काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग छलफल गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका शाहले उपत्यकाभित्रका उम्मेदवारसँग चुनावी रणनीतिबारे ब्रिफिङ लिएका हुन्।
भेटमा शाहले उम्मेदवारहरूबाट आ–आफ्ना निर्वाचन क्षेत्रको अवस्था, अभियानको प्रगति र चुनौतीबारे जानकारी लिएको सहभागी नेताहरूले बताएका छन्।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले बालेनले चुनावी अभियानको अपडेट लिएको बताइन्। ‘उहाँले हामीहरूसँग अभियानको प्रगति बारे जानकारी लिनुभयो। चुनावी रणनीतिबारे पनि थोरै छलफल भयो। उहाँले स्पष्ट रूपमा भन्नुभयो—सरकार हाम्रो बन्दैछ, ढुक्क भएर जनताको घर–घरमा जानुस्, समस्या सुन्नुस्,’ कार्कीले भनिन्।
अर्की उम्मेदवार रञ्जु दर्शनाले पनि भेटमा चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन्। ‘उहाँले ढुक्क भएर चुनावी क्याम्पेनमा लाग्नुस् भन्नुभयो। अन्य रणनीतिबारे पनि केही छलफल भयो,’ उनले भनिन्।
त्यस्तै उम्मेदवार राजुनाथ पाण्डेले पनि निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन शाहसँग भेट गरिएको बताए। भेटमा चुनावी रणनीतिबारे छलफल भएको उनको भनाइ छ।
फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। रास्वपाका वरिष्ठ नेता शाह भने झापा–५ बाट उम्मेदवारी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: