निर्वाचन आयोगका अनुसार मङ्गलबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका तीन हजार ४८७ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी दर्ता भएको हो ।
उजुरी पर्ने उम्मेदवारमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लालबिक्रम थापा, रौतहट क्षेत्र नम्बर–१ बाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, भक्तपुर क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार राजीव खत्री, नेपाल जनसेवा पार्टीबाट उम्मेदवार जानुका पाठक तथा कैलाली क्षेत्र नम्बर–१ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरी रहेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यता नपुगेको दाबी गर्दै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो ।
उजुरी प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१६ बमोजिम दर्ता गरिएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतले उजुरी दर्ता गरी अनुसूची–१७ अनुसार दर्ता किताबमा समावेश गर्दै उजुरीकर्तालाई अनुसूची–१८ बमोजिमको भर्पाई प्रदान गरेका छन् ।
निर्वाचन कार्यतालिकाअनुसार उजुरी दर्ता अवधि समाप्त भएपछि दर्ता भएका उजुरीको विवरण अनुसूची–१९ बमोजिम तयार गरी सम्बन्धित कार्यालयमा सार्वजनिक गरिएको छ ।
सूचना प्रकाशनपछि जसकाविरुद्ध उजुरी परेको हो, ती उम्मेदवारले तोकिएको समयसीमाभित्र आवश्यक प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ । सूचना प्रकाशित भएसँगै सम्बन्धित उम्मेदवारले जानकारी पाएको मानिने कानुनी व्यवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी
माघ ८ गते, २०८२ - २०:०३
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...
माघ ८ गते, २०८२ - १९:२९
काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...
माघ ८ गते, २०८२ - १९:२५
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...
माघ ८ गते, २०८२ - १९:२१
काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...
माघ ८ गते, २०८२ - १९:१०
रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...
माघ ८ गते, २०८२ - १९:०४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...
माघ ८ गते, २०८२ - १८:५९
काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...
माघ ८ गते, २०८२ - १८:५६
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...




प्रतिकृया लेख्नुहोस्: