Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

तीन गुण बढी कैदीबन्दी मतदानमा सहभागि हुने

खबरडबली संवाददाता

सप्तरी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजविराजस्थित सप्तरी कारागार कार्यालयमा बन्दी जिवन बिताइरहेका १६० जना कैदीबन्दीले मतदान गर्ने भएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४७ जना कैदी बन्दीले मतदान गरेकोमा यस पटकको निर्वाचनमा विगतको भन्दा तीनगुणा बढी कैदीबन्दीले मतदान गर्ने भएका हुन् ।

निर्वाचन कार्यालयले सुरु गरेको मतदाताको लगत सङ्कलनका क्रममा १६० जना कैदीबन्दीले मतदान गर्ने अवस्था देखिएको सप्तरी कारागार कार्यालयका प्रमुख गंगालाल योगीले जानकारी दिए।

“२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४७ जना कैदी बन्दीले मतदान गरेका थिए । यसपल्ट तथ्याङ्क सङ्कलनका क्रममा उक्त सङ्ख्यामा बढेर १६० पुगेको छ” उनले भने ।

कारागारमा हाल ‘क’ र ‘ख’ गरी दुईवटा ब्लकमा कुल तीन सय ६६ कैदी बन्दी छन् । जसमध्ये सात जना भारतीय नागरिक छन् । मतदाता सूचीको अध्ययन गर्ने कार्य भइरहेको भन्दै केही दिन भित्रै यकिन सङ्ख्या बताउने जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले जानकारी दिए।

उनले विवरण सङ्कलन गरेर जिल्ला निर्वाचन कार्यालयले अध्ययन गरी अन्तिम नामावली तयारपार्ने काम गरिरहेको बताए।

मताधिकार प्राप्त गर्ने कैदीबन्दीका लागि कारागारमा एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिने समेत उनले जानकारी दिए।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कैदी बन्दीले पनि मतदान गर्न पाउने अघिल्लो २०७९ को निर्वाचनदेखि नै व्यवस्था भए बमोजिम यसपल्ट पनि मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएका छ । मतदाता नामाबलीमा समेटिएका कैदी बन्दीले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदानका लागि कारागारमा एउटा अस्थायी मतदान केन्द्र राखिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले उनले जानकारी दिए ।

सप्तरीको चारवटा निर्वाचन क्षेत्रमा कुल चार लाख ४६ हजार चार सय दुई मतदाता रहेको र निर्वाचनका लागि जिल्लामा २९६ मतदान स्थल र पाँच सय ६२ मतदानकेन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending