विराटनगर । कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियानको औपचारिक सुरुवात गर्छन् । अघिल्लो वर्ष इलाम–१ को उपनिर्वाचनका क्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म लारुम्बा पुगेका थिए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि दिवंगत एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङसम्मका शीर्ष नेताहरूले चुनावी ‘जित सुनिश्चित’ गर्न लारुम्बा पुग्ने परम्परा दशकौँदेखि कायम छ । एमाले अध्यक्ष केपी शर्मा ओली त हरेक वर्ष नै धर्मगुरुसँग आशीर्वाद लिन लारुम्बा जाने गरेका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनका बेला ओली पूर्वसभामुखसहित त्यहाँ पुगेका थिए ।
यसै क्रममा झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह धर्मगुरु आत्मनन्दको ‘चरण’मा पुगेका छन् । आठौँ पटक सोही क्षेत्रबाट उम्मेदवार बनेका ओलीभन्दा अघि नै बालेन्द्रले लारुम्बा पुगेर भेटघाट पूरा गरेपछि राजनीतिक वृत्तमा थप चासो पैदा भएको छ ।
माङ्सेबुङ–लारुम्बा क्षेत्रलाई राजनीतिकर्मीहरूको तीर्थस्थलजस्तै मानिन्छ । धर्मगुरु आत्मनन्द लिङ्देनको आशीर्वाद लिनु यहाँको चुनावी संस्कृतिको अघोषित तर निरन्तर अभ्यास बनेको छ । अब यही परम्परामा बालेन्द्र पनि नयाँ हिस्सेदार बनेका छन् ।
लारुम्बा लामो समयदेखि पूर्वी पहाडको राजनीतिक परम्परामा एक महत्त्वपूर्ण ‘धार्मिक शक्ति केन्द्र’को रूपमा स्थापित छ । स्थानीय समुदाय, धार्मिक आस्था र चुनावी मनोविज्ञानबीचको सम्बन्ध यति गहिरो छ कि उम्मेदवारहरूका लागि धर्मगुरुसँगको भेटघाट चुनावी अभियानको अनौपचारिक शुभारम्भसरह मानिन्छ ।
किरात धर्मगुरु आत्मनन्द लिङ्देनका अनुयायी इलामका फाकफोकथुम, माङ्सेबुङ, माई, देउमाई र चुलाचुलीमा मात्र सीमित छैनन् । उनीहरूको प्रभाव झापा–५ मा पनि उल्लेख्य छ, जहाँ यसपटक पूर्वप्रधानमन्त्री ओली र बालेन्द्र शाह आमनेसामने छन् ।
यही प्रभावका कारण दशकौँदेखि यस क्षेत्रमा चुनाव लड्ने प्रमुख नेताहरू लारुम्बा पुगेर आशीर्वाद लिने परम्परालाई ‘चुनावी शुभ संकेत’को रूपमा लिँदै आएका छन् । विशेषतः ओली त हरेक पटक उम्मेदवार बन्दा लारुम्बा पुग्ने गरेका छन् ।
यसपटक भने ओलीलाई बालेन्द्रले ‘उछिने’का छन् । झापा–५ मा मनोनयन दर्ता गरेकै दिन बालेन्द्र लारुम्बा पुगेर धर्मगुरुसँग भेटघाट गरेका थिए । भेटका क्रममा उनले भनेका थिए,
‘आशीर्वाद लिन आएको हुँ, देशको सेवा गर्न पाऊँ ।’
जवाफमा धर्मगुरु आत्मनन्दले भने, ‘प्रधानमन्त्री भएर मेरो घरमा आउनू ।’
कोशी प्रदेशको नामकरणका कारण पहिचानवादी समुदायमा अझै असन्तोष कायम छ । किरात समुदाय विशेषतः असन्तुष्ट देखिन्छ । धर्मगुरु आत्मनन्द स्वयंले पनि नामकरण प्रक्रियाप्रति आलोचनात्मक धारणा सार्वजनिक गर्दै आएका छन् । यस्तो पृष्ठभूमिमा बालेन्द्रको लारुम्बा यात्रा र धर्मगुरुसँगको निकटता राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।
झापा–५ मा उम्मेदवारी दर्तापछि बालेन्द्र लारुम्बामै सीमित रहेनन् । उनी ताप्लेजुङको पाथिभरा र त्यसअघि जनकपुरको राम–जानकी मन्दिर पुगेर पनि दर्शन गरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १३:०३
काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...
चैत्र १४ गते, २०८२ - ११:५८
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...
चैत्र १४ गते, २०८२ - ०९:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...



प्रतिकृया लेख्नुहोस्: