Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

दोस्रो पटक ४९३ जनाले दिए निर्वाचन प्रहरीमा आवेदन

खबरडबली संवाददाता

धनकुटा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा पुन: दोस्रो पटक ४९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । यस अगाडि दरखास्त आह्वान गरिएको अवधिमा मागअनुसार आवेदन नपरेपछि पुन: दोस्रो पटक निर्वाचन प्रहरीको आवेदन माग गरिको हो ।

धनकुटामा जम्मा एक हजार ८५ जना निर्वाचन प्रहरी कोटा निर्धारण गरिएको थियो । सरकारले पुस २५ गतेबाट माघ १ गतेसम्मका लागि निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो । उक्त अवधिमा धनकुटामा जम्मा आठ सय ७६ जनाको मात्रै आवेदन परेको थियो । आवश्यक कोटा अनुसार आवेदन नपरेपछि पुन: दोस्रो पटक निर्वाचन प्रहरीका लागि माघ १० र ११ गते आवेदन म्याद थप गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी इन्सपेक्टर किशोर तामाङका अनुसार यस अगाडि दरखास्त आह्वान गरिएको अवधिमा माग अनुसार आवेदन नपरेपछि पुन: दोस्रो पटक दरखास्त खुलाइएको बताए। उनका अनुसार ७६ जना निर्वाचन प्रहरी अपुग भएपछि दोस्रो पटक आवेदन माग गर्दा ४९४ जनाले आवेदन दिएका बताए। निर्वाचन प्रहरीका लागि आवेदन दिएपछि सोमबारबाट छनोट प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ

दरखास्त आवेदनका लागि जिल्ला प्रहरी कार्यलय धनकुटा, सशस्त्र प्रहरी बल नं। ६ गुल्म हे।क्वा। छिन्ताङ धनकुटा, इलका प्रहरी कार्यालय छिन्ताङ तथा इलका प्रहरी कार्यालय राजारानी धनकुटामा दिन सकिने व्यवस्था रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एरिकालाई विश्व कराँते प्रिमियर लिगमा रजत पदक

काठमाडौँ । नेपालकी कराँते स्टार एरिका गुरुङले डब्लूकेएफ कराँते वान प्रिमियर लिगमा रजत पदक जितेको छ ।  टर्कीको इस्तानबुलमा आइतबार राति भएको प्रतियोग...

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमश: आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएको छन्  ।  ७४औ...

स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। सोमबार भएको समूह चरणको अन्तिम ख...

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन...

धादिङमा माटोको ढिस्कोले पुरिएर घाइते दुई जनाको उद्धार

धादिङ। धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको स...

सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रु...

निर्वाचनको सुरक्षा रणनीतिबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा जारी बैठकमा आगामी फागुन २१ गते हुने प्रत...

इन्द्रसरोवर तालमा पानी बोक्ने गाडी खस्यो

हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर पानी बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ । कल...

दोस्रो पटक ४९३ जनाले दिए निर्वाचन प्रहरीमा आवेदन

धनकुटा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा पुन: दोस्रो पटक ४९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । यस अगाडि दरखा...

सल्यानमा दुई दिन विद्युत् अवरुद्ध हुने

सल्यान। सल्यानमा दुई दिन विद्युत अवरुद्ध हुने भएको छ । विद्युतको पोल स्थानान्तरण तथा लाइन सुदृढीकरण गर्नु पर्ने भएकाले दुई दिन विद्युत् अवरुद्ध हुने स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending