लमजुङ। हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । स्थानीयका अनुसार बुधबार बिहानैदेखि हिउँ परेको हो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ, घ्यारु, ङावललगायत गाउँ हिउँले ढाकिएका छन् ।
सदरमुकाम चामे आसपासमा पनि व्यापक रूपमा हिमपात र हावाहुरी चलिरहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।
हिमपातबाट कुनै अप्रिय घटना नभए पनि विपद् निम्तिन सक्ने सम्भावनालाई मध्यनजर राखेर सुरक्षा सतर्कता अपनाइएको उनले बताए। हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन् । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् ।
पर्यटक पनि रोकिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० र सुरक्षा निकायले अन्नपूर्ण पदमार्गको थ्रोङ्ला भञ्याङ पास गर्न जान पर्यटकलाई रोक लगाएको छ । मनाङमा यसअघि कात्तिक १० र ११ गते हिमपात भएको थियो । मङ्सिर र पुस महिनामा हिउँ परेको थिएन ।
प्रहरीका अनुसार माथिल्लो मनाङमा डेढ फिट बाक्लो हिउँ परेको छ । चामेदेखि तल्लो भागहरू तिमाङ, दानक्यु र बगरछापमा हिमपातसहितको वर्षा भइरहेको स्थानीयले बताएका छन् । हिमपातले सरकारी कामकाज ठप्प भएको छ ।
हिमपातसँगै तीव्र गतिको हावा चलेपछि अत्यधिक चिसो बढेको गौरी शङ्कर आधारभुत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले बताए। उनले अब खेती गर्ने बेला भएकाले किसानहरू खुसी भएको बताए।
पहाडी जिल्ला लमजुङमा लामो समयपछि वर्षा भएको छ । बुधबार बिहानदेखि वर्षा भइरहेको छ । कात्तिक यता वर्षा हुन नसक्दा किसानहरू चिन्तित भएका थिए । वर्षापछि किसानहरू खुसी भएको मर्स्याङ्दी–९ का किसान भीष्मकान्त कुइँकेलले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: