Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

खबरडबली संवाददाता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।

पार्टीका नेता गोविन्द आचार्यका अनुसार नेकपाबाट टिकट पाएका सबै उम्मेदवारले आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराइसकेका छन्। बागलुङ–१ मा भने नेकपाले आफ्ना उम्मेदवार नउठाई राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ।

नेकपाले उठाएका १६५ उम्मेदवारमध्ये १४ जना महिला छन्। महिला उम्मेदवार रहने निर्वाचन क्षेत्रहरूमा कञ्चनपुर–१, नवलपरासी (पश्चिम)–१, मनाङ–१, चितवन–३, काठमाडौं–१, ५ र १०, सप्तरी–४, संखुवासभा–१, झापा–२, सुनसरी–२, रौतहट–३ तथा काभ्रेपलाञ्चोक–२ रहेका छन्।

पार्टीका अनुसार उम्मेदवार चयनमा भूगोल, समावेशिता, राजनीतिक अनुभव र स्थानीय संगठनको सिफारिसलाई आधार बनाइएको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुमबाट उम्मेदवार छन् भने विभिन्न प्रदेशमा पूर्वमन्त्री, सांसद, जनप्रतिनिधि तथा नयाँ अनुहारलाई समेत उम्मेदवार बनाइएको छ।

प्रदेशगत रूपमा हेर्दा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्र समेटिने गरी उम्मेदवार टुंगो लगाइएको पार्टीले जनाएको छ।

प्रदेशगत रूपमा सार्वजनिक गरियो उम्मेदवारको सूची

विभिन्न प्रदेशअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम सार्वजनिक भएको हो ।

कोशी प्रदेश

कोशी प्रदेशअन्तर्गत ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, पाँचथर–१ मा हर्कबहादुर नेम्वाङ, इलाम–१ मा रणबहादुर राई र इलाम–२ मा ओमबहादुर गुरुङ उम्मेदवार छन् । झापामा क्षेत्र नं १ मा अशेष घिमिरे, २ मा धर्मशिला चापागाई, ३ मा डिल्ली घिमिरे, ४ मा पुरुषोत्तम चुडाल र ५ मा रञ्जित तामाङ उम्मेदवार रहेका छन् ।

यसैगरी सङ्खुवासभामा सरिता खड्का थापा, तेह्रथुममा रणध्वज कन्दङ्वा, भोजपुरमा अजम्बर राई ‘काङमाङ’ र धनकुटामा धर्मप्रसाद पौडेल उम्मेदवार छन् । मोरङ–१ मा कुलप्रसाद साम्बा, २ मा चन्द्रवीर राई, ३ मा डा. देवमान सम्वाहाङफे, ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ६ मा ओपेन्द्रकुमार राय रहेका छन् ।

सुनसरी–१ मा सूर्यबहादुर भट्टराई, २ मा रामकुमारी चौधरी, ३ मा दुर्गेश चौधरी र ४ मा महमद महफुज अन्सारी उम्मेदवार छन् । सोलुखुम्बुमा असिम राई, खोटाङ–१ मा हरि रोका, ओखलढुंगामा अम्बिरबाबु गुरुङ, उदयपुर–१ मा बलदेव चौधरी र उदयपुर–२ मा सुरेशकुमार राई उम्मेदवार छन् ।

मधेश प्रदेश

मधेश प्रदेशको सप्तरी–१ मा रविन्द्र चौधरी, २ मा सूर्यनाथ प्रसाद यादव, ३ मा अरुणकुमार साह र ४ मा रुबीकुमारी कर्ण उम्मेदवार छन् । सिराहा–१ मा रामचन्द्र यादव, २ मा मुक्ति सिंह, ३ मा विश्वनाथ साह र ४ मा अजयशंकर नायक उम्मेदवार रहेका छन् ।

धनुषा–१ मा मातृकाप्रसाद यादव, २ मा रामचन्द्र झा, ३ मा रामललित मण्डल र ४ मा संजयकुमार महतो उम्मेदवार छन् । महोत्तरी–१ मा गिरिराजमणि पोखरेल, २ मा लक्ष्मण यादव, ३ मा राजकिशोर साह सुडी र ४ मा भरतप्रसाद साह रहेका छन् ।

सर्लाही–१ मा प्रमोद साह, २ मा महेन्द्रराय यादव, ३ मा नारायणकाजी श्रेष्ठ र ४ मा रगनीस राय यादव उम्मेदवार छन् । रौतहट–१ मा माधवकुमार नेपाल, २ मा किरण साह, ३ मा पुनम देवी र ४ मा रामकुमार भट्टराई उम्मेदवार रहेका छन् ।

बारा–१ मा सन्तोष दंगाल, २ मा रमेशप्रसाद यादव, ३ मा भरतप्रसाद साह र ४ मा अजय कुशवाहा उम्मेदवार छन् । पर्सा–१ मा अजय चौरसिया, २ मा मनोज चौधरी, ३ मा छोटेलाल यादव र ४ मा जयप्रकाश थारु उम्मेदवार रहेका छन् ।

बागमती प्रदेश

बागमती प्रदेशको दोलखा–१ मा विशाल खड्का, रामेछाप–१ मा श्यामकुमार श्रेष्ठ, सिन्धुली–१ मा डेकेन्द्र सुवेदी र २ मा लेखनाथ दाहाल उम्मेदवार छन् । रसुवामा माधव लामिछाने, धादिङ–१ मा राजेन्द्रप्रसाद पाण्डे र २ मा रामबहादुर भण्डारी उम्मेदवार रहेका छन् ।

नुवाकोट–१ मा हितबहादुर तामाङ र २ मा हिरानाथ खतिवडा उम्मेदवार छन् । काठमाडौँका १० वटै क्षेत्रमा क्रमशः मेनका भण्डारी, नितेश पौडेल, निरज लामा, इन्द्र भुसाल, कल्पना शर्मा, हेमलाल शर्मा (हिमाल), बसन्तप्रसाद मानन्धर, सुमन सायमी, राधाकृष्ण महर्जन र रुपा महर्जन उम्मेदवार रहेका छन् ।

भक्तपुर–१ मा हरिराम लवजु र २ मा रामप्रसाद सापकोटा ‘दीपशिखा’, ललितपुर–१ मा सुनिल महर्जन, २ मा राजेन्द्र अमात्य र ३ मा राजकाजी महर्जन उम्मेदवार छन् । काभ्रेपलाञ्चोक–१ मा दिनानाथ गौतम र २ मा बसुन्धरा हुमागाई, सिन्धुपाल्चोक–१ मा माधव सापकोटा र २ मा युवराज दुलाल उम्मेदवार छन् । मकवानपुर–१ मा विजय गौतम र २ मा लवशेर बिष्ट तथा चितवनका तीनै क्षेत्रमा डा. कृष्ण पन्त, प्रताप गुरुङ र रेणु दाहाल उम्मेदवार रहेका छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा गोरखा, मनाङ, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी (पूर्व), मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगिएका छन् ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पूर्वी रुकुम, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दियाका सबै क्षेत्रमा उम्मेदवार सार्वजनिक गरिएको छ । पूर्वी रुकुम–१ बाट नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेका छन् ।

कर्णाली/ सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेशमा सल्यानदेखि पश्चिम रुकुमसम्म सबै जिल्लामा उम्मेदवार तय भएका छन् भने सुदूरपश्चिम प्रदेशमा बाजुरा, अछाम, बझाङ, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार सार्वजनिक गरिएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending