काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
विशेष अदालतले प्रतिवादीहरूलाई न्यून धरौटीमा छाड्ने आदेश दिएपछि आयोगले उक्त आदेश बदर गरी उनीहरूलाई थुनामा राखेरै मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित बुधबार सर्वोच्च पुगेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी र उप(प्रबन्धक नल विक्रम थापालाई विशेष अदालतले क्रमश: पाँच लाख र दुई लाख ५० हजार रुपियाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त आदेश ुबेरीतकोु रहेको भन्दै आयोगले उनीहरूलाई थुनामै राख्नुपर्ने जिकिर गरेको छ ।
अध्ययन नै नगरी करोडौँको लगानी आयोगका अनुसार नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा कुनै सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० वा नेपाल सरकारको पूर्व स्वीकृति लिइएको थिएन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनामा समेत नलिन्चोकमा हेलिपोर्ट बनाउने कुनै उल्लेख नरहेको अवस्थामा गैरकानूनी स्वार्थका लागि १३ करोड ५७ लाख ४६ हजार २१३ रुपियाँ ७७ पैसा हानि(नोक्सानी पुर्याइएको अख्तियारको दाबी छ ।
प्राधिकरणका तत्कालीन नेतृत्वले विस्तृत परियोजना प्रतिवेदन नै प्राप्त नभई ुप्राप्त भएकोु भनी झुट्टा विवरणका आधारमा बोलपत्र प्रक्रिया अगाडि बढाएको अनुसन्धानबाट खुलेको छ । ूलगानी हुने तर प्रयोगमा आउन नसक्ने संरचना बनाएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको छ,ू आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सुरक्षामा गम्भीर प्रश्न हेलिपोर्ट निर्माण भए पनि सुरक्षाका दृष्टिकोणले यो अत्यन्तै जोखिमपूर्ण रहेको प्राविधिक प्रतिवेदनहरूले देखाएका छन् ।
विभिन्न ११ वटा हेलिकप्टर कम्पनीका ४७ जना पाइलटहरूले नलिन्चोकबाट व्यावसायिक उडान गर्दा ुभयानक दुर्घटनाु हुन सक्ने भन्दै लिखित चासो व्यक्त गरेका थिए ।
घना बस्तीको बीचमा रहेको, उच्च भोल्टेजको विद्युत् प्रसारण लाइन नजिकै रहेको र आवश्यक सञ्चार तथा सुरक्षा उपकरणको अभावका कारण यो हेलिपोर्ट व्यावसायिक उडानका लागि अयोग्य रहेको विज्ञहरूको ठहर छ ।
विज्ञहरूको राय र स्थानीयको विरोध पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ, हवाई सुरक्षा विज्ञ घनश्याम राज आचार्य र सार्वजनिक खरिद अनुगमन कार्यालयका टोलीले समेत यो आयोजनालाई ुनागरिकको जनधनको क्षति निम्त्याउनेु कार्यका रूपमा व्याख्या गरेका छन् । स्थानीय बासिन्दाले समेत वातावरणीय अध्ययन र सार्वजनिक सुनुवाइ नगरी निर्माण गरिएको भन्दै यसको विरोध गर्दै आएका छन् ।
राज्यको करोडौँ रकम खर्च भए पनि उक्त हेलिपोर्टबाट हालसम्म नगण्य संख्यामा मात्र यात्रुले सेवा लिएको र त्यो व्यावसायिक रूपमा पूर्णत: असफल देखिएको अख्तियारको निष्कर्ष छ । पदको दुरुपयोग गरी भ्रष्टाचार गर्नेहरूलाई कडा कारबाहीको माग गर्दै अख्तियारले विशेष अदालतको आदेश सच्याउन सर्वोच्चमा गुहार मागेको हो ।
यस प्रकरणमा महानिर्देशक प्रदीप अधिकारीसहितका उच्च अधिकारी र परामर्शदाता कम्पनीका सञ्चालकहरूमाथि पनि अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: