाले अघिल्लोपटक अपनाएको प्राइमरी इलेक्सनको मोडेल छाडेर केन्द्रबाटै उम्मेदवार छनोट गर्ने रणनीति अपनाएको छ । उम्मेदवार सिफारिसका लागि वरिष्ठ नेता डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा बनेको समितिले सूची अन्तिम रूप दिइसकेको र भोलि बस्ने केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गर्ने तयारी छ ।

रवि चितवनमै, बालेन झापामा ‘हाइप्रोफाइल भिडन्त’

अघिल्लो चुनावमा प्रत्यक्ष जितेका अधिकांश सांसद पुरानै क्षेत्रमा दोहोरिन लागेका छन् ।
सभापति रवि लामिछाने चितवन–२ बाटै उम्मेदवार बन्ने निश्चितजस्तै छ । २०७९ को आम निर्वाचन र त्यसपछि भएको उपनिर्वाचन—दुवैमा भारी मत ल्याएका लामिछाने पुनः चितवनलाई आफ्नो राजनीतिक आधार बनाइरहेका छन् ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्र (बालेन) साह भने झापा–५ बाट चुनावी मैदानमा उत्रिने तयारीमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने उद्देश्यसहित झापा रोजिएको बताइन्छ । बालेनको चुनावी अभियान ५ गतेबाट सुरु हुने तयारी छ ।

उपसभापति र महामन्त्रीको मैदान

उपसभापति डीपी अर्याल काठमाडौं–९ बाट लड्ने लगभग तय छ । उनी अघिल्लो पटक समानुपातिक सांसद थिए ।
अर्का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाटै पुनः उम्मेदवार बन्ने तयारीमा छन् । २०८० को उपनिर्वाचनमा उनले यही क्षेत्रबाट फराकिलो जित निकालेका थिए ।

महामन्त्री कविन्द्र बुर्लाकोटी गोर्खा–२ बाट उम्मेदवार बन्ने भएका छन् । अघिल्लो चुनावमा उनले यही क्षेत्रबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौंमा रास्वपाको ‘किल्ला’ जोगाउने रणनीति

काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपाले पुरानै अनुहार दोहोर्‍याउने देखिन्छ । विराजभक्त श्रेष्ठ काठमाडौं–८, गणेश पराजुली काठमाडौं–७ र शिशिर खनाल काठमाडौं–६ बाटै उठ्ने तयारीमा छन् । तर, काठमाडौं–२ बाट चर्चित जित निकालेकी सोविता गौतम भने चितवन–३ सर्दैछिन् । बालेनले काठमाडौं–२ सम्हाल्ने भएपछि सोविताले चितवन रोजेकी हुन् ।

नयाँ अनुहार र पुराना दावेदार

प्रवक्ता मनिष झा सिराहा–३, सचिवालय सदस्य दिपक बोहरा कञ्चनपुर–२, चर्चित नेता गणेश कार्की मोरङ–३ बाट भिड्ने तयारीमा छन् । केन्द्रीय सदस्य हरि ढकाल चितवन–१ र डा. तोसिमा कार्की ललितपुर–३ बाट पुनः उम्मेदवार बन्ने सम्भावना छ ।

निशा डाँगी झापा–२ बाट उठ्ने तयारीमा छिन् । यही क्षेत्रमा पूर्वउपसभामुख इन्दिरा रानाको पनि दाबी रहेकामा पार्टीले डाँगीलाई अघि सार्ने संकेत गरेको छ । रानालाई सम्भवतः उदयपुर–२ पठाइने बुझिएको छ ।

बालेन कोटा : रास्वपाभित्र अर्को शक्ति सन्तुलन

यसपटक रास्वपाको उम्मेदवार सूचीमा ‘बालेन कोटा’ महत्वपूर्ण रूपमा देखा परेको छ । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२, आसिफ साह काठमाडौं–५, केपी खनाल कैलाली–२, राजु पाण्डे काठमाडौं–४ आसपास, सुनील लम्साल रुपन्देही–१, गणेश पौडेल कास्की–१ बाट टिकट पाउने सम्भावना देखिएको छ ।

यसैगरी सागर ढकाललाई डडेल्धुरा दिने बालेनको वाचा पुरानै छ । ढकालले अघिल्लो चुनावमा यही क्षेत्रबाट शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

जेनजी सरकारका मन्त्रीसमेत घन्टीतर्फ ?

सुशीला कार्की नेतृत्वको सरकारमा रहेका खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदिश खरेल पनि रास्वपाबाट चुनाव लड्न इच्छुक देखिएका छन् । गुप्ताको दाबी सिराहा–१ र खरेलको ललितपुर–२ मा रहेको बुझिएको छ ।

अहिलेसम्म औपचारिक निर्णय एक मात्रै

रास्वपाले हालसम्म औपचारिक रूपमा उम्मेदवार टुंग्याएको क्षेत्र भने रुपन्देही–३ मात्रै हो । उक्त क्षेत्रमा प्राइमरी इलेक्सनबाट छनोट भएका लेखजंग थापालाई नै उठाउने निर्णय भइसकेको छ ।

रास्वपा यसपटक चुनावलाई केवल प्रतिस्पर्धा होइन, शक्ति परीक्षण र नेतृत्व पुनःपरिभाषाको अवसरका रूपमा लिँदैछ ।

रवि, बालेन, स्वर्णिमदेखि नयाँ अनुहारसम्मको यो मिश्रणले रास्वपाको चुनावी चित्र मात्र होइन, आगामी राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन कता मोडिन्छ भन्ने संकेत पनि दिनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending