काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनः स्थापना नभएसम्म राप्रपा सत्तामा नजाने स्पष्ट घोषणा गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै थापाले राप्रपा सत्ता केन्द्रित राजनीति नगर्ने बताए । “हाम्रो राजनीति सत्ता प्राप्तिका लागि होइन, मुलुकको पहिचान र राष्ट्रको मूल आधार जोगाउनका लागि हो,” उनले भने ।
थापाले स्वयं राजा मतदाता रहेको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत महत्वपूर्ण सन्देश जाने दाबी गरे । काठमाडौं क्षेत्र नम्बर–५ मा हिन्दुराष्ट्र र राजसंस्था चाहने राष्ट्रवादी मतदाताको ठूलो संख्या रहेको उनको भनाइ थियो ।
“यहाँ जनमत हाम्रो पक्षमा छ । त्यो जनमतलाई भोटमा बदल्न सक्यौँ भने फागुन २१ गते हुने निर्वाचनमा हाम्रो विजय अवश्यम्भावी छ,” थापाले भने ।
उनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा रहेको जनभावनालाई संगठित गर्दै चुनावी परिणाममा रूपान्तरण गर्न राप्रपा निरन्तर रूपमा सक्रिय रहेको पनि बताए ।
थापाले वर्तमान व्यवस्थालाई ‘भ्रष्ट’को संज्ञा दिँदै भ्रष्ट व्यवस्था र शासकबाट मुक्ति चाहनेहरूलाई राप्रपालाई विजयी गराई काम गर्ने अवसर दिन आग्रह गरे । “देश परिवर्तन चाहने हो भने राप्रपालाई बलियो बनाउनु आवश्यक छ,” उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...
माघ ११ गते, २०८२ - २०:१३
मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...
माघ ११ गते, २०८२ - २०:०७
काठमाडौँ । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यममा प्रकाशित समाचार र जारी विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको ज...
माघ ११ गते, २०८२ - २०:०५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभा–काठमाडौं सम्पर्क मञ्चले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार समिति गठन गरे...
माघ ११ गते, २०८२ - १९:५७
राजनीतिमा अनुहार धेरै देखिन्छन्, तर उनीहरूको इतिहास, संघर्ष र नेतृत्वको धरातल फरक हुन्छ। केही नेताहरू केवल अवसरवादमा सीमित रहन्छन्, पद र सत्ताका लागि ...
माघ ११ गते, २०८२ - १९:३३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पा...
माघ ११ गते, २०८२ - १९:२८
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर...
माघ ११ गते, २०८२ - १९:०१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिलाई लिएर मधेश अपमान गरिएको भन्दै ...
माघ ११ गते, २०८२ - १८:५२
काठमाडाैं । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः ...
माघ ११ गते, २०८२ - १८:४४
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई निरन्तर दुःख दिने र अपमानित गर्ने काम गरिरहेको आरोप लगाएका छन्। गृहजिल्ला झापाब...




प्रतिकृया लेख्नुहोस्: