Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

राष्ट्रियसभा चुनाव: गण्डकीमा २२१ मतदाताद्वारा मतदान

खबरडबली संवाददाता

लेखनाथ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी छ। आइतबार दिउँसो २ बजेसम्म दुई सय २१ जनाले मतदान गरेको छन्। प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपाने स्थानीय तहमा एक सय ६५ र प्रदेशसभा सदस्यमध्ये ५६ जनाले मत हालिसक्नुभएको जानकारी दिए।

“मतदान जारी छ। ५६ प्रदेशसभा सदस्य र स्थानीय तहका एक सय ६५ जनाले मतदान गरिसक्नुभएको छ,” उहाँले भन्नुभयो। अब तीन प्रदेशसभा सदस्य र पाँच पालिकाका प्रमुखरउपप्रमुखले मतदान गर्न बाँकी छ। 

प्रदेश निर्वाचन कार्यालय परिसर गण्डकी परिसरमै आइतबार बिहान ९ बजेबाट सुरु भएको मतदान  दिउँसो ३ बजेसम्म चल्नेछ। पालिका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्यका लागि फरक फरक मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान सकिएलगत्तै मतगणना थाल्ने तयारी छ।

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पुर्पक्षका लागि जेलमा रहेकाले मतदान गर्न पाउने अवस्था छैन भने मनाङ एक क्षेत्र रिक्त छ।  राप्रपाले भने मतदानमा भाग नलिने निर्णय गरेको छ। गण्डकीमा राप्रपाका दुई प्रदेशसभा सदस्य छन्। 

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने तत्कालीन नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठ र नेकपा ९एमाले०की भगवती न्यौपानेको पदावधि सकिन लाग्दा यहाँ निर्वाचन भएको हो। गण्डकीमा सत्ता साझेदारी गरिरहेका नेकपा (एमाले) र नेपाली कांग्रेसले चुनावी गठबन्धन गरी संयुक्त रुपमा उम्मेदवार उठाएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनमोर्चा अलग अलग रुपमा प्रतिस्पर्धामा छन्।

एमालेबाट महिला क्लस्टरमा सम्झना देवकोटाको उम्मेदवारी परेको छ। एमाले कांग्रेस गठबन्धनको तर्फबाट कांग्रेसले खुलामा प्राडा जगत् तिमिल्सिनालाई अघि सारेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महिला क्लस्टरबाट नेकपाकी गोमा लुइँटेल घिमिरे र खुलाबाट कपिल लामालाई मैदानमा उतारेको छ। 

राष्ट्रिय जनमोर्चाका खुलामा शंकरप्रसाद बराल र महिलामा लक्ष्मी बाँस्कोटा उम्मेदवार छन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending