नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३५ जना अझै बेपत्ता छन् । भागेकामध्ये ४३ जनालाई पक्राउ गरेर फिर्ता ल्याइएको बाल सुधारगृहले जनाएको छ ।
नौबस्स्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी भागेकोमा हालसम्म ४३ जना पक्राउ परेको बताए।
उहाँले अझै ३५ जना बालबन्दी फरार रहेकोले उनीहरुको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको जानकारी प्रहरीले गराएको बताए।
फरार भएका बालबन्दी लगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधार गृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो । तर सो समयसीमा सकिएको लामो समय बिते पनि अझै पनि ३५ जना बालबन्दीहरु पक्राउ नपरेको र उनिहरुको अवस्था अज्ञात रहेको नौबस्ता बाल सुधार गृहले जनाएको छ ।
भदौ २४ गते देशभरिका अधिकांश कारागार र बालसुधार गृहबाट कैदी बन्दी भागेका थिए । सोही समयमा नौबस्ता बालसुधार गृहबाट पनि ७८ जना बालबन्दी भागेका थिए ।
नौबस्ता बालसुधार गृहबाट प्रहरीमाथि आक्रमण गरेर बालबन्दी भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्ती मगर, बाँकेका २० वर्षीय समिर थापा, दैलेखका २१ वर्षीय भुपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरेर पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - १६:५५
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पुरानै पार्टीहरूबीच नै प्रतिस्पर्धा हुने बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आय...
माघ १४ गते, २०८२ - १६:४१
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको जनाएको छ। यसपटक १०६ जना नयाँ उम्...
माघ १४ गते, २०८२ - १६:१८
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालत मौन रहेकोमा आलोचना गरेका छन्।...
माघ १४ गते, २०८२ - १६:१०
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गर्न देशी तथा विदेशी शक...
माघ १४ गते, २०८२ - १५:५९
काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको छ। बजार ओरालो लाग्दा पनि दिनभरि ३३३ कम्पनीका से...
माघ १४ गते, २०८२ - १५:४१
मङ्गोलिया। मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी...
माघ १४ गते, २०८२ - १५:३१
काठमाडौँ । चीनको युनान यूथ महिला टोलीसँग मैत्रीपूर्ण खेलका लागि नेपाली महिला यू–२० टोलीको २३ सदस्यीय अन्तिम टोली घोषणा गरिएको छ। खेल माघ १७ गते दशरथ र...
माघ १४ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३५ जना अझै बेपत्ता छन् । भागे...
माघ १४ गते, २०८२ - १५:०४
नेपालगन्ज। भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिंदैछ । जिल्लाका आठवट...
माघ १४ गते, २०८२ - १४:३३
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताएको छन्। मङ्गलबार बिहान सर्लाहीको बलरा न...




प्रतिकृया लेख्नुहोस्: