काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
विशेष अदालतले प्रतिवादीहरूलाई न्यून धरौटीमा छाड्ने आदेश दिएपछि आयोगले उक्त आदेश बदर गरी उनीहरूलाई थुनामा राखेरै मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित बुधबार सर्वोच्च पुगेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी र उप(प्रबन्धक नल विक्रम थापालाई विशेष अदालतले क्रमश: पाँच लाख र दुई लाख ५० हजार रुपियाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त आदेश ुबेरीतकोु रहेको भन्दै आयोगले उनीहरूलाई थुनामै राख्नुपर्ने जिकिर गरेको छ ।
अध्ययन नै नगरी करोडौँको लगानी आयोगका अनुसार नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा कुनै सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० वा नेपाल सरकारको पूर्व स्वीकृति लिइएको थिएन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनामा समेत नलिन्चोकमा हेलिपोर्ट बनाउने कुनै उल्लेख नरहेको अवस्थामा गैरकानूनी स्वार्थका लागि १३ करोड ५७ लाख ४६ हजार २१३ रुपियाँ ७७ पैसा हानि(नोक्सानी पुर्याइएको अख्तियारको दाबी छ ।
प्राधिकरणका तत्कालीन नेतृत्वले विस्तृत परियोजना प्रतिवेदन नै प्राप्त नभई ुप्राप्त भएकोु भनी झुट्टा विवरणका आधारमा बोलपत्र प्रक्रिया अगाडि बढाएको अनुसन्धानबाट खुलेको छ । ूलगानी हुने तर प्रयोगमा आउन नसक्ने संरचना बनाएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको छ,ू आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सुरक्षामा गम्भीर प्रश्न हेलिपोर्ट निर्माण भए पनि सुरक्षाका दृष्टिकोणले यो अत्यन्तै जोखिमपूर्ण रहेको प्राविधिक प्रतिवेदनहरूले देखाएका छन् ।
विभिन्न ११ वटा हेलिकप्टर कम्पनीका ४७ जना पाइलटहरूले नलिन्चोकबाट व्यावसायिक उडान गर्दा ुभयानक दुर्घटनाु हुन सक्ने भन्दै लिखित चासो व्यक्त गरेका थिए ।
घना बस्तीको बीचमा रहेको, उच्च भोल्टेजको विद्युत् प्रसारण लाइन नजिकै रहेको र आवश्यक सञ्चार तथा सुरक्षा उपकरणको अभावका कारण यो हेलिपोर्ट व्यावसायिक उडानका लागि अयोग्य रहेको विज्ञहरूको ठहर छ ।
विज्ञहरूको राय र स्थानीयको विरोध पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ, हवाई सुरक्षा विज्ञ घनश्याम राज आचार्य र सार्वजनिक खरिद अनुगमन कार्यालयका टोलीले समेत यो आयोजनालाई ुनागरिकको जनधनको क्षति निम्त्याउनेु कार्यका रूपमा व्याख्या गरेका छन् । स्थानीय बासिन्दाले समेत वातावरणीय अध्ययन र सार्वजनिक सुनुवाइ नगरी निर्माण गरिएको भन्दै यसको विरोध गर्दै आएका छन् ।
राज्यको करोडौँ रकम खर्च भए पनि उक्त हेलिपोर्टबाट हालसम्म नगण्य संख्यामा मात्र यात्रुले सेवा लिएको र त्यो व्यावसायिक रूपमा पूर्णत: असफल देखिएको अख्तियारको निष्कर्ष छ । पदको दुरुपयोग गरी भ्रष्टाचार गर्नेहरूलाई कडा कारबाहीको माग गर्दै अख्तियारले विशेष अदालतको आदेश सच्याउन सर्वोच्चमा गुहार मागेको हो ।
यस प्रकरणमा महानिर्देशक प्रदीप अधिकारीसहितका उच्च अधिकारी र परामर्शदाता कम्पनीका सञ्चालकहरूमाथि पनि अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - १७:३७
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहर...
माघ १५ गते, २०८२ - १७:२७
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरु...
माघ १५ गते, २०८२ - १७:२२
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोप अस्वीकार गरेका छन्। बालबालिका प्रयोग ग...
माघ १५ गते, २०८२ - १४:२३
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट ज...
माघ १५ गते, २०८२ - १४:११
जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाक...
माघ १५ गते, २०८२ - १३:५२
बारा । बुधबार बिहान धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ। आक्रमणमा ५० वर्षीय श्...
माघ १५ गते, २०८२ - १३:३४
मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ...
माघ १५ गते, २०८२ - १३:१६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...
माघ १५ गते, २०८२ - १३:०८
मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । गए रातिद...
माघ १५ गते, २०८२ - १२:५५
काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...




प्रतिकृया लेख्नुहोस्: