Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

खबरडबली संवाददाता

रुपन्देही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेशलाई केन्द्रमा राख्दै प्रतिनिधिसभा निर्वाचनका लागि शक्तिशाली नेताहरूको उम्मेदवारी लगभग टुङ्ग्याएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता वामदेव गौतम, नेता वर्षमान पुन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, सुदर्शन बराललगायत शीर्ष तहका नेताहरू लुम्बिनीका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने निश्चित भएको छ ।

तत्कालीन माओवादी केन्द्रको आधार इलाकाका रूपमा चिनिने लुम्बिनीमा करिब दुई दर्जन दल समायोजन भइसकेपछि नेकपाले यसपटक पहिलेभन्दा धेरै सिट जित्ने रणनीतिसहित मैदान तताएको दाबी गरिरहेको छ । प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा उम्मेदवारी टुङ्गो लागिसकेको र बाँकी केही क्षेत्रमा आइतबार अन्तिम निर्णय हुने नेकपा नेता मेटमणि चौधरीले बताए ।

‘धेरै ठाउँमा उम्मेदवार टुङ्गिसक्यो, कतिपयले त टिकटसमेत बुझिसक्नुभएको छ,’ चौधरीले भने, ‘केही जिल्लामा दुई–तीन नामबीच अन्तिम छनोट बाँकी छ, त्यो आइतबारसम्म टुङ्गिन्छ ।’

आधार क्षेत्रमै प्रचण्ड–वर्षमान

लुम्बिनीको सबैभन्दा बलियो आधार क्षेत्र मानिने रुकुमपूर्वबाट संयोजक प्रचण्ड उम्मेदवार बन्ने निश्चित भएको छ । प्रचण्डले पहिलोपटक रुकुमपूर्वबाट प्रतिनिधिसभा चुनाव लड्न लागेका हुन् ।
त्यस्तै, रोल्पाबाट नेता वर्षमान पुनको उम्मेदवारी टुङ्गो लागेको छ । पुन यसअघि पनि यही क्षेत्रबाट विजयी भइसकेका नेता हुन् ।

जिल्ला–जिल्लामा कसले पाए टिकट ?

अर्घाखाँचीबाट साबिक नेकपा (एकीकृत समाजवादी)का नेता रामबहादुर चौहान उम्मेदवार बनेका छन् । गुल्मी क्षेत्र नं १ बाट सुदर्शन बराल र क्षेत्र नं २ बाट बुद्धि जिसी उम्मेदवार बन्ने भएका छन् ।

पाल्पामा क्षेत्र नं १ बाट होम सुनारी र २ बाट सोमप्रसाद पाण्डे मैदानमा उत्रिँदैछन् । पश्चिम नवलपरासी–१ बाट सिन्धु जलेसा र २ बाट देवेन्द्र पौडेल उम्मेदवार बनेका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा भोजविक्रम बुढा उम्मेदवार बनेका छन् । बर्दियामा भने १ नम्बर क्षेत्रमा वामदेव गौतम र २ नम्बर क्षेत्रमा दुर्गा थारु र लालवीर चौधरी अन्तिम चरणको प्रतिस्पर्धामा छन् ।

रुपन्देही, दाङ, बाँके र कपिलवस्तुमा रस्साकस्सी

५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३, ४ र ५ नम्बर क्षेत्रका उम्मेदवार टुङ्गिए पनि १ र २ नम्बर क्षेत्रमा अझै रस्साकस्सी छ । रुपन्देही–१ मा **घनश्याम यादव र देवेन्द्र पाण्डे ‘सागर’ बीच प्रतिस्पर्धा छ भने २ नम्बर क्षेत्रमा निर्मल जिसी, विनोद पहाडी र विश्वदीप पाण्डे चर्चामा छन् ।

दाङमा १ नम्बर क्षेत्रमा मेटमणि चौधरी, २ मा निर्मल आचार्य र ३ मा धनबहादुर मास्कीको नाम अघि आए पनि अन्तिम निर्णय बाँकी छ । बाँके र कपिलवस्तुका केही क्षेत्रमा पनि उम्मेदवारको अन्तिम टुङ्गो आइतबार लाग्ने जनाइएको छ ।

ठूला नाम कटौतीमा

यसपटकको टिकट वितरणमा लुम्बिनीमा यसअघि जितेका केही प्रभावशाली नेता बाहिरिएका छन् । पूर्वकेन्द्रीय सचिव चन्द्रप्रकाश खनाल ‘बलदेव’, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी र नेता पूर्णबहादुर घर्तीले टिकट पाएनन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवार टुङ्ग्याउने काम सबैभन्दा अघि बढाउने दलका रूपमा नेकपा देखिएको छ । यसले लुम्बिनीलाई केन्द्रमा राखेर नेकपाले ठूलो राजनीतिक शक्ति–परीक्षणको तयारी गरिरहेको संकेत गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending