तर हालसालै रमुवा गाउँसम्म पुग्ने नयाँ ट्रयाक खुलेपछि वकरा क्षेत्रको परिचय विस्तारै फैलिन थालेको छ। सहज पहुँचसँगै अहिले पोखरी अवलोकन गर्न, फोटो खिच्न, टिकटक भिडियो बनाउन र पिकनिक मनाउन आउनेहरूको संख्या बढ्दै गएको छ।
वडा सदस्य कुमार पुनका अनुसार, “पहिला यहाँ पुग्न निकै कठिन थियो। बाटो नहुँदा सुन्दर ठाउँ भएर पनि ओझेलमै रह्यो। अहिले ट्रयाक खुलेपछि स्थानीय मात्र होइन, बाहिरी ठाउँबाट पनि मानिसहरू आउने क्रम बढेको छ।” उनले थपे, “यसले गाउँको पहिचान बढाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।”
स्थानीय युवायुवतीहरूले सामाजिक सञ्जालमार्फत वकरा पोखरीका दृश्यहरू साझा गर्न थालेपछि यसको चर्चा अझै व्यापक बनेको छ। शान्त, स्वच्छ र प्राकृतिक सौन्दर्यले भरिएको यो पोखरी भविष्यमा पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना बोकेको स्थानका रूपमा हेरिन थालिएको छ।
स्थानीयवासीहरूले पोखरी र वरपरको वातावरण संरक्षण गर्दै पूर्वाधार व्यवस्थापनमा नगरपालिका तथा सरोकारवालाको ध्यान जान आवश्यक रहेको बताएका छन्। निवर्तमान वडा अध्यक्ष तिलक घर्तिले बताए, “संरक्षण र प्रवर्द्धन सँगसँगै अघि बढ्न सके वकरा पोखरी रमुवा गाउँको पहिचान र स्थानीय आम्दानीको स्रोत बन्न सक्नेछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - १४:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...
माघ ५ गते, २०८२ - १४:४४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा संलग्न दलहरूले उम्मेदवार चयनमा समयको चाप महसुस गरेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सर्नसक्ने संकेत दिएको...
माघ ५ गते, २०८२ - १४:३६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल यसपटक फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। विगतमा इलाम–२ बाट...
माघ ५ गते, २०८२ - १३:१९
वाग्लुङ । गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा नामक रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, हरियाली र शान्त ...
माघ ५ गते, २०८२ - १३:१८
वाग्लुङ । पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करि...
माघ ५ गते, २०८२ - १३:११
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...
माघ ५ गते, २०८२ - १३:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...
माघ ५ गते, २०८२ - १२:५९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...
माघ ५ गते, २०८२ - १२:५४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै राष्ट्रियसभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नेकपाका नेता नार...
माघ ५ गते, २०८२ - १२:३६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले यसपटक डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । आ...




प्रतिकृया लेख्नुहोस्: