Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

चुनावले निकास नदिने दाबी गर्दै भूसालद्वारा पुराना र नयाँ दलको आलोचना

घुस नखाने, बिचौलियाबाट मुक्त र नैतिकतामा आधारित पार्टीको आवश्यकता छः

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भूसालले निर्वाचनपछि पनि मुलुकका दुर्दिन तत्काल अन्त्य नहुने चेतावनी दिएका छन्। आन्तरिक राजनीति र भूराजनीतिक दबाबका कारण देश थप जटिल परिस्थितितर्फ धकेलिन सक्ने भन्दै उनले निर्भय भएर बाँच्नसमेत कठिन अवस्था आउन सक्ने बताएका छन्।

भिडियो सन्देशमार्फत भूसालले भने, ‘चुनावपछि पनि आन्तरिक राजनीति र भूराजनीतिले हामीमाथि थप चुनौती खडा गर्नेछ। त्यसैले शान्त र सजग भएर ती चुनौती सामना गर्न सक्ने अवस्थामा रहनु आवश्यक छ।’

उनले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको सन्दर्भ उठाउँदै नयाँ र पुराना दुवै दलको कडा आलोचना गरे। ‘पुराना दल सबै खराब भन्नेहरू र आफ्नै नालायकी छोप्न निर्वाचनमा होमिएर जनताको असन्तुष्टि झन् बढाउनेहरू दुवै गलत बाटोमा छन्,’ भूसालले भने।

भदौ २३ गते बानेश्वर पुगेपछि आन्दोलनको नेतृत्व अरूको हातमा गएको र यही कारण भदौ २४ गते प्रधानमन्त्री भाग्न बाध्य भएको उनको दाबी छ। उनका अनुसार पर्दापछाडि पुराना शक्तिहरूले राज्यलाई बन्धक बनाउँदा जनताको आक्रोश जेन्जी आन्दोलनको आवरणमा देखिएको हो। ‘तर आन्दोलनसमेत अरूको कब्जामा पर्‍यो,’ उनले टिप्पणी गरे।

भूसालले नालायकी लुकाएर जनतालाई फेरि झुक्याउँदै चुनाव जित्ने पुरानाको अभियानले देशलाई निकास नदिने बताएका छन्। यसमा भूराजनीतिक खेल खेल्ने शक्तिहरूको स्वार्थ थपिएको उनको आरोप छ। ‘देशमा आगो लगाउने आन्दोलन नेपाली नागरिकको स्वाभाविक चाहना होइन,’ उनले भने।

उनले चेतावनी दिँदै भने, ‘कुनै बेला एउटा ‘जखम’ आउँछ र सबै ठिक पार्छु भनेर फेरि जनतालाई झुक्याइन्छ। भित्री यथार्थ बुझ्न नपाउँदै हामीलाई अर्कै दिशामा जकडिइसकिएको हुन्छ। अहिले यही भइरहेको छ।’

सत्ताको सबै सुविधा र शक्ति हातमा हुँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचौलियातन्त्रसँग लड्न नसकेको कारण दुवैले ठूलो राजनीतिक क्षति बेहोरेको भूसालको भनाइ छ। ‘सत्ताको कुलत कति खतरनाक हुन्छ भन्ने उदाहरण शेरबहादुर देउवा हुन्,’ उनले थपे।

हालको राजनीतिमा ओली र प्रचण्ड असफल भए पनि उनीहरू राजनीतिको केन्द्रमा रहेकै बेला विचार, सिद्धान्त, इतिहास र समाजसँग बेखबर रवि लामिछाने र बालेन्द्र शाहको उदय भएको भूसालको टिप्पणी छ। ‘उनीहरूको शब्दकोशमा कुशासन र सुशासन छैन। देश बनाउँछु भन्छन्, तर कसरी बनाउने भन्ने उत्तर छैन,’ उनले भने।

नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै भूसालले भने, ‘देउवाको नालायकी बोकेर जनताको घरघर जाने दासताबाट कांग्रेस मुक्त त भयो, तर गगन थापा र विश्वप्रकाश शर्मा पनि बिचौलिया र दलालतन्त्र चिन्छन्, तर त्यसको खुलेर विरोध गर्दैनन्।’

अन्त्यमा उनले मुलुकलाई अहिले घुस नखाने, बिचौलियाबाट मुक्त र नैतिकतामा आधारित पार्टीको आवश्यकता रहेको उल्लेख गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वको परीक्षा बहसमा कि भोटमा ? ओली–बालेनकाे विषयले ततायो सामाजिक सञ्जाल

काठमाडौँ । दल र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त रहँदा प्रधानमन्त्रीका दावेदारबीच सार्वजनिक बहस आवश्यक छ कि छैन भन्ने बहस भने सामाजिक सञ्जालमा चर्क...

रवि लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा...

स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, सुपर सिक्सको आशा जीवित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ...

मनाङमा चुनावी ट्विस्ट : कांग्रेसका लागि एमाले–राप्रपा एकैठाउँ

कांग्रेसलाई एमालेको साथ, नजानिँदो चुनावी गठबन्धन खुलासा

चुनावले निकास नदिने दाबी गर्दै भूसालद्वारा पुराना र नयाँ दलको आलोचना

घुस नखाने, बिचौलियाबाट मुक्त र नैतिकतामा आधारित पार्टीको आवश्यकता छः

हरिबोल गजुरेलमाथिको कारबाहीप्रति झलनाथ खनालको आपत्ति, प्रचण्डलाई पार्टी संस्थागत बनाउन चेतावनी

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा कारबाहीमा परेका ...

हिउँले थिचिएको अमेरिका: २० राज्यमा आपत्काल, १० लाख घर अन्धकारमा

काठमाडौँ। अमेरिकामा आएको भीषण हिमआँधीले आधुनिक पूर्वाधारमाथि गम्भीर परीक्षा लिएको छ। आइतबारदेखि देशका २० वटा राज्य र राजधानी वासिङ्टन डीसी आपत्कालको अ...

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहनेछ मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा ...

संखुवासभामा जीप दुर्घटना : दुईजनाको मृत्यु, तीन घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएका छन् ।   चैनपुरबाट ...

पर्यटक र बीमा ठगीको जालो: ‘फेक रेस्क्यू’ काण्डमा ६ ट्राभल व्यवसायी पक्राउ

काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending