आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन उम्मेदवार बनेका हुन् ।
उनीहरूले दलीय राजनीतिक प्रतिस्पर्धामा प्रवेश गर्नुअघि वर्तमान सरकारको स्वतन्त्र र निष्पक्ष पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
मन्त्री पदबाट राजीनामा दिएपछि ऊर्जामन्त्री घिसिङले आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ गठन गरेका छन् । यसअघि उनी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक थिए । उज्यालो पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार घिसिङ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता ‘जेनजी आन्दोलन’का अगुवा तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने जानकारी दिएका छन् ।
पूर्वसञ्चारमन्त्री जगदीश खरेल दुई दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा सक्रिय थिए । मन्त्री बन्नुअघि उनले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हालेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले खरेललाई पार्टी आबद्धताको प्रतीक चिह्न प्रदान गरेका छन् । रास्वपाका अनुसार खरेलले आज अपराह्न ३ बजे ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
यस्तै, पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरिसकेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणाली अन्तर्गत आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...
माघ ७ गते, २०८२ - १४:०१
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले आफू कुनै पनि राजनीतिक पार्टीमा नलाग्ने स्पष्ट पारेका छन् । म्याग्दीब...
माघ ७ गते, २०८२ - १३:५८
बाग्लुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाग्लुङ जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो)बीच चुनाव...
माघ ७ गते, २०८२ - १३:५८
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सापकोटाले न...
माघ ७ गते, २०८२ - १३:४४
रुकुम पूर्व । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वका शहीद परिवारसँग भेट गरी आशीर्वाद ग्रहण गरेका छन् । प्रतिन...
माघ ७ गते, २०८२ - १३:४२
कपिलवस्तु । पूर्वमन्त्री तथा पूर्वसांसद, नेकपा (एमाले)का नेता वृजेश कुमार गुप्ताले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि...




प्रतिकृया लेख्नुहोस्: