मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ ।
गए रातिदेखि भारी हिमपात भएपछि मुस्ताङ र मनाङ जोड्ने सरिबुङ पास, मोसोकुन्दो पास, थोराङ्ला पास, मुस्ताङ–ङोल्पा जोड्ने याकखर्क, म्याग्दी–मुस्ताङ जोड्ने धौलागिरि पदमार्गको धम्पुस पिकको पदयात्रामा रोक लगाएको हो ।
जिल्ला प्रशासनले हिमापातमा जोखिम मानेका पदमार्गमा याकखर्क पाँच हजार ८ सय मिटर, थोरङ्लापास, पाँच हजार ४ सय मिटर, सरिबुङ पास ६ हजार मिटर र धम्पुस पिक समुन्द्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा रहेको छ । मुस्ताङको उच्च हिमाली क्षेत्र, र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायत क्षेत्रहरूमा हिमपात भएको छ ।
तीनवटै जिल्लाबाट मुस्ताङ प्रवेश गर्ने पदमार्गमा भारी हिमपातका कारण पदयात्रा अत्यन्त जोखिम भएकाले सचेत बनाइएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताए। प्रजिअ शर्माले भने, ‘‘पदमार्ग क्षेत्रमा चार फिटसम्म हिउँ जमेको छ, पर्यटक समस्यामा परे पनि उद्धारमा निकै कठिनाइ हुन्छ ।’’ अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने पदमार्गमध्ये थोराङ्ला पासमा माघ महिनामा पर्यटक पदयात्रामा निस्किने गरेको शर्माको भनाइ छ ।
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४, दामोदरकुण्ड क्षेत्र र मनाङ जिल्लाको नार–फु उपत्यका जोड्ने सरिबुङ पास सबैभन्दा जोखिम मानिन्छ । जिल्ला प्रशासन कार्यालयले जोखिम पदमार्गमा गएको कात्तिक यता मुस्ताङको सुरक्षा निकायले फसेका स्वदेशी तथा विदेशी पर्यटकलाई पैदल तथा हवाईबाट पर्यटकलाई उद्धार समेत गरेको थियो ।
दामोदर कुण्ड क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा हिमपातका कारण समस्यामा पर्ने तीर्थयात्री तथा पर्यटकलाई लक्षित गरी धर्मशालामा करिब दुई महिनालाई पुग्ने खाद्यान्नसहित आवश्यक सामग्री सञ्चित समेत गरिएकाले छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमपातको सम्भावनालाई मध्यनजर गरी मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न अनुरोध गरिएको छ । बर्षासहितको हिमपातका कारणले दैनिक जनजीवन प्रभावित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: