काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘होल्ड’ गरेका छन् । उनी आजै राजीनामा दिने तयारीमा रहेको दाबी निकटस्थहरूले गरिरहेका थिए । तर, अन्तिम निर्णयमा उनले एक कदम पछि हटेका हुन् ।
उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी व्यवस्थालाई समेत ध्यानमा राख्दै शाहले अहिले नै राजीनामा नदिने निर्णय गरेको बुझिएको छ ।
बालेन निकट एक नेताका अनुसार, पछिल्लो राजनीतिक र कानुनी अनिश्चितताले निर्णयलाई रोक्न बाध्य बनाएको हो ।
‘राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर अहिले नै भन्न मिल्दैन,’ ती नेताले भने, ‘कांग्रेस अदालत गएको छ, त्यसबाट के नतिजा आउँछ भन्ने निश्चित छैन । चुनाव सर्ने वा अन्य राजनीतिक मोड आउन सक्ने सम्भावनाले गर्दा अन्तिम समयसम्म राजीनामा होल्ड गरिएको हो।’
मेयर पदबाट राजीनामा नदिइकनै शाह केहीबेरमा रास्वपा कार्यालय घण्टीघर पुग्दै छन् । झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका उनले उम्मेदवारी दर्ताअघि नै राजीनामा दिने योजना बनाएका थिए ।
निर्वाचन आयोगले पर्सि (माघ ६) उम्मेदवारी दर्ताको समय तोकेसँगै दलहरू उम्मेदवार टुंग्याउने अन्तिम चरणमा छन् । यहीबीच रास्वपाले पनि आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारहरूको सूची फाइनल गर्दैछ ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्ने तय भएको छ । बैठकअघि बालेन शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ । त्यससँगै पार्टी कार्यालयमा नेता–कार्यकर्ताको भीड बढ्दै गएको छ ।
केन्द्रीय समिति बैठकपछि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ । मेयर शाह पनि साँझ ५ बजे जनकपुर जाने तयारीमा छन् ।
राजीनामा होल्ड गर्ने निर्णयले बालेनको राजनीतिक चाललाई अझै ‘ओपन एन्डेड’ बनाएको छ । चुनावी मैदानमा प्रवेश गर्नुअघि उनी अन्तिम घडीसम्म विकल्प खुला राख्ने रणनीतिमा देखिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - १४:३६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल यसपटक फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। विगतमा इलाम–२ बाट...
माघ ५ गते, २०८२ - १३:१९
वाग्लुङ । गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा नामक रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, हरियाली र शान्त ...
माघ ५ गते, २०८२ - १३:१८
वाग्लुङ । पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करि...
माघ ५ गते, २०८२ - १३:११
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...
माघ ५ गते, २०८२ - १३:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...
माघ ५ गते, २०८२ - १२:५९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...
माघ ५ गते, २०८२ - १२:५४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै राष्ट्रियसभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेकपाका नेता नार...
माघ ५ गते, २०८२ - १२:३६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । आ...
माघ ५ गते, २०८२ - १२:३४
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवारको टुंगो लगाए पनि महासचिव शंकर पोखरेलको हकमा भने रणनीतिक मौनता अपनाएको छ ...
माघ ५ गते, २०८२ - ११:५६
काठमाडौं । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेका ...




प्रतिकृया लेख्नुहोस्: