लमजुङ। हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । स्थानीयका अनुसार बुधबार बिहानैदेखि हिउँ परेको हो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ, घ्यारु, ङावललगायत गाउँ हिउँले ढाकिएका छन् ।
सदरमुकाम चामे आसपासमा पनि व्यापक रूपमा हिमपात र हावाहुरी चलिरहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।
हिमपातबाट कुनै अप्रिय घटना नभए पनि विपद् निम्तिन सक्ने सम्भावनालाई मध्यनजर राखेर सुरक्षा सतर्कता अपनाइएको उनले बताए। हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन् । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् ।
पर्यटक पनि रोकिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० र सुरक्षा निकायले अन्नपूर्ण पदमार्गको थ्रोङ्ला भञ्याङ पास गर्न जान पर्यटकलाई रोक लगाएको छ । मनाङमा यसअघि कात्तिक १० र ११ गते हिमपात भएको थियो । मङ्सिर र पुस महिनामा हिउँ परेको थिएन ।
प्रहरीका अनुसार माथिल्लो मनाङमा डेढ फिट बाक्लो हिउँ परेको छ । चामेदेखि तल्लो भागहरू तिमाङ, दानक्यु र बगरछापमा हिमपातसहितको वर्षा भइरहेको स्थानीयले बताएका छन् । हिमपातले सरकारी कामकाज ठप्प भएको छ ।
हिमपातसँगै तीव्र गतिको हावा चलेपछि अत्यधिक चिसो बढेको गौरी शङ्कर आधारभुत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले बताए। उनले अब खेती गर्ने बेला भएकाले किसानहरू खुसी भएको बताए।
पहाडी जिल्ला लमजुङमा लामो समयपछि वर्षा भएको छ । बुधबार बिहानदेखि वर्षा भइरहेको छ । कात्तिक यता वर्षा हुन नसक्दा किसानहरू चिन्तित भएका थिए । वर्षापछि किसानहरू खुसी भएको मर्स्याङ्दी–९ का किसान भीष्मकान्त कुइँकेलले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - १४:२३
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट ज...
माघ १५ गते, २०८२ - १४:११
जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाक...
माघ १५ गते, २०८२ - १३:५२
बारा । बुधबार बिहान धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ। आक्रमणमा ५० वर्षीय श्...
माघ १५ गते, २०८२ - १३:३४
मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ...
माघ १५ गते, २०८२ - १३:१६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...
माघ १५ गते, २०८२ - १३:०८
मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । गए रातिद...
माघ १५ गते, २०८२ - १२:५५
काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...
माघ १५ गते, २०८२ - १२:४६
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ ला...
माघ १५ गते, २०८२ - १२:३७
लमजुङ। हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । स्थानीयका अनुसार बुधबार बिहानैदेखि हिउँ परेको हो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ...
माघ १५ गते, २०८२ - १२:२८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की बिहान साढे १० बजे शीतलनिवास पुगेर रा...




प्रतिकृया लेख्नुहोस्: