काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसका उम्मेदवारमध्ये करिब ६६ प्रतिशत पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।
यसपटक विगतमा पटक–पटक टिकट पाएका धेरै प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । २०४८ सालदेखि लगातार निर्वाचित हुँदै आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक उम्मेदवार बनेनन् । यस्तै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि चुनावी मैदानमा देखिएका छैनन् ।
देउवा पक्षका प्रभावशाली नेताहरू बाहिर
अघिल्लो निर्वाचनमा विजयी भएर पनि यसपटक टिकट नपाउनेमा प्रकाशमान सिंह, रमेश लेखक, मोहन बस्नेत, रामहरि खतिवडा, दीपक खड्का, दुर्लभ थापा लगायतका नेताहरू परेका छन् ।
तर, देउवा पक्षमै रहेर पनि विवाद र अनियमिततामा नाम नजोडिएका नेताहरूलाई भने सभापति गगन थापा नेतृत्वको टिमले प्राथमिकता दिएको देखिन्छ । विमलेन्द्र निधि, प्रकाशशरण महत जस्ता नेताहरूले टिकट पाएका छन् ।
प्रतिनिधिसभामा पहिलो पटक टिकट पाउने कांग्रेस उम्मेदवारहरू
कोशी प्रदेश
ताप्लेजुङ– गजेन्द्रप्रसाद तुम्याङ लिम्बु
पाँचथर– नरेन्द्रकुमार केरूङ
इलाम–१ निस्कल राई
झापा–१ केशवराज पाण्डे
झापा–३ राजेन्द्र घिमिरे
झापा–५ मन्धरा चिमरिया
मोरङ–१ खड्गबहादुर फागो
मोरङ–४ गुरुराज घिमिरे
मोरङ–५ फूलकुमार लालबानी
सुनसरी–१ सुजेन्द्र तामाङ
धनकुटा– दिनेश राई
तेह्रथुम– सन्तोष सुब्बा
संखुवासभा– प्रकाशसिंह कार्की
ओखलढुंगा– कुमार लुइँटेल
खोटाङ– वीरकाजी राई
उदयपुर–१ विदुर बस्नेत
उदयपुर–२ रामकुमार राई
मधेश प्रदेश
सप्तरी–१ रामदेव साह
सप्तरी–२ रामकुमार यादव
सिराहा–१ रामसुन्दर चौधरी
सिराहा–३ सुभाषचन्द्र यादव
सिराहा–४ चन्द्रकला कुमारी यादव
धनुषा–१ रामपल्टन साह
धनुषा–२ दिनेश पर्सेला
महोत्तरी–१ मुकेशराज काफ्ले
महोत्तरी–३ बजरंग नेपाली
सर्लाही–२ डा. सरोज यादव
सर्लाही–३ विनोद खनाल
रौतहट–३ रामकृपाल यादव
बारा–२ भैयाराम चौधरी
बारा–४ श्यामबाबु गुप्ता
बागमती प्रदेश
दोलखा– अजयबाबु शिवाकोटी
रामेछाप– रामचन्द्र खड्का
काभ्रे–१ गुणराज मोक्तान
सिन्धुपाल्चोक–१ जंगबहादुर लामा
सिन्धुपाल्चोक–२ वंशलाल तामाङ
धादिङ–१ कृष्ण रिजाल
धादिङ–२ रमेशप्रसाद धमला
नुवाकोट–२ जगदिश्वर नरसिंह केसी
मकवानपुर–२ बुद्ध लामा
भक्तपुर–१ किरण न्यौपाने
भक्तपुर–२ कबिर राणा
काठमाडौं–१ प्रबल थापा
काठमाडौं–२ कबिर शर्मा
काठमाडौं–३ रमेश अर्याल
काठमाडौं–४ सचिन तिमल्सिना
काठमाडौं–६ कृष्ण सबुज बानियाँ
काठमाडौं–७ प्रमोदहरि गुरागाईं
काठमाडौं–९ नानु बस्तोला
काठमाडौं–१० हिमाल कार्की
चितवन–२ मीनाकुमारी खरेल
चितवन–३ टेकप्रसाद गुरुङ
ललितपुर–२ प्रेमकृष्ण महर्जन
ललितपुर–३ जितेन्द्रकुमार श्रेष्ठ
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम
(यहाँ पनि कांग्रेसले अधिकांश क्षेत्रमा नयाँ उम्मेदवार अघि सारेको देखिन्छ । गोरखा, कास्की, रुपन्देही, बाँके, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर लगायत जिल्लामा पहिलोपटक टिकट पाउने उम्मेदवारहरूको संख्या उल्लेख्य छ ।)
अनुभवभन्दा परिवर्तनलाई प्राथमिकता
कांग्रेसले यसपटक “अनुभव” भन्दा पुनःसंरचना र पुस्तान्तरण लाई प्राथमिकता दिएको सन्देश दिएको छ । लामो समयदेखि संसदीय राजनीतिमा रहेका नेताहरूको सट्टा नयाँ अनुहारलाई अघि सार्नुले पार्टीभित्र शक्ति सन्तुलन र नेतृत्वको धार परिवर्तन भइरहेको संकेत गर्छ।
यो रणनीतिले चुनावी परिणाम कस्तो ल्याउँछ भन्ने चासो राजनीतिक वृत्तमा बढ्दो छ।
प्रतिकृया लेख्नुहोस्: