मुस्ताङ। हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिरमा करिब डेढ फिट हिमपात भएको छ । गएरातिदेखि लगातार भइरहेको हिमपातले मुक्तिनाथ मन्दिर सहित आसपासका क्षेत्र हिउँले छपक्कै छोपेको छ ।
लगातारको हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएका तिर्थालुसहित पर्यटकहरू रानीपौवा क्षेत्रमा रोकिएको छन् । यसवर्ष मुक्तिनाथ मन्दिरमा कात्तिक महिनाको दोस्रो सातापछि सबैभन्दा भारी हिमपात भएको छ । हिमपातका कारण मन्दिरको पदमार्गस्थल, मन्दिर परिसर तथा आसपासका क्षेत्रमा पैदलयात्राका लागि समेत समस्या भएकाले भक्तजनलाई रानीपैवा क्षेत्रमै बस्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।
प्रतिकुल मौसमका कारण हिमपात भइरहेकाले कागबेनी–मुक्तिनाथ सडकखण्डबाट माथिल्लो क्षेत्रमा जाने यात्रुहरूलाई रोकिएको छ । हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तिर्थयात्री तथा खिङ्गा क्षेत्रमा रहेका भक्तजनलाई सुरक्षित हुन अनुरोध गरिएको छ । बारागुङ मुक्तिक्षेत्र–१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले हिमपातका कारण पर्यटकसँगै स्थानीय घरभित्रै बसेको बताए। वडा अध्यक्ष गुरुङले भने, ‘‘अहिले मन्दिर क्षेत्रमा जान सक्ने अवस्था छैन, भारी हिमपात भइरहेको छ ।’’
मन्दिरमा रहेको रहेको १०८ धारा, कुण्ड, मन्दिर लगायतका क्षेत्र हिउँले छोपेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने थासाङ, घरपझोङर वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बर्षासहित हिमपात हुदाँ जनजीवन कष्टकर बनेको छ । यसैबिच लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिका जोड्ने कागबेनी–लोमान्थाङ हुदै कोरला सडक समेत हिमपात भएकाले पूर्णरुपमा अवरुद्ध भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - १४:२३
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट ज...
माघ १५ गते, २०८२ - १४:११
जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाक...
माघ १५ गते, २०८२ - १३:५२
बारा । बुधबार बिहान धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ। आक्रमणमा ५० वर्षीय श्...
माघ १५ गते, २०८२ - १३:३४
मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ...
माघ १५ गते, २०८२ - १३:१६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...
माघ १५ गते, २०८२ - १३:०८
मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । गए रातिद...
माघ १५ गते, २०८२ - १२:५५
काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...
माघ १५ गते, २०८२ - १२:४६
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ ला...
माघ १५ गते, २०८२ - १२:३७
लमजुङ। हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । स्थानीयका अनुसार बुधबार बिहानैदेखि हिउँ परेको हो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ...
माघ १५ गते, २०८२ - १२:२८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की बिहान साढे १० बजे शीतलनिवास पुगेर रा...




प्रतिकृया लेख्नुहोस्: