Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

खबरडबली संवाददाता

मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् ।

विसं २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ६ हजार ७७९ मतदाता रहेका थिए । प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ मतदाताले २९ मतदान केन्द्रमा मतदान गर्ने छन् । सुरक्षा र मतदातालाई सहज बनाउन कारागारमा एउटा मतदान केन्द्र थप भएको छ ।

नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेका निर्वाचन अधिकारी कुँवरले बताए । भौगोलिक दृष्टिले मनाङमा निर्वाचन जोखिमपूर्ण रहेको छ । यस समयमा पनि हिमपात हुनसक्ने र विकटतालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक नवराज पौड्यालले जानकारी दिए ।

“सडकसमेत नपुगेको र भौगोलिक विकटता रहेको नार्पाभूमिमा जोखिम छ । निर्वाचनको तयारी भने भइरहेको छ”, उनले भने ।

भौगोलिक रूपमा विकट, मौसमका हिसाबले संवेदनशील र पूर्वाधारको दृष्टिले चुनौतीपूर्ण मानिने यस जिल्लामा निर्वाचन सम्पन्न गर्नु आफैँमा एउटा ठूलो व्यवस्थापकीय काम हो । त्यसैले निर्वाचन आयोग, जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै निर्वाचनको तयारीलाई प्राथमिकतामा राखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending