कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीवन बिताइरहेका छन्। चुनाव आउँछ, नेता आउँछन्, आश्वासन बाँडिन्छ । तर लालपुर्जा कहिल्यै आउँदैन।
जयबहादुर रोकायाजस्ता पीडितका लागि राज्य एउटा नक्सामा मात्रै देखिने संरचना बनेको छ । बुढेसकालमा ९० वर्षीया आमासँग ढक्काको छाप्रामा बस्दै गर्दा उनका छोराछोरी भारत र विदेशमा मजदुरी गरिरहेका छन् । घर छैन, जग्गा छैन, राज्यसँग कागज मात्रै छन् ।
२०५८ सालमा संकटकालको आडमा सेनाले बल प्रयोग गरेर कञ्चनपुरका बस्तीहरू उठाउँदा विस्थापित भएका २ हजार ४७३ परिवार अझै “आन्तरिक शरणार्थी” कै जीवन बाँचिरहेका छन् । राज्यले बनाएको ३४ वटा आयोग, खर्च भएको करिब एक अर्ब रुपैयाँ, तर समाधान शून्य।
आज उनीहरू कञ्चनपुरको भगतपुर क्षेत्रमा ३०० भन्दा बढी टहरामा बसिरहेका छन् । जाडोमा शीत, गर्मीमा लामखुट्टे, वर्षामा पानी, रोगमा उपचार छैन, बुढेसकालमा सहारा छैन । छोराछोरी भारत, खाडी र सहरतिर । शिविरमा बाँकी छन् बुढाबुढी, असहाय र प्रतीक्षाको जीवन।
हामी नागरिक हौँ कि केवल मतदाता ?
आरक्षपीडितहरूको प्रश्न सरल छ राज्यले भोट माग्छ, तर अधिकार दिँदैन। नागरिकता छ, मतदाता परिचयपत्र छ, तर जग्गा छैन। मतदान गर्न योग्य नागरिक, तर बस्न अयोग्य नागरिक।
शुक्लाफाँटा पीडितहरू आज भोटबैंक बनेका छन् चुनावमा सबै दल आउँछन्, आन्दोलनमा सबै आश्वासन दिन्छन्, सरकार बनेपछि सबै हराउँछन्।
“भुटानी शरणार्थीभन्दा कमजोर अवस्था”
पीडित जयबहादुर रोकायाको प्रश्न झनै कठोर छ । “भुटानी शरणार्थीले शिक्षा र स्वास्थ्य पाए, हामी आफ्नै देशमा केही पनि पाएनौँ।” अब प्रश्न बदलिएको छ पहिले प्रश्न थियो लालपुर्जा कहिले ? अब प्रश्न बनेको छ यो देशमा जन्मिएका नागरिकले आफ्नो देशमै घर बनाउने अधिकार किन पाउँदैनन् ? सरकारको आँखामा हामी नागरिक हौँ कि केवल चुनावी गणना ?
भोटको राजनीति, अधिकारको उपेक्षा
कञ्चनपुर–१, २ र ३ मा फैलिएका हजारौँ आरक्षपीडित मतदाताहरू अब राजनीतिक रूपमा सचेत हुँदैछन् । उनीहरू भन्छन् “अब भाषण होइन, समाधान चाहिन्छ। अब आश्वासन होइन, लालपुर्जा चाहिन्छ।”
शुक्लाफाँटा पीडितहरूको पीडा अब मानवीय संकट मात्र होइन, यो राज्यको नैतिक असफलता हो। २६ वर्षसम्म पनि एउटा परिवारलाई बस्ने जग्गा दिन नसक्ने राज्यले लोकतन्त्र, समावेशिता र नागरिक अधिकारको कुरा गर्नु कत्तिको नैतिक ?
अब प्रश्न स्पष्ट छ भोट त पाइरहेकै छन् नेताहरू, तर शुक्लाफाँटा पीडितले लालपुर्जा कहिले पाउँछन् ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १३:०३
काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...
चैत्र १४ गते, २०८२ - ११:५८
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...
चैत्र १४ गते, २०८२ - ०९:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...



प्रतिकृया लेख्नुहोस्: