Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

लमजुङमा चुनावी मैदान तात्यो: पृथ्वीसुब्बा गुरुङलाई कांग्रेस–रास्वपाकाे चुनौती

खबरडबली संवाददाता

लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्ने हेवीवेट उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई यस पटक नेपाली कांग्रेसका गमप्रसाद गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसीले चुनौती दिने भएका छन्।

२०७४ र २०७९ को निर्वाचनमा गठबन्धन भएको लमजुङमा, २०७९ मा गुरुङले एमालेको समानुपातिक मतभन्दा करिब ३ हजार ७ सय बढी लोकप्रिय मत ल्याएर विजयी हासिल गरेका थिए  यसपटक भने एमाले एक्लै मैदानमा रहेको छ, जसले गुरुङको जितलाई अझ सहज बनाउने अनुमान गरिएको छ।

गुरुङका मुख्य प्रतिस्पर्धीमध्ये, कांग्रेसका गमप्रसाद गुरुङ पहिलो पटक चुनावी मैदानमा रहेका छन् भने रास्वपाका धर्मराज केसी दोस्रो पटक मैदानमा उत्रिएका छन्। उनीहरूले मतदातालाई नयाँ विकल्प दिने दाबी गरेका छन्। नेकपा (एमाले) का अध्यक्ष राजकुमार विष्टले भने, “पृथ्वीसुब्बा गुरुङले २०७९ मा देखाएको लोकप्रियताले अहिले एक्लै चुनाव लड्दा पनि जीत सहज देखिन्छ।” 

यसैबीच, युवा उम्मेदवार हरिजंग तामाङ पनि नेकपाको तर्फबाट मैदानमा रहेका छन्। उनीहरूको दाबी छ कि यसपटक जनताको चाहना युवा नेतृत्वमा केन्द्रित छ। लमजुङको चुनावी सूचीमा कुल १२ उम्मेदवार छन्। यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, माओवादी, श्रम संस्कृति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, जनादेश पार्टी, नेश्नल रिपब्लिक पार्टीका उम्मेदवारहरू साथै स्वतन्त्र उम्मेदवार पनि छन्।

जिल्लामा कुल १ लाख ३७ हजार १२४ मतदाता छन्, जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० रहेका छन्। गत निर्वाचनको तुलनामा मतदाताको संख्या ३ हजार बढी बढेको छ।

पृथ्वीसुब्बा गुरुङले भने, “मैले सुरु गरेका विकास निर्माणका काम अझै अधुरा छन्। ती पूरा गर्न र लमजुङको समग्र विकासमा योगदान दिन यो उम्मेदवारी रहेको हो।”

लमजुङको चुनावी रणभूमि यसरी तातिरहेको छ, जहाँ अनुभवी नेता, नयाँ प्रतिस्पर्धी र युवा उम्मेदवारबीच रोचक भिडन्तको दृश्य बनिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमको विन्टर अफर २०८२: ग्राहकका लागि विभिन्न प्याकेजसहित आकर्षक सुविधा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...

१३ वर्षदेखि नेपालमा भिसा दुरुपयोग: व्यवसाय नभएका चिनियाँ नागरिक पक्राउ

काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...

विराटनगर रानीबाट ८ थान मोबाइल फेला, लिन आउन प्रहरीको अनुरोध

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...

लमजुङमा चुनावी मैदान तात्यो: पृथ्वीसुब्बा गुरुङलाई कांग्रेस–रास्वपाकाे चुनौती

लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...

नेकपा पुरानै अनुहारले कब्जा, प्रचण्ड मैदान फर्किए, शर्मा–किराती पार्टीबाहिर

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...

विद्यालय हाताभित्रै बसको ठक्कर, चार वर्षीया बालिकाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...

सरकारी स्रोत दुरुपयोग रोक्न आयोगको कदम, खर्च अनुगमन अधिकृत तोकिए

 काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...

जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...

मधेशलाई आत्मसात् नगरेसम्म नेपाली पहिचान अधूरो हुन्छ : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending