Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

बालेनले रास्वपाका उम्मेदवारसँग लिए चुनावी ब्रिफिङ, भने- सरकार हाम्रो बन्दैछ

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग छलफल गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका शाहले उपत्यकाभित्रका उम्मेदवारसँग चुनावी रणनीतिबारे ब्रिफिङ लिएका हुन्।

भेटमा शाहले उम्मेदवारहरूबाट आ–आफ्ना निर्वाचन क्षेत्रको अवस्था, अभियानको प्रगति र चुनौतीबारे जानकारी लिएको सहभागी नेताहरूले बताएका छन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले बालेनले चुनावी अभियानको अपडेट लिएको बताइन्। ‘उहाँले हामीहरूसँग अभियानको प्रगति बारे जानकारी लिनुभयो। चुनावी रणनीतिबारे पनि थोरै छलफल भयो। उहाँले स्पष्ट रूपमा भन्नुभयो—सरकार हाम्रो बन्दैछ, ढुक्क भएर जनताको घर–घरमा जानुस्, समस्या सुन्नुस्,’ कार्कीले भनिन्।

अर्की उम्मेदवार रञ्जु दर्शनाले पनि भेटमा चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन्। ‘उहाँले ढुक्क भएर चुनावी क्याम्पेनमा लाग्नुस् भन्नुभयो। अन्य रणनीतिबारे पनि केही छलफल भयो,’ उनले भनिन्।

त्यस्तै उम्मेदवार राजुनाथ पाण्डेले पनि निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन शाहसँग भेट गरिएको बताए। भेटमा चुनावी रणनीतिबारे छलफल भएको उनको भनाइ छ।

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। रास्वपाका वरिष्ठ नेता शाह भने झापा–५ बाट उम्मेदवारी दिएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशनी मेचे कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। उनी कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार थिइन्। दलित तर्...

कर्णाली प्रदेशका आठ जिल्लामा एमाले र प्रलोपाबीच गठबन्धन

रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम...

रुकुम पूर्व र पश्चिममा एमाले र प्रलोपाबीच चुनावी सहकार्य

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ । यस ...

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।  आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७...

सामाजिक सञ्जालमा भ्रम फैलाउनेमाथि तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेहरूलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल क...

बालेनले रास्वपाका उम्मेदवारसँग लिए चुनावी ब्रिफिङ, भने- सरकार हाम्रो बन्दैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...

सदस्य सन्तोष परियारले गरे विवाह

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...

राष्ट्रियसभा निर्वाचन: ५० प्रतिशतभन्दा बढी मतदान

काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...

निर्वाचन प्रहरीको संख्या कम भएपछि पुन: भर्ना खुल्ला

इलाम। इलामका लागि माग भएको निर्वाचन प्रहरी संख्या कम भएपछि जिल्ला प्रहरी कार्यालय इलामले पुन: दोस्रो पटक भर्ना खोलेको छ ।  जिल्लाका लागि आवश्यक एक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending