काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता हरिबोल गजुरेललाई सिन्धुली–२ बाट बागी उम्मेदवारी दिएका महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन विशेष निर्देशन दिएका छन्।
शुक्रबार दुवै नेताले हस्ताक्षर गरेर गजुरेललाई लिखित निर्देशन जारी गरेका हुन्। गजुरेल नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ विरुद्ध दाहालका प्रस्तावक हुन्।
निर्देशनमा भनिएको छ, “केन्द्रीय सदस्य कमरेड महेश्वर दाहालले पार्टी निर्णयविरुद्ध अनधिकृत रूपमा मनोनयनपत्र दर्ता गरेको कार्यमा तपाईं प्रस्तावक रही सहयोग भएको पुष्टि भएकोले तत्काल उक्त अनधिकृत मनोनयनपत्र फिर्ता गराई पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन तथा सहयोग गरी पार्टी निर्णय कार्यान्वयन गर्न तपाईंलाई पार्टी केन्द्रीय कार्यालयको तर्फबाट विशेष निर्देशन जारी गरिएको छ।”
यस कदमले नेकपाभित्रको अनुशासन र पार्टी निर्णयको पालना सुनिश्चित गर्ने उद्देश्य राखेको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: