Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रतिनिधिसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

खबरडबली संवाददाता

काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिले माग गरेका छन् ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मंगलबार आयोजना गरेको निजी क्षेत्रका छाता संस्थाहरूसँगको अन्तरक्रियामा सहभागी वक्ताहरूले निर्वाचन आचारसंहिता पालना भएमात्र स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपामा निर्वाचन हुने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निर्वाचन आचारसंहिताको पूर्णपालना गराउन अनुगमनमा कडाइ गर्नुपर्ने र आचारसंहिता उल्लङ्घन भएको पाइएमा तत्काल कारबाहीको व्यवस्था गर्नुपर्ने सुझाव दिए । 

उद्योग क्षेत्रलाई व्यवस्थित निष्पक्ष र लगानीमैत्री बनाउन स्पष्ट सीमा र पारदर्शी लेखा प्रणाली आवश्यक भएको उनको विचार थियो । निर्वाचन आचारसंहिता पालना र मतदाता शिक्षाको लागि उद्योग क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको पनि अध्यक्ष अग्रवालले जानकारी गराए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व आवश्यक भएको बताए ।निर्वाचन सम्पन्न गराएर स्थिर सरकार बनाउन आवश्यक रहेको उनको धारणा थियो । निर्वाचनमा उम्मेदवारहरूले खर्च विवरण लिँदा पारदर्शी रूपमा बैंकबाटै कारोबार गर्ने व्यवस्था राम्रो भएकाले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन पनि उनले माग गरे ।

उद्योग वाणिज्य महासङ्घको केन्द्र र सबै शाखाहरूबाट पनि निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा प्रचारप्रसार गरेर निर्वाचन सम्पन्न गराउन आयोगलाई सहयोग गर्ने प्रतिबद्धता वरिष्ठ उपाध्यक्ष श्रेष्ठको थियो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै मतदाता शिक्षामा आयोगले अझ ध्यान दिनुपर्ने सुझाव दिए।

त्यसका लागि आयोगलाई आवश्यक सहयोग गर्न आफूहरू पनि तयार रहेको उनले बताउए । बदलिँदो परिस्थितिमा निर्वाचन हुन्छ हुँदैन भन्ने अन्योलबीच निर्वाचन हुन्छ भन्ने वातावरण आयोगले बनाएकोमा उहाँले खुसी व्यक्त गरे । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले निर्वाचनको समयमा हवाई तथा स्थलमार्गबाट नेपाल भित्रने पर्यटकलाई होटल तथा गन्तव्यसम्म पुग्नका लागि सहज वातावरण बनाउने गरी सहयोग गर्न आयोगलाई आग्रह गरे ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि अन्तरराष्ट्रिय जगत्मा नै नेपालमा शान्ति पूर्ण रूपमा निर्वाचन हुन सक्दैन भन्ने भ्रम रहेको भन्दै उहाँले त्यस्तो किसिमका भ्रमलाई गलत सावित गर्नको लागि पनि निर्वाचनको समयमा आउने पर्यटकको उचित व्यवस्थापन आवश्यक रहेको र त्यसतर्फ आयोगले पनि आवश्यक सहयोग गर्न आग्रह गरे । निर्वाचनको समयमा आवश्यक सहयोग र समन्वय गर्न आफूहरू तयार रहेको पनि उनले जानकारी गराए ।

रेष्टुराँ तथा बार एसोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका विषयमा आयोगलाई आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले निर्वाचनको समयमा नेपाल आउने पर्यटकलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले सहजीकरण गर्नुपर्ने बताए ।

निर्वाचनसम्बन्धी सकारात्मक सूचना विश्व बजारमा पुर्‍याउन पर्यटन व्यवस्थापन आवश्यक भएको उनले सुनाए। निर्वाचन आचारसंहिता पालनामा संस्थाको फेसबुक एवं वेबसाइटमार्फत सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग भएको र समुदायलाई असर हुनेगरी ध्वनि प्रदूषण भएको विषयप्रति आयोगको ध्यानाकर्षण गराए । साथै निर्वाचन आचारसंहिता पालनालगायत निर्वाचनसँग सम्बन्धित विषयमा सम्पूर्ण जिल्ला कार्यालय र वेबसाइटमार्फत सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।

नेपाल उद्योग परिसङ्घका महानिर्देशक घनश्याम भुसालले सातै प्रदेश र जिल्लामा निर्वाचन आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महिला उद्यमी महासङ्घका मल्लिका श्रेष्ठले मतपत्रको नमूना निकाल्न राजनीतिक दललाई दिँदा राजनीतिक दलहरूले आफ्नो निर्वाचन चिह्नमा छाप लगाएको मतपत्र मतदातासमक्ष देखाउने गरेको जसको कारण केही मतदाता अन्योलमा समेत पर्ने गरेकाले आयोगले नै मतपत्रको नमूना निकाल्नुपर्ने सुझाव दिइन्।

निर्वाचनको समयमा महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रयोग गर्न आग्रह गरिन् । उनले महिलाहरूको लागि निर्वाचनसम्बन्धी चेतनामूलक कार्यक्रम आवश्यक रहेको पनि बताइन् । सो अवसरमा आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचनको तयारी र हालसम्म भए गरेका कामका बारेमा प्रस्तुति गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको गिरफ्तारीपछि दलहरूसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जि...

एमालेले जनसंगठनलाई सडकमा उतार्ने

काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...

ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...

ओेली-लेखक पक्राउ: सांसद अभिमुखिकरण कार्यक्रमपछि औपचारिक धारणा ल्याउने कांग्रेसको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...

ओली र लेखक पक्राउपछि गृहमन्त्री गुरुङको प्रतिक्रिया: “अब देशले नयाँ दिशा लिनेछ”

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...

राजनीति र कानुनी लडाइँ लड्न तयार छुः पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...

ओली-लेखकलाई दिइएकाे पक्राउ पुर्जीमा ज्यानसम्बन्धी कसुरकाे आराेप

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending