Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

‘सरकारी विज्ञापनमा ३ अर्ब गायब’ भन्ने समाचार भ्रामक : नेपाल विज्ञापन संघ

खबरडबली संवाददाता

काठमाडौँ । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यममा प्रकाशित समाचार र जारी विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति खेद व्यक्त गरेको छ। संघले ‘सरकारी विज्ञापनमा ३ अर्ब गायब’ भन्ने दाबीलाई आधारहीन, अपुष्ट र भ्रामक भनेको छ।

नेपाल विज्ञापन संघका महासचिव कृष्णप्रसाद घिमिरेद्वारा माघ ९ गते जारी विज्ञप्तिअनुसार केही समयअघि कान्तिपुर दैनिक मा प्रकाशित “सरकारी विज्ञापनमा ३ अरब गायब” शीर्षकको समाचार र सोही विषयलाई लिएर नेपाल रिपब्लिक मिडिया लिमिटेडबाट जारी विज्ञप्तिले आमजनमानस तथा सरोकारवाला निकायमा अनावश्यक भ्रम सिर्जना गरेको संघको ठहर छ।

संघले विज्ञप्तिमा सञ्चार माध्यममा उल्लेख गरिएको “३ अर्ब गायब” भन्ने दाबीको कुनै ठोस तथ्याङ्क वा कानुनी आधार नरहेको स्पष्ट पारेको छ। सार्वजनिक खरिद प्रक्रियामार्फत हुने सरकारी विज्ञापनको वितरण र भुक्तानी प्रक्रियालाई नै गलत ढंगले व्याख्या गर्दा समग्र विज्ञापन उद्योगको छविमा आँच पुगेको संघको भनाइ छ।

सञ्चार गृहकै जिम्मेवारीमा प्रश्न

नेपाल विज्ञापन संघले सञ्चार गृहहरू आफैं विज्ञापन बजारका अभिन्न हिस्सा भएको उल्लेख गर्दै, राज्यको चौथो अंगका रूपमा सञ्चार माध्यमले तथ्यमा आधारित, जिम्मेवार र मर्यादित पत्रकारिता गर्नुपर्ने दायित्व सम्झाएको छ।

विज्ञप्तिमा भनिएको छ, “अर्को सञ्चार गृह वा विज्ञापन एजेन्सीलाई लक्षित गरी पुष्टि नभएका विषयमा भ्रम फैलाउनु व्यावसायिक मर्यादा र पत्रकारिताका मूल्यमान्यताविपरीत हो।”

संघका अनुसार यस्ता भ्रामक समाचारले विज्ञापनदाता, एजेन्सी र सञ्चार माध्यमबीचको आपसी विश्वास कमजोर बनाउने मात्र होइन, समग्र विज्ञापन पेशा–व्यवसाय नै धराशायी हुने जोखिम बढाएको छ।

२५ अर्बको विज्ञापन बजारमाथि अनावश्यक आरोप

नेपाल विज्ञापन संघले नेपालमा करिब २५ अर्ब रुपैयाँभन्दा बढीको विज्ञापन बजार रहेको उल्लेख गर्दै अपुष्ट समाचारका कारण सम्पूर्ण विज्ञापन पेशा–व्यवसायमाथि नै अनावश्यक दोषारोपण गरिएको जनाएको छ।

विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन संघ सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै, विज्ञापन कारोबार गर्दा दर्ता, संगठनात्मक आबद्धता र मान्यता प्राप्त विज्ञापन एजेन्सीहरूसँग मात्र कारोबार गर्न सञ्चार गृहहरूलाई यसअघि नै आग्रह गर्दै आएको पनि संघले स्मरण गराएको छ।

न्यूनतम दररेट सम्झौताको स्मरण

विज्ञप्तिमा विज्ञापन नै सञ्चार माध्यमको आर्थिक स्वावलम्बनको प्रमुख आधार भएको उल्लेख गर्दै, विज्ञापन दररेटमा वैज्ञानिक आधार नहुँदा सञ्चार माध्यमबीच अस्वस्थ प्रतिस्पर्धा र आर्थिक अस्थिरता देखिएको जनाइएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै गत वर्ष नेपाल विज्ञापन संघको पहलमा नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल लगायत चार व्यावसायिक संस्थाबीच सञ्चार माध्यममा विज्ञापनको न्यूनतम दररेट कायम गर्ने सम्झौता भएको कुरा पनि संघले स्मरण गराएको छ।

संवैधानिक बाटोबाट छानबिन गर्न आग्रह

संघले कुनै निकायमा अनियमितता भएमा त्यसको छानबिनका लागि संवैधानिक र कानुनी संयन्त्रहरू उपलब्ध हुँदाहुँदै सञ्चार माध्यमबाट एकपक्षीय र भ्रामक सूचना सम्प्रेषण हुनु खेदजनक भएको जनाएको छ।

अन्त्यमा नेपाल विज्ञापन संघले यस्ता भ्रामक समाचारको पछि नलाग्न सम्पूर्ण विज्ञापनदाता, एजेन्सी सञ्चालक र सरोकारवालालाई आग्रह गर्दै, सम्बन्धित सञ्चार गृहहरूलाई सत्य–तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न अनुरोध गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले गर्याे ७ नेतालाई पार्टीबाट निष्कासन

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...

मधेस हुँदै कोशीको सात जिल्ला पुगेर फर्किए बालेन साह

विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...

कालिवन खानेपानी संस्थाले नयाँ कार्यसमिति चयन

मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...

‘सरकारी विज्ञापनमा ३ अर्ब गायब’ भन्ने समाचार भ्रामक : नेपाल विज्ञापन संघ

काठमाडौँ । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यममा प्रकाशित समाचार र जारी विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको ज...

नेकपाकी उम्मेदवार सरिता थापा खड्कालाई जिताउन प्रचार समिति गठन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभा–काठमाडौं सम्पर्क मञ्चले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार समिति गठन गरे...

जनयुद्वकाे सिपाहीदेखि खुला राजनीतिमा युवाहरूको नेतृत्वसम्म: दिपशिखाको यात्रा अवसरवादको राजनीति माथि

राजनीतिमा अनुहार धेरै देखिन्छन्, तर उनीहरूको इतिहास, संघर्ष र नेतृत्वको धरातल फरक हुन्छ। केही नेताहरू केवल अवसरवादमा सीमित रहन्छन्, पद र सत्ताका लागि ...

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : संयाेजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पा...

तय भएकाे कार्यक्रम स्थगित भएपछि बालेन धनकुटामा गाडीमै सीमित

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर...

ओली–बस्नेतका अभिव्यक्तिमाथि मधेश अपमानको आरोप, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिलाई लिएर मधेश अपमान गरिएको भन्दै ...

काभ्रेपलाञ्चाेकमा पुराना ‘खेलाडी’ मैदानबाहिर रहेपनि नयाँ अनुहारबीच घम्साघम्सी

काठमाडाैं  । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending