Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

पाण्डबखानी–रमुवा जोड्ने सडक स्तरोन्नति तीव्र, २५ प्रतिशत कटिङ कार्य सम्पन्न

खबरडबली संवाददाता

वाग्लुङ ।  पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करिब २५ प्रतिशत सम्पन्न भइसकेको छ ।

३ किलोमिटर लम्बाइको उक्त सडक स्तरोन्नति आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालयमार्फत कुल ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ग्रामीण क्षेत्रमा यातायात पहुँच विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको यो आयोजना समयमै सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको निर्माण पक्षले जनाएको छ ।

सडक निर्माणको जिम्मा पाएको केसी निर्माण सेवाका प्रोप्राइटर योगेश भण्डारीका अनुसार हाल सडकको कटिङ कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको छ । कटिङ सम्पन्न भएपछि ग्राभेल, नाली निर्माण, चौडाइ विस्तारलगायतका बाँकी सम्पूर्ण काम तोकिएको मापदण्ड (स्ट्यान्डर्ड) अनुसार चरणबद्ध रूपमा सुरु गरिने उनले जानकारी दिए ।

यसैबीच, आयोजनाको प्रगति अवस्थाबारे स्थलगत अनुगमन गरिएको छ । अनुगमन टोलीमा इन्जिनियर चन्द्र पुन र निरज पुन, निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, वडा सदस्य कुमार पुन तथा पत्रकार सुरेश छन्त्याललगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा निर्माण कार्य स्वीकृत डिजाइन र योजनाअनुसार नै अघि बढिरहेको जानकारी दिइएको छ ।

स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले सडक निर्माणले पाण्डबखानी–रमुवा क्षेत्रका बासिन्दालाई आवतजावतमा ठूलो सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् । सडक स्तरोन्नति सम्पन्न भएपछि स्थानीय उत्पादनको बजार पहुँच विस्तार हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार तथा अन्य सामाजिक–आर्थिक गतिविधिमा उल्लेखनीय सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

स्थानीयवासीहरूले गुणस्तरीय र दिगो सडक निर्माणमा जोड दिँदै समयमै काम सम्पन्न गर्न निर्माण पक्ष र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले मन्त्रीहरूसहित बैठक बोलाइन्, निर्वाचन तयारी र आचारसंहिताबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...

दलहरूको दबाब र सर्वोच्चको मुद्दाकाे असरले उम्मेदवारी दर्ता केही दिन सर्नसक्ने संकेत

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा संलग्न दलहरूले उम्मेदवार चयनमा समयको चाप महसुस गरेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सर्नसक्ने संकेत दिएको...

झलनाथ खनाल निर्वाचन बाहिर, काठमाडौँ ८ बाट सुमन सायमीकाे तयारी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल यसपटक फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। विगतमा इलाम–२ बाट...

नयाँ ट्रयाक खुलेपछि रमुवा गाउँको वकरा पोखरीमा पर्यटकको चहलपहल बढ्दै

वाग्लुङ ।  गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा नामक रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, हरियाली र शान्त ...

पाण्डबखानी–रमुवा जोड्ने सडक स्तरोन्नति तीव्र, २५ प्रतिशत कटिङ कार्य सम्पन्न

वाग्लुङ ।  पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करि...

स्वास्थ्य बीमा संकट चुलिँदा निर्देशक काफ्लेको राजीनामा, बोर्ड झन् अन्योलमा

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...

अनिश्चित राजनीतिमा बालेनको ‘स्टेप ब्याक’: किन अन्तिम घडीमा रोकियो राजीनामा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...

नेकपाभित्र उम्मेदवार टुंग्याउन सकस, दाङ–१ मा मेटमणिलाई रोक्न कुलप्रसादको कडा दावेदारी

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...

राष्ट्रियसभा छाडेर प्रत्यक्ष चुनावमा ‘हेभीवेट’को इन्ट्री

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै राष्ट्रियसभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेकपाका नेता नार...

सागर ढकाल डडेल्धुरामा देउवासँग ‘फेरि भिडन्त’ नगर्ने, गुल्मी–रुपन्देहीतर्फ नजर

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending