काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा कारबाहीमा परेका नेता हरिबोल गजुरेलको पक्षमा सार्वजनिक धारणा राख्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीलाई संस्थागत ढंगले अघि बढाउन आग्रह गरेका छन्। अन्यथा पार्टी एकीकरण नसकिँदै बिखण्डनतर्फ जान सक्ने गम्भीर चेतावनी उनले दिएका छन्।
सामाजिक सञ्जाल मेटामा सन्देश लेख्दै खनालले केही सीमित व्यक्तिको इच्छाअनुसार ठूला निर्णय हुन थालेको आरोप लगाएका छन्। उनले वरिष्ठ नेता हरिबोल गजुरेललाई स्पष्टीकरण दिने अवसरसमेत नदिई पार्टीबाट निष्कासनजस्तो कठोर कारबाही गरिनु आश्चर्यजनक र अस्वीकार्य भएको बताएका छन्।
खनालले लेखेका छन्, ‘विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसमेत नदिइकन एकाएक सार्वजनिक सञ्चारमाध्यमबाट निर्णय थाहा पाउनु पार्टी जीवनमा गम्भीर समस्या हो।’
आगामी आमनिर्वाचन २०८२ नजिकिँदै गएको र मुलुकविरुद्ध भित्री तथा बाहिरी प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र तीव्र भएको उल्लेख गर्दै खनालले देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूबीच नीतिनिष्ठ र मजबुत एकताको आवश्यकता औंल्याएका छन्।
उनले पार्टी एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि नेकपाभित्र नेतृत्वदायी समिति गठन भई संस्थागत निर्णय प्रक्रिया विकास हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘कम्युनिष्टहरू एकताबद्ध हुने प्रयास भइरहेका बेला त्यसलाई बलियो बनाउनुको सट्टा पार्टीभित्र अधिनायकवादी शैली हाबी हुँदै जानु दुर्भाग्यपूर्ण हो,’ खनालको भनाइ छ।
खनालले हरिबोल गजुरेलमाथिको कारबाही तत्काल स्थगित गर्न, नेतृत्वदायी तहका नेताहरूको आकस्मिक बैठक बोलाउन र घटनाक्रमबारे पार्टीभित्र गम्भीर छलफल तथा समीक्षा गर्न संयोजक प्रचण्डसँग जोडदार माग गरेका छन्। उनले सामूहिक निर्णय र सामूहिक नेतृत्व प्रणाली स्थापित नगरे पार्टीलाई एकीकरणअघि नै बिखण्डनको खतराबाट जोगाउन कठिन हुने चेतावनी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १३:१२
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जि...
चैत्र १४ गते, २०८२ - १३:०३
काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...
चैत्र १४ गते, २०८२ - ११:५८
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...
चैत्र १४ गते, २०८२ - ०९:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...



प्रतिकृया लेख्नुहोस्: