धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ।
शनिबार पार्टीले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको सूची सार्वजनिक गर्यो। बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहरालाई टिकट दिइएको थियो। तर २४ घण्टा नबित्दै आइतबार फेरि ‘टिकट फेरिएको’ चर्चा फैलियो। बझाङमा अफिलालको ठाउँ युवा नेता ऐन महरलाई दिइएको दाबी बाहिरियो भने कञ्चनपुर–१ मा कमला बोहराको टिकट तारा लामा तामाङलाई दिइएको खबर आयो।
युवा नेता ऐन महरले रातोपाटीसँग भने, “शनिबार पनि मलाई टिकट दिने निर्णय भएको थियो। तर बीचमा कसरी अर्को सूची आयो थाहा भएन। आज फेरि निर्णय कार्यान्वयन भएको छ। मेरो टिकट पक्का भएको छ।” उस्तै दाबी तामाङले पनि गरे।
तर शनिबारको सूचीमा नाम रहेका अफिलाल ओखेडा भने असन्तुष्ट छन्। फेसबुकमा उनले लेखेका छन्, “सचिवालय बैठकले टिकट टुंगो लगाएको हो। मेरो सहमतिबिना नाम बदलिएको खबर आएको छ। यस्तो गम्भीर गल्ती एमालेले गर्न सक्दैन। मेरो टिकट खोसियो भन्ने भ्रममा नपर्न आग्रह गर्दछु।”
एमालेले सुदूरपश्चिमका १६ सिटमध्ये केवल एक्ली महिला उम्मेदवार कमला बोहरा अघि सारेको थियो। ४० वर्षमुनिका युवा कोटाबाट केन्द्रीय सदस्य बनेकी बोहरा विद्यार्थी राजनीतिबाट सक्रिय भएकी नेतृ हुन्। तर आइतबार उनकी टिकट खोसिएर तामाङलाई दिइएको खबरले महिला पंक्तिमा आक्रोश फैलिएको छ।
एमालेकी एक नेताले भने, “सुदूरपश्चिमका १६ क्षेत्रमध्ये एउटामा पनि महिला नअटाउने? भएको एउटा टिकट पनि खोस्ने? महिला मतदाता पुरुषभन्दा बढी छन्, तर पार्टीले बनाएको एउटी महिला उम्मेदवारको टिकट खोस्नु विभेदकारी कदम हो।”
टिकट वितरणको अन्योल बझाङ र कञ्चनपुर–१ मात्रै सीमित छैन। समग्र सुदूरपश्चिमका कार्यकर्तामा निराशा फैलिएको छ। स्थानीय नेताहरूले नेतृत्वको ‘आफ्ना मान्छे रोज्ने’ नीति प्रति असन्तुष्टि व्यक्त गरेका छन्।
कैलाली क्षेत्र–५ मा पनि पार्टीले बलिया नेता नारदमुनि रानाको टिकट काटेर यज्ञराज ढुंगानालाई अघि सार्दा विवाद उत्पन्न भएको छ। रानाथारू समुदायको ठूलो मतदाता समूहलाई समेत नजरअन्दाज गरिएको भन्दै कार्यकर्ताहरू असन्तुष्ट छन्।
बझाङमा पनि ऐन महरको टिकट पाउने चर्चा पछाडि २०७९ को निर्वाचनको गणित जोडिएको छ। महर सुदूरपश्चिममा सबैभन्दा कम मतान्तरले पराजित भएका थिए। जिल्ला कमिटीले महरलाई पहिलो नम्बरमा सिफारिस गरे पनि अफिलालको नाम सूचीमा आएपछि स्थानीय नेता झस्किएका थिए।
अहिलेसम्म पार्टीको आधिकारिक धारणा छैन। शीर्ष नेताहरूलाई सोध्दा “थाहा छैन” भन्ने जवाफ आएको छ। बझाङका अफिलाल वा महर, र कञ्चनपुरकी बोहरा वा तामाङ, कसको भाग्य चम्कियो र कसको खुसी खोसियो भन्ने प्रश्नको उत्तर अझै अस्पष्ट छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: