Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

काभ्रेपलाञ्चाेकमा पुराना ‘खेलाडी’ मैदानबाहिर रहेपनि नयाँ अनुहारबीच घम्साघम्सी

खबरडबली संवाददाता

काठमाडाैं  । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

सङ्घीय संसद्को निर्वाचन भन्नासाथ काभ्रेली मतदाताका मनमा गोकुल बास्कोटा, शिवप्रसाद हुमागाईं, सूर्यमान दोङ, तीर्थ लामा, गणेश लामा, चन्द्र लामा र रेशम लामा जस्ता नाम घुम्थे। तर, यसपटक यीमध्ये कोही पनि प्रत्यक्ष चुनावी मैदानमा छैनन्। मैदानमा उभिएका अधिकांश उम्मेदवार संघीय निर्वाचनका हिसाबले नयाँ अनुहार हुन्।

कतिपय उम्मेदवार राजनीतिमा पुरानै भए पनि संघीय संसद्को चुनावका लागि नयाँ छन्। मुख्य राजनीतिक दलहरूमा देखिएको साझा विशेषता भनेकै उम्मेदवार छनोटमा देखिएको विवाद हो।

कांग्रेसभित्रको विवाद

नेपाली कांग्रेसमा जिल्ला सभापति तथा प्रदेशका पूर्वमन्त्री तीर्थ लामाको प्रभाव बलियो देखियो। परिणामस्वरूप केन्द्रीय सदस्य गणेश लामा उम्मेदवार बन्न पाएनन्। क्षेत्र नम्बर–१ बाट गुणराज मुक्तान उम्मेदवार बने।

क्षेत्र नम्बर–२ मा कांग्रेसका ‘हेभीवेट’ मानिने शिवप्रसाद हुमागाईं पनि आन्तरिक विवादकै कारण टिकटबाट वञ्चित भए। त्यहाँबाट मधुकुमार आचार्य उम्मेदवार बनेका छन्। स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार आचार्य त्यागी र इमानदार भए पनि आक्रामक चुनावी चरित्रका पात्र मानिँदैनन्। काभ्रेको चुनाव ‘हाट्टहुट्ट’ नजान्नेले थेग्न नसक्ने मान्यता यहाँ स्थापित छ।

विशेष महाधिवेशनअघि तीर्थ लामा सभापति शेरबहादुर देउवा पक्षमा थिए। तर, देउवाले बहादुरसिंह लामालाई मुख्यमन्त्रीबाट हटाएपछि उनी गगन थापा पक्षमा उभिए। गगन समूहभित्र तीर्थ नै हाबी भएपछि गणेश लामा पछि परे। गणेशले जितेमा केन्द्रमा प्रभाव बढ्ने र सम्भावित मन्त्री बन्न सक्ने अवस्थाले तीर्थको राजनीतिक भविष्य जोखिममा पर्ने ठम्याइका कारण गुणराज मुक्तान सिफारिस भएको चर्चा छ।

४० वर्षीय मुक्तान जिल्ला कांग्रेसका सचिव हुन्। उनी तीर्थ मन्त्री हुँदा स्वकीय सचिव थिए भने २०६४ सालकी समानुपातिक सांसद ललिता किङरिङका पनि स्वकीय सचिव रहिसकेका छन्। पेशाले उनी एनजीओकर्मी हुन्।

एमालेमा पनि उस्तै कथा

एमालेमा क्षेत्र नम्बर–१ बाट नवीना लामा, चन्द्र लामा वा रेशम लामामध्ये एक जना उम्मेदवार बन्ने अनुमान थियो। तर, अन्ततः ४४ वर्षीय अमित तामाङ (अमित लामा) उम्मेदवार बने।

नवीना र चन्द्र ओली पक्षमा नदेखिनु र रेशम खुलेर ओली पक्षमा हुँदाहुँदै पनि प्रभावशाली घेरामा नपर्नु मुख्य कारण बनेको चर्चा छ। अमित भने जेन्जी आन्दोलनपछि ओलीको सुरक्षामा खटिएको दस्ताको कमाण्डर, युवा संघका वरिष्ठ उपाध्यक्ष, जिल्ला र प्रदेश हुँदै हालै केन्द्रीय सदस्य बनेका नेता हुन्। यही कारण उनले टिकट पाएका हुन्।

क्षेत्र नम्बर–२ मा भने गोकुल बास्कोटाले टिकट पाउने अपेक्षा व्यापक थियो। उनले २०७४ र २०७९ दुवै निर्वाचनमा राम्रो मतसहित जितेका थिए। तर, ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिवको उम्मेदवार बनेपछि पार्टी नेतृत्वको असन्तुष्टिको शिकार भए।

त्यसको लाभ धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठ ले पाए। उनी कमजोर उम्मेदवार मानिँदैनन्, तर मेयरको कार्यकाल छाडेर सांसद बन्ने योजनामा भने थिएनन्।

 काभ्रेमा प्रचण्डकाे पिर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ का राजनीतिक सन्तुलनका पिर काभ्रेको उम्मेदवारीमा प्रष्ट देखिन्छन्।

२ मध्ये एक क्षेत्र पूर्वमाओवादी केन्द्र र अर्को पूर्वएस (माधव नेपाल समूह) लाई दिनुपर्ने दबाबका कारण तामाङ बाहुल्य काभ्रेमा दुवै क्षेत्रमा ब्राह्मण उम्मेदवार उठाइएको छ।

क्षेत्र नम्बर–१ बाट ६२ वर्षीय दीनानाथ गौतम उम्मेदवार छन्। उनी चौरी देउराली गाउँपालिकाका पूर्वअध्यक्ष हुन् र २०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रबाट विजयी भएका थिए। यद्यपि, यस क्षेत्रमा निर्णायक मतदाता तामाङ समुदाय नै हो।

क्षेत्र नम्बर–२ मा पूर्वएस समूहबाट बसुन्धरा हुमागाईं उम्मेदवार बनेकी छन्।

घण्टीका उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुवै उम्मेदवार फरक पृष्ठभूमिका छन्। क्षेत्र नम्बर–१ बाट ५६ वर्षीय मधुकुमार चौलागाईं उम्मेदवार छन्। उनी रवि लामिछानेको पक्षमा अदालतमा बहस–पैरवी गर्दै राजनीतिमा आएका व्यक्ति हुन्।

क्षेत्र नम्बर–२ बाट ३३ वर्षीय बदनकुमार भण्डारी उम्मेदवार छन्। उनी एमालेसम्वद्ध अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष हुन्।

२०७९ को निर्वाचनमा काभ्रेमा रास्वपाको मतस्थिति कमजोर देखिए पनि यसपटक ‘घण्टी’ को लहर कति पुग्छ भन्नेमा परिणाम निर्भर हुने देखिन्छ।

तामाङ समुदायभित्रै रोचक प्रतिस्पर्धा

काभ्रे क्षेत्र नम्बर–१ मा तामाङ समुदायबाट दुई बलिया उम्मेदवार छन् । कांग्रेसका गुणराज मुक्तान र एमालेका अमित लामा ।

रोचक संयोग के छ भने कांग्रेस केन्द्रीय सदस्य गणेश लामा र एमाले उम्मेदवार अमित लामा दाजुभाइ हुन्। दुवै रोशी गाउँपालिका–१, खहरेपांगुका बासिन्दा हुन्। तीर्थ लामा वडा नम्बर–७ मंगलटारका हुन् भने गुणराज मुक्तान वडा नम्बर–१२ का।

यसर्थ, काभ्रेको चुनाव यसपटक केवल दलबीचको मात्र होइन, पुराना–नयाँ शक्ति, संगठन–व्यक्तित्व र समुदायभित्रकै राजनीतिक प्रभावको रोचक प्रतिस्पर्धा ब

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले गर्याे ७ नेतालाई पार्टीबाट निष्कासन

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...

मधेस हुँदै कोशीको सात जिल्ला पुगेर फर्किए बालेन साह

विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...

कालिवन खानेपानी संस्थाले नयाँ कार्यसमिति चयन

मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...

‘सरकारी विज्ञापनमा ३ अर्ब गायब’ भन्ने समाचार भ्रामक : नेपाल विज्ञापन संघ

काठमाडौँ । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यममा प्रकाशित समाचार र जारी विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको ज...

नेकपाकी उम्मेदवार सरिता थापा खड्कालाई जिताउन प्रचार समिति गठन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभा–काठमाडौं सम्पर्क मञ्चले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार समिति गठन गरे...

जनयुद्वकाे सिपाहीदेखि खुला राजनीतिमा युवाहरूको नेतृत्वसम्म: दिपशिखाको यात्रा अवसरवादको राजनीति माथि

राजनीतिमा अनुहार धेरै देखिन्छन्, तर उनीहरूको इतिहास, संघर्ष र नेतृत्वको धरातल फरक हुन्छ। केही नेताहरू केवल अवसरवादमा सीमित रहन्छन्, पद र सत्ताका लागि ...

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : संयाेजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पा...

तय भएकाे कार्यक्रम स्थगित भएपछि बालेन धनकुटामा गाडीमै सीमित

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर...

ओली–बस्नेतका अभिव्यक्तिमाथि मधेश अपमानको आरोप, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिलाई लिएर मधेश अपमान गरिएको भन्दै ...

काभ्रेपलाञ्चाेकमा पुराना ‘खेलाडी’ मैदानबाहिर रहेपनि नयाँ अनुहारबीच घम्साघम्सी

काठमाडाैं  । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending