काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा कारबाहीमा परेका नेता हरिबोल गजुरेलको पक्षमा सार्वजनिक धारणा राख्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीलाई संस्थागत ढंगले अघि बढाउन आग्रह गरेका छन्। अन्यथा पार्टी एकीकरण नसकिँदै बिखण्डनतर्फ जान सक्ने गम्भीर चेतावनी उनले दिएका छन्।
सामाजिक सञ्जाल मेटामा सन्देश लेख्दै खनालले केही सीमित व्यक्तिको इच्छाअनुसार ठूला निर्णय हुन थालेको आरोप लगाएका छन्। उनले वरिष्ठ नेता हरिबोल गजुरेललाई स्पष्टीकरण दिने अवसरसमेत नदिई पार्टीबाट निष्कासनजस्तो कठोर कारबाही गरिनु आश्चर्यजनक र अस्वीकार्य भएको बताएका छन्।
खनालले लेखेका छन्, ‘विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसमेत नदिइकन एकाएक सार्वजनिक सञ्चारमाध्यमबाट निर्णय थाहा पाउनु पार्टी जीवनमा गम्भीर समस्या हो।’
आगामी आमनिर्वाचन २०८२ नजिकिँदै गएको र मुलुकविरुद्ध भित्री तथा बाहिरी प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र तीव्र भएको उल्लेख गर्दै खनालले देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूबीच नीतिनिष्ठ र मजबुत एकताको आवश्यकता औंल्याएका छन्।
उनले पार्टी एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि नेकपाभित्र नेतृत्वदायी समिति गठन भई संस्थागत निर्णय प्रक्रिया विकास हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘कम्युनिष्टहरू एकताबद्ध हुने प्रयास भइरहेका बेला त्यसलाई बलियो बनाउनुको सट्टा पार्टीभित्र अधिनायकवादी शैली हाबी हुँदै जानु दुर्भाग्यपूर्ण हो,’ खनालको भनाइ छ।
खनालले हरिबोल गजुरेलमाथिको कारबाही तत्काल स्थगित गर्न, नेतृत्वदायी तहका नेताहरूको आकस्मिक बैठक बोलाउन र घटनाक्रमबारे पार्टीभित्र गम्भीर छलफल तथा समीक्षा गर्न संयोजक प्रचण्डसँग जोडदार माग गरेका छन्। उनले सामूहिक निर्णय र सामूहिक नेतृत्व प्रणाली स्थापित नगरे पार्टीलाई एकीकरणअघि नै बिखण्डनको खतराबाट जोगाउन कठिन हुने चेतावनी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - ०९:२०
काठमाडौँ । दल र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त रहँदा प्रधानमन्त्रीका दावेदारबीच सार्वजनिक बहस आवश्यक छ कि छैन भन्ने बहस भने सामाजिक सञ्जालमा चर्क...
माघ १३ गते, २०८२ - ०९:१३
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा...
माघ १३ गते, २०८२ - ०९:११
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ...
माघ १३ गते, २०८२ - ०९:१०
कांग्रेसलाई एमालेको साथ, नजानिँदो चुनावी गठबन्धन खुलासा
माघ १३ गते, २०८२ - ०८:५५
घुस नखाने, बिचौलियाबाट मुक्त र नैतिकतामा आधारित पार्टीको आवश्यकता छः
माघ १३ गते, २०८२ - ०८:४७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा कारबाहीमा परेका ...
माघ १३ गते, २०८२ - ०८:४३
काठमाडौँ। अमेरिकामा आएको भीषण हिमआँधीले आधुनिक पूर्वाधारमाथि गम्भीर परीक्षा लिएको छ। आइतबारदेखि देशका २० वटा राज्य र राजधानी वासिङ्टन डीसी आपत्कालको अ...
माघ १३ गते, २०८२ - ०८:४०
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा ...
माघ १२ गते, २०८२ - २०:२७
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएका छन् । चैनपुरबाट ...
माघ १२ गते, २०८२ - १८:३०
काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...




प्रतिकृया लेख्नुहोस्: