Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना नभई राप्रपा सत्तामा जाँदैन : कमल थापा

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनः स्थापना नभएसम्म राप्रपा सत्तामा नजाने स्पष्ट घोषणा गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै थापाले राप्रपा सत्ता केन्द्रित राजनीति नगर्ने बताए । “हाम्रो राजनीति सत्ता प्राप्तिका लागि होइन, मुलुकको पहिचान र राष्ट्रको मूल आधार जोगाउनका लागि हो,” उनले भने ।

थापाले स्वयं राजा मतदाता रहेको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत महत्वपूर्ण सन्देश जाने दाबी गरे । काठमाडौं क्षेत्र नम्बर–५ मा हिन्दुराष्ट्र र राजसंस्था चाहने राष्ट्रवादी मतदाताको ठूलो संख्या रहेको उनको भनाइ थियो ।

“यहाँ जनमत हाम्रो पक्षमा छ । त्यो जनमतलाई भोटमा बदल्न सक्यौँ भने फागुन २१ गते हुने निर्वाचनमा हाम्रो विजय अवश्यम्भावी छ,” थापाले भने ।

उनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा रहेको जनभावनालाई संगठित गर्दै चुनावी परिणाममा रूपान्तरण गर्न राप्रपा निरन्तर रूपमा सक्रिय रहेको पनि बताए ।

थापाले वर्तमान व्यवस्थालाई ‘भ्रष्ट’को संज्ञा दिँदै भ्रष्ट व्यवस्था र शासकबाट मुक्ति चाहनेहरूलाई राप्रपालाई विजयी गराई काम गर्ने अवसर दिन आग्रह गरे । “देश परिवर्तन चाहने हो भने राप्रपालाई बलियो बनाउनु आवश्यक छ,” उनले जोड दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending