काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हुने चुनावमा फेरि उम्मेदवार बनेका छन् ।
२०७९ सालको निर्वाचनमा माओवादीले १६५ निर्वाचन क्षेत्रमध्ये १८ सिट जितेको थियो । तर अघिल्लो निर्वाचनमा निर्वाचित भएका रुकुम पश्चिमका जनार्दन शर्मा र भोजपुरका सुदन किराती भने यसपटक नेकपाबाट बाहिरिएका छन् ।
शर्मा र किराती दुवै अहिले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध छन् । शर्मा यसपटक पनि आफ्नै साविक निर्वाचन क्षेत्र रुकुम पश्चिमबाट उम्मेदवार बनेका छन् भने उनलाई एमालेको समर्थन छ । प्रलोपा अध्यक्ष मण्डलका अध्यक्ष किरातीले भने निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
यी उम्मेदवार दोहोरिए
नेकपाबाट दोहोरिने उम्मेदवारहरूमा अमनलाल मोदी (मोरङ–४), महिन्द्र राय यादव (सर्लाही–२),लेखनाथ दाहाल (सिन्धुली–२), हितबहादुर तामाङ (नुवाकोट–१),माधव सापकोटा (सिन्धुपाल्चोक–१) रहेका छन् ।
यस्तै पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व–१ बाट उम्मेदवार बनेका छन् । प्रचण्ड अघिल्लो निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए ।
अन्य दोहोरिने उम्मेदवारमा देवेन्द्र पौडेल (बागलुङ–२), वर्षमान पुन (रोल्पा–१), महेन्द्रबहादुर शाही (कालीकोट–१), शक्तिबहादुर बस्नेत (जाजरकोट–१),छन् । यी सबै उम्मेदवारहरू साविक निर्वाचन क्षेत्रबाटै मैदानमा उत्रिएका हुन् ।
टिकट नपाउने पुराना सांसद
२०७९ मा निर्वाचित भएका गंगा कार्की, सूर्यमान दोङ, रामकुमार राई, पूर्णबहादुर घर्ती, रेखा शर्मा र छिरिङ डम्डुल लामा भोटेले यसपटक टिकट पाएनन् । अघिल्लो निर्वाचनमा कार्की (दोलखा–१), दोङ (काभ्रे–१), राई (खोटाङ–१), घर्ती (रुकुम पूर्व–१), शर्मा (दाङ–२) र लामा भोटे (हुम्ला–१) बाट निर्वाचित भएका थिए ।
यसपटक घर्तीको क्षेत्रमा प्रचण्ड, दोङको स्थानमा दिनानाथ गौतम, राईको क्षेत्रमा हरि रोका उम्मेदवार बनेका छन् । यस्तै दाङ–२ मा निर्मल आचार्य र हुम्ला–१ मा डा. दीपेन्द्र रोकायालाई उम्मेदवार बनाइएको छ ।
समानुपातिक सांसद पनि दोहोरिएनन्
२०७९ मा समानुपातिक प्रणालीबाट निर्वाचित १४ सांसदलाई समेत नेकपाले यसपटक दोहोर्याएको छैन । तीमध्ये केही नेताहरू अहिले अन्य दलमा सक्रिय छन् भने केही राजनीतिबाटै अलग भएका छन् ।
एक्लै मैदानमा नेकपा
२०७४ मा एमाले र २०७९ मा कांग्रेससँग चुनावी सहकार्य गरेको माओवादी यसपटक भने एक्लै चुनावी मैदानमा उत्रिएको छ । एकीकृत समाजवादीलगायत २० वटा वामपन्थी घटक मिलेर बनेको नेकपाले देशभर १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १३:०३
काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...
चैत्र १४ गते, २०८२ - ११:५८
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...
चैत्र १४ गते, २०८२ - ०९:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...



प्रतिकृया लेख्नुहोस्: