Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

खबरडबली संवाददाता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म १२ राजनीतिक दलले उम्मेदवारी दर्ता गरिसकेका छन्। तीमध्ये सबैभन्दा बढी चासोको विषय बनेका छन् भूमे गाउँपालिका–९ चुनवाङका २८ वर्षीय युवा नेता सन्दीप पुन।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवारी दिएका सन्दीप पुन पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

गत कात्तिकमा मात्रै पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) को नेतृत्वमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप उम्मेदवार बनेका हुन्। उक्त पार्टीका संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रहेका छन्।

‘प्रचण्ड जानी–जानी रूकुम पूर्व आए’

सन्दीप पुनका अनुसार आफूले पार्टी विभाजन हुनुभन्दा पहिल्यै, दसैँअघि नै रूकुम पूर्वबाट चुनाव लड्ने निर्णय गरिसकेका थिए। उनले प्रचण्डको उम्मेदवारीप्रति प्रश्न उठाउँदै भने, ‘उहाँको पार्टीबाट रूकुम पूर्वका लागि नौ जनाको नाम सिफारिस भएको थियो तर प्रचण्डको नाम सिफारिस नै थिएन। बरु कालिकोट र सिन्धुलीबाट उहाँको नाम एकल रूपमा सिफारिस भएको थियो। त्यसैले उहाँ जानी–जानी रूकुम पूर्व आउनुभएको हो।’

३१ वडा र तीन गाउँपालिका रहेको रूकुम पूर्वमा करिब ३४ हजार ५ सय ७४ मतदाता रहेको सन्दीपले जानकारी दिए।

‘स्थानीयले टुरिष्ट नेतालाई भोट दिँदैनन्’

सन्दीप पुनका अनुसार उम्मेदवारी दर्तापछि रूकुमेली युवा र सहिद परिवारहरू उत्साहित देखिएका छन्। ‘स्थानीयले प्रचण्डलाई टुरिष्ट नेताको संज्ञा दिएका छन्,’ उनले भने, ‘उम्मेदवारी दर्ता गरेपछि उहाँ काठमाडौं फर्किसक्नुभएको छ। जितेपछि पनि त्यही गर्ने हो भन्ने कुरा मतदातालाई घरदैलोमा सम्झाइरहेको छु।’

जैविक मल उत्पादनदेखि राजनीतिसम्म

बायोटेक्नोलोजी विषयमा स्नातक उत्तीर्ण सन्दीप पुन विगत तीन वर्षदेखि भूमेमै व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्दै आएका छन्। स्थानीय उत्पादन, श्रमको सम्मान र युवाको रोजगारी उनका प्रमुख चुनावी एजेन्डा हुन्।

को हुन् सन्दीप पुन?

२०५१ फागुन १ गते प्रचण्डकै नेतृत्वमा सुरु भएको १० वर्षे सशस्त्र जनयुद्धमा सन्दीपका आमाबुवा दुवै सक्रिय थिए। उनका बुवा सूर्यप्रकाश पुन र आमा परम्परा गौतमको २०५३ जेठ २५ गते पार्टीकै पहलमा ‘जनवादी विवाह’ गरिएको थियो।

सन्दीप १३ महिनाको हुँदा उनकी आमा जनयुद्धमा होमिएकी थिइन्। तर २०५९ जेठ १४ गते बझाङमा उनका आमाबुवाको हत्या भयो। त्यसपछि मामाघरको जिम्मामा रहेका सन्दीपलाई भारत लगेर पढाइयो। पछि नेपाल फर्किएर कपिलवस्तु, दाङ र नेपालगञ्ज हुँदै कक्षा ३ देखि एसएलसीसम्मको अध्ययन पूरा गरे।

उच्च शिक्षाका लागि काठमाडौं आएका सन्दीपले ह्वाइटहाउस कलेजबाट बायोटेक्नोलोजीमा स्नातक गरेका हुन्।

विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म

सन्दीपको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। २०७४ सालमा इकाइ समितिको अध्यक्ष बनेका उनी पूर्वाञ्चल विश्वविद्यालयको राष्ट्रिय समितिको सचिव हुँदै गत वर्ष अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष बनेका थिए।

पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै जनार्दन शर्मासँगै प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेका सन्दीप हाल उक्त पार्टीको केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष हुन्।

यतिखेर रूकुम पूर्वको चुनावी मैदानमा पुस्तान्तरण, विचार र नेतृत्वको टक्करको प्रतीकका रूपमा २८ वर्षीय सन्दीप पुन र ७१ वर्षीय प्रचण्डबीचको प्रतिस्पर्धालाई हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending