काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
अध्यक्ष ओलीले निर्वाचन जित्ने आधार नभएको भन्दै केही उम्मेदवारलाई टिकट नदिएको बताउँदै, भट्टराईसमेतको चुनाव जित्ने अवस्था नरहेको प्रतिक्रिया दिएका थिए।
यसको जवाफ दिँदै भट्टराईले लेखेका छन्, “यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दु:खी छु। कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट पाएको होला भन्ने मलाई विश्वास छैन।”
ओलीले सुरेन्द्र पाण्डे र योगेश भट्टराईलाई जित्ने अवस्था नरहेको र विन्दा पाण्डेको कुनै आधार नभएको भन्दै टिकट नदिएको बताए। उनले अर्का नेता गोकुल बास्कोटाले टिकट नपाएको कारण कार्यकर्ता पंक्तिमा विभाजन बढी भएको उल्लेख पनि गरे।
तर भट्टराईले भने, आफू अहिले पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन खटिएको र विचलित वा निराश नभएको बताए। उनले थपे, “फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न। मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो। नो इट, नो बट म विचलित र निरास छैन।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...




प्रतिकृया लेख्नुहोस्: