Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

नेकपाकी उम्मेदवार सरिता थापा खड्कालाई जिताउन प्रचार समिति गठन

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभा–काठमाडौं सम्पर्क मञ्चले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित मञ्चको भेलाले गजेन्द्र राईको संयोजकत्वमा ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको हो।

सङ्खुवासभा जिल्लामा प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको छ। उक्त क्षेत्रमा नेकपाबाट सरिता थापा खड्का उम्मेदवार बनेकी छन्। उनलाई विजयी गराउने उद्देश्यका साथ काठमाडौंमा रहेका सङ्खुवासभाबासीलाई संगठित गर्दै प्रचार–प्रसार अभियानलाई प्रभावकारी बनाउने निर्णय भेलाले गरेको छ।

प्रचार प्रसार समितिको सहसंयोजकमा डम्बरबहादुर कोइराला चयन गरिएको छ। समितिमा विभिन्न पेशा, क्षेत्र र राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई समेटिएको मञ्चले जनाएको छ।

भेलामा वक्ताहरूले सङ्खुवासभाको विकास, सुशासन र जनमुखी नीतिका लागि सरिता थापा खड्काको उम्मेदवारी महत्वपूर्ण रहेको भन्दै काठमाडौंमा रहेका मतदाता तथा समर्थकहरूलाई सक्रिय रूपमा चुनावी अभियानमा जुट्न आग्रह गरेका थिए।

सम्पर्क मञ्चले आगामी दिनमा घरदैलो अभियान, अन्तर्क्रिया, भेला तथा प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गर्दै सङ्खुवासभामा नेकपाको संगठन सुदृढीकरण र उम्मेदवारको पक्षमा जनमत निर्माण गर्ने जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले गर्याे ७ नेतालाई पार्टीबाट निष्कासन

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...

मधेस हुँदै कोशीको सात जिल्ला पुगेर फर्किए बालेन साह

विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...

कालिवन खानेपानी संस्थाले नयाँ कार्यसमिति चयन

मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...

‘सरकारी विज्ञापनमा ३ अर्ब गायब’ भन्ने समाचार भ्रामक : नेपाल विज्ञापन संघ

काठमाडौँ । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यममा प्रकाशित समाचार र जारी विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको ज...

नेकपाकी उम्मेदवार सरिता थापा खड्कालाई जिताउन प्रचार समिति गठन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभा–काठमाडौं सम्पर्क मञ्चले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार समिति गठन गरे...

जनयुद्वकाे सिपाहीदेखि खुला राजनीतिमा युवाहरूको नेतृत्वसम्म: दिपशिखाको यात्रा अवसरवादको राजनीति माथि

राजनीतिमा अनुहार धेरै देखिन्छन्, तर उनीहरूको इतिहास, संघर्ष र नेतृत्वको धरातल फरक हुन्छ। केही नेताहरू केवल अवसरवादमा सीमित रहन्छन्, पद र सत्ताका लागि ...

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : संयाेजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पा...

तय भएकाे कार्यक्रम स्थगित भएपछि बालेन धनकुटामा गाडीमै सीमित

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर...

ओली–बस्नेतका अभिव्यक्तिमाथि मधेश अपमानको आरोप, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिलाई लिएर मधेश अपमान गरिएको भन्दै ...

काभ्रेपलाञ्चाेकमा पुराना ‘खेलाडी’ मैदानबाहिर रहेपनि नयाँ अनुहारबीच घम्साघम्सी

काठमाडाैं  । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending