सुर्खेत । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशबाट एक महिला र एक अन्य क्लस्टरतर्फ निर्वाचन भइरहेको छ। बिहान ९ बजेदेखि मतदान सुरु भएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिएका छन्।
कर्णालीबाट दुई पदका लागि भइरहेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको छ भने नेकपा ९नेकपा० एक्लै चुनावी मैदानमा उत्रिएको छ।
गठबन्धनअनुसार अन्य क्लस्टर कांग्रेसको भागमा परेको छ भने महिला क्लस्टर एमालेले पाएको छ। कांग्रेसबाट अन्य क्लस्टरतर्फ ललितजंग शाही उम्मेदवार बनेका छन्। उनी कांग्रेस कर्णाली प्रदेशका सभापति पनि हुन्। शाही २०७९ सालको प्रदेशसभा निर्वाचनमा पराजित भएका नेता हुन्।
उक्त निर्वाचनमा कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्रबहादुर शाहीले जुम्ला ९क० बाट करिब १ हजार ८ सय मतान्तरले ललितजंग शाहीलाई पराजित गरेका थिए। स्वतन्त्र निर्वाचित भएका देवेन्द्रबहादुर शाही हाल पुन: कांग्रेसमै फर्किएका छन्।
महिला क्लस्टरतर्फ गठबन्धनबाट एमालेकी मिनासिं रखाल उम्मेदवार बनेकी छन्। दैलेखकी रखाल २०७४ सालमा समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्।
यता, नेकपाले भने एक पूर्व माओवादी धार र एक पूर्व समाजवादी धारका नेताहरूलाई उम्मेदवार बनाएको छ। अन्य क्लस्टरतर्फ पूर्व माओवादी धारका बुद्धिप्रसाद शर्मा र महिला क्लस्टरतर्फ पूर्व समाजवादी धारकी अन्जु महतरा ९शाही० उम्मेदवार रहेकी छन्। अन्जु डोल्पाकी हुन् भने शर्मा रुकुम पश्चिमका हुन्। शर्मा माओवादीका पुराना नेता मानिन्छन्।
हाल निर्वाचन हुन लागेको अन्य क्लस्टर साविक माओवादीको कोटामा पर्दछ। सो क्लस्टरबाट तत्कालीन नेकपा रहँदा मायाप्रसाद शर्मा निर्वाचित भएका थिए। यस्तै, महिला क्लस्टरतर्फको सिट एमालेको हो, जहाँ हाल एमालेकी सुमित्रा विसी राष्ट्रियसभा सदस्य छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: