Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भोट माग्ने दौडमा बाचा लुकाउने राजनीति, चुनाव आउन ३७ दिन बाँकी हुँदा घोषणापत्र अझै अन्योलमा

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लेटफर्ममार्फत प्रचार–प्रसार चलिरहेको छ । तर दलीय लोकतन्त्रमा अत्यन्तै महत्त्वपूर्ण मानिने एउटा पक्षमा भने प्रमुख दलहरू गम्भीर देखिँदैनन् ।  चुनावी घोषणापत्र सार्वजनिक गर्ने विषयमा ।

२१ फागुनमा हुने निर्वाचनका लागि अब ३७ दिन मात्र बाँकी रहँदा पनि प्रमुख राजनीतिक शक्तिहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन् । यसले मतदातालाई उम्मेदवार र दलबीच तुलना गर्ने मुख्य आधार नै उपलब्ध गराएको छैन । जबकि चुनावी तयारीका लागि दलहरूसँग पर्याप्त समय थियो ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले करिब ६ महिनाको समयसीमा तोकेर निर्वाचनको घोषणा गरेको थियो । यो अवधि घोषणापत्र तयार पार्न र सार्वजनिक गर्न पर्याप्त मानिन्छ । तर दलहरू अझै ‘मस्यौदा’मै अड्किएका छन् ।

घोषणापत्र ढिलो हुँदा मतदातालाई उम्मेदवारहरूबीच तुलना गर्न कठिन हुनेमा स्वयं नेताहरू पनि असहमत छैनन् । राजनीतिक विश्लेषक सौगात गौतम घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गर्नु राम्रो संकेत नभएको बताउँछन् ।
‘घोषणापत्र जति छिटो सार्वजनिक हुन्छ, त्यति नै राम्रो,’ गौतम भन्छन्, ‘ढिला भयो भने जनतासँग त्यसलाई गम्भीर रूपमा मूल्याङ्कन गर्ने समय नै हुँदैन ।’

घोषणापत्र ढिलाइप्रति सामाजिक सञ्जालमा पनि आलोचना सुरु भएको छ । जेनजी अभियन्ता रक्षा बमले दलहरूलाई तत्काल घोषणापत्र सार्वजनिक गर्न आग्रह गरेकी छन् । ‘हामी तपाईंहरूको घोषणापत्र पढ्न चाहन्छौँ,’ उनले लेखेकी छन्, ‘संसदमा पुगेपछि तपाईं के गर्नुहुन्छ र तपाईंको नीति कस्तो हुन्छ भन्ने आधारमै जनताले मत दिन्छन् ।’

लेखिका सृजना पोखरेलले पनि कटाक्ष गर्दै लेखेकी छन्, ‘खै ! हिजोको दम्भ र आजको अनुहारले नै पुग्ने त होला । घोषणापत्र त कसैलाई नचाहिने रहेछ । जसले विगत हेरेर भोट दिनू भन्छन्, उनीहरूको विगत हेरिसक्नु छैन । जसको विगत छैन, केवल परिचयात्मक भिडियो हेरेर भोट दिनू ? तपाईं ब्युटी पेजेन्टको प्रतिस्पर्धी हो ?’

यसबीच दलहरूले भने आ–आफ्नो तयारीको तर्क प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसका नेताहरू घोषणापत्र लेखन कार्य प्रारम्भिक चरणमै रहेको बताउँछन् । कांग्रेस सभापति गगन थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेलका अनुसार विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श भइरहेको छ ।

‘हामी अहिले प्रारम्भिक चरणमै छौं,’ पौडेल भन्छन्, ‘सामान्यतया घोषणापत्र निर्वाचनभन्दा करिब एक महिना अघि सार्वजनिक हुन्छ, त्यसैले ढिलो भएको होइन ।’ सभापति थापा चुनावी अभियानबाट फर्किएपछि बैठक बसेर घोषणापत्र सार्वजनिक गर्ने मिति तय हुने उनले बताए । कांग्रेसको घोषणापत्र मस्यौदा तयारीको नेतृत्व स्वयं गगन थापाले गरिरहेका छन् ।

नेकपा एमाले भने घोषणापत्र सार्वजनिक गर्ने अन्तिम चरणमा पुगेको बताउँछ । प्रचार विभाग संयोजक मीनबहादुर शाहीका अनुसार केही विषयमा आन्तरिक छलफल बाँकी रहेकाले त्यसपछि घोषणापत्र सार्वजनिक गरिनेछ । ‘हामी सकेसम्म चाँडो सार्वजनिक गर्ने तयारीमा छौं,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने १ फागुनमा घोषणापत्र सार्वजनिक गर्ने योजना बनाएको छ । प्रवक्ता मनिष झाले प्रदेशस्तरका सुझाव र फिल्ड अध्ययनबाट प्राप्त निष्कर्ष समेटिँदै रहेको जानकारी दिए ।

उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा क्रान्तिशिखा धिताल, नन्दन यादव, राम गुरुङ र अरनिको पाँडेसहितको टोलीले घोषणापत्र मस्यौदा तयार गरिरहेको छ । घोषणापत्र लेखनमा संलग्न केन्द्रीय सदस्य क्रान्तिशिखा धितालका अनुसार यसपटक असम्भव र उग्र घोषणा होइन, कार्यान्वयन गर्न सकिने व्यावहारिक बाचा प्रस्तुत गरिनेछ ।

‘युवा भावना, शिक्षा, स्वास्थ्य, रोजगारी र पूँजी निर्माणलाई केन्द्रमा राखेर घोषणापत्र तयार हुँदैछ,’ उनले भनिन् । तर निर्वाचन नजिकिँदै जाँदा पनि घोषणापत्र नआउनुले मतदातालाई अन्योलमा पारेको यथार्थलाई भने दलहरूले अस्वीकार गर्न सकेका छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको गिरफ्तारीपछि दलहरूसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जि...

एमालेले जनसंगठनलाई सडकमा उतार्ने

काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...

ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...

ओेली-लेखक पक्राउ: सांसद अभिमुखिकरण कार्यक्रमपछि औपचारिक धारणा ल्याउने कांग्रेसको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...

ओली र लेखक पक्राउपछि गृहमन्त्री गुरुङको प्रतिक्रिया: “अब देशले नयाँ दिशा लिनेछ”

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...

राजनीति र कानुनी लडाइँ लड्न तयार छुः पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...

ओली-लेखकलाई दिइएकाे पक्राउ पुर्जीमा ज्यानसम्बन्धी कसुरकाे आराेप

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending