मुस्ताङ। हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिरमा करिब डेढ फिट हिमपात भएको छ । गएरातिदेखि लगातार भइरहेको हिमपातले मुक्तिनाथ मन्दिर सहित आसपासका क्षेत्र हिउँले छपक्कै छोपेको छ ।
लगातारको हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएका तिर्थालुसहित पर्यटकहरू रानीपौवा क्षेत्रमा रोकिएको छन् । यसवर्ष मुक्तिनाथ मन्दिरमा कात्तिक महिनाको दोस्रो सातापछि सबैभन्दा भारी हिमपात भएको छ । हिमपातका कारण मन्दिरको पदमार्गस्थल, मन्दिर परिसर तथा आसपासका क्षेत्रमा पैदलयात्राका लागि समेत समस्या भएकाले भक्तजनलाई रानीपैवा क्षेत्रमै बस्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।
प्रतिकुल मौसमका कारण हिमपात भइरहेकाले कागबेनी–मुक्तिनाथ सडकखण्डबाट माथिल्लो क्षेत्रमा जाने यात्रुहरूलाई रोकिएको छ । हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तिर्थयात्री तथा खिङ्गा क्षेत्रमा रहेका भक्तजनलाई सुरक्षित हुन अनुरोध गरिएको छ । बारागुङ मुक्तिक्षेत्र–१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले हिमपातका कारण पर्यटकसँगै स्थानीय घरभित्रै बसेको बताए। वडा अध्यक्ष गुरुङले भने, ‘‘अहिले मन्दिर क्षेत्रमा जान सक्ने अवस्था छैन, भारी हिमपात भइरहेको छ ।’’
मन्दिरमा रहेको रहेको १०८ धारा, कुण्ड, मन्दिर लगायतका क्षेत्र हिउँले छोपेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने थासाङ, घरपझोङर वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बर्षासहित हिमपात हुदाँ जनजीवन कष्टकर बनेको छ । यसैबिच लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिका जोड्ने कागबेनी–लोमान्थाङ हुदै कोरला सडक समेत हिमपात भएकाले पूर्णरुपमा अवरुद्ध भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: