काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका तय भइसकेको अवस्थामा ढकालले डडेल्धुराबाट उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन् ।
यसअघि डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकालले आफूले उल्लेख्य मत ल्याएको स्मरण गर्दै अहिलेको निर्णयलाई पुस्तान्तरण र रूपान्तरणको राजनीतिक सन्देशसँग जोडिएको कदमका रूपमा व्याख्या गरेका छन् ।
‘पहिले मैले डडेल्धुराबाट चुनाव लडेँ, देउवासँग प्रतिस्पर्धा गर्दा पनि धेरै मत ल्याएको थिएँ,’ ढकालले भने, ‘हाम्रो एजेन्डा रूपान्तरण र पुस्तान्तरण हो । निर्वाचन आयोगले कांग्रेस पार्टीसम्बन्धी दिएको निर्णयसँगै मेरो मिसन पूरा भएको ठानेको छु।’
ढकालका अनुसार यसपटक उनी गुल्मी वा रुपन्देहीमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । ‘सम्भवतः गुल्मी–१ बाट चुनाव लड्छु,’ उनले भने, ‘रुपन्देहीका क्षेत्रबारे पनि छलफल चलिरहेको छ । अन्तिम टुंगो लागिसकेको छैन।’
उनले कांग्रेस सभापति देउवाप्रति सम्मान व्यक्त गर्दै उमेरका हिसाबले अब सक्रिय चुनावी प्रतिस्पर्धाभन्दा विश्राम उपयुक्त हुने संकेतसमेत गरे । ‘अब हजुरबुवा विस्तारामा आराम गर्ने अवस्थामा पुग्नुभएको छ,’ ढकालले भने, ‘के निहुँ खोज्नु ? युवामा जोश र होस दुवै हुन्छ भन्ने देखाउनु थियो । अहिले होस पुर्याएको हुँ । पुस्तान्तरणको माग सफल भएको छ।’
ढकालको यो निर्णयलाई रास्वपाभित्र पुराना शक्तिकेन्द्रसँग प्रत्यक्ष भिडन्तभन्दा नयाँ क्षेत्र र नयाँ सन्देशमार्फत राजनीतिक हस्तक्षेप बढाउने रणनीतिका रूपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - १३:१९
वाग्लुङ । गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा नामक रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, हरियाली र शान्त ...
माघ ५ गते, २०८२ - १३:१८
वाग्लुङ । पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करि...
माघ ५ गते, २०८२ - १३:११
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...
माघ ५ गते, २०८२ - १३:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...
माघ ५ गते, २०८२ - १२:५९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...
माघ ५ गते, २०८२ - १२:५४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै राष्ट्रियसभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेकपाका नेता नार...
माघ ५ गते, २०८२ - १२:३६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । आ...
माघ ५ गते, २०८२ - १२:३४
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवारको टुंगो लगाए पनि महासचिव शंकर पोखरेलको हकमा भने रणनीतिक मौनता अपनाएको छ ...
माघ ५ गते, २०८२ - ११:५६
काठमाडौं । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेका ...
माघ ५ गते, २०८२ - ११:४९
काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ । आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्र...




प्रतिकृया लेख्नुहोस्: