काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘होल्ड’ गरेका छन् । उनी आजै राजीनामा दिने तयारीमा रहेको दाबी निकटस्थहरूले गरिरहेका थिए । तर, अन्तिम निर्णयमा उनले एक कदम पछि हटेका हुन् ।
उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी व्यवस्थालाई समेत ध्यानमा राख्दै शाहले अहिले नै राजीनामा नदिने निर्णय गरेको बुझिएको छ ।
बालेन निकट एक नेताका अनुसार, पछिल्लो राजनीतिक र कानुनी अनिश्चितताले निर्णयलाई रोक्न बाध्य बनाएको हो ।
‘राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर अहिले नै भन्न मिल्दैन,’ ती नेताले भने, ‘कांग्रेस अदालत गएको छ, त्यसबाट के नतिजा आउँछ भन्ने निश्चित छैन । चुनाव सर्ने वा अन्य राजनीतिक मोड आउन सक्ने सम्भावनाले गर्दा अन्तिम समयसम्म राजीनामा होल्ड गरिएको हो।’
मेयर पदबाट राजीनामा नदिइकनै शाह केहीबेरमा रास्वपा कार्यालय घण्टीघर पुग्दै छन् । झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका उनले उम्मेदवारी दर्ताअघि नै राजीनामा दिने योजना बनाएका थिए ।
निर्वाचन आयोगले पर्सि (माघ ६) उम्मेदवारी दर्ताको समय तोकेसँगै दलहरू उम्मेदवार टुंग्याउने अन्तिम चरणमा छन् । यहीबीच रास्वपाले पनि आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारहरूको सूची फाइनल गर्दैछ ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्ने तय भएको छ । बैठकअघि बालेन शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ । त्यससँगै पार्टी कार्यालयमा नेता–कार्यकर्ताको भीड बढ्दै गएको छ ।
केन्द्रीय समिति बैठकपछि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ । मेयर शाह पनि साँझ ५ बजे जनकपुर जाने तयारीमा छन् ।
राजीनामा होल्ड गर्ने निर्णयले बालेनको राजनीतिक चाललाई अझै ‘ओपन एन्डेड’ बनाएको छ । चुनावी मैदानमा प्रवेश गर्नुअघि उनी अन्तिम घडीसम्म विकल्प खुला राख्ने रणनीतिमा देखिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: