काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टीकरण सोधेको छ।
आयोगका अनुसार सप्तरी–२ बाट उम्मेदवार रहेका सीके राउतले सार्वजनिक स्थानमा निर्वाचन चिह्न र झण्डा प्रयोग गरी तोरण बनाएर प्रदर्शन गरेको उजुरी परेपछि स्पष्टीकरण मागिएको हो।
त्यस्तै रास्वपाबाट बाँके–३ का उम्मेदवार खगेन्द्र सुनारमाथि राष्ट्रिय जनावर गाईसम्बन्धी विषयमा साम्प्रदायिक विद्वेष फैलाउने गरी सूचना प्रवाह गरेको आरोप छ। उक्त उजुरीको आधारमा आयोगले उनीसँग पनि स्पष्टीकरण मागेको जनाएको छ।
गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौँ–५ की उम्मेदवार निशा अधिकारीलाई विदेशस्थित स्वयंसेवकमार्फत क्युआर कोड प्रयोग गरी आर्थिक सहयोग अभियान सञ्चालन गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ।
यसैगरी उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमार्फत मत मागेको आरोपमा दैलेखस्थित देउती आधारभूत विद्यालयका शिक्षक देवीराम आचार्यलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।
आचारसंहिता लागू भइसकेपछि औतारी धर्मगुरु रिन्पोचेलाई बर्खास्त गर्न लागिएको भन्ने उजुरीका आधारमा गुठी संस्थानलाई तथा करार सेवामा कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन र नतिजा प्रकाशनको तयारी गरेको विषयमा उजुरी परेपछि पूर्वाञ्चल विश्वविद्यालयलाई पनि आयोगले स्पष्टीकरण मागेको छ।
निर्वाचन आयोगले सम्बन्धित सबै पक्षलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - ०९:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...
चैत्र १४ गते, २०८२ - ०८:४९
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...
चैत्र १४ गते, २०८२ - ०८:४६
काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...



प्रतिकृया लेख्नुहोस्: