काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउने आदेश दिने अधिकार संविधानले नदिएको र आफूले यस्तो आदेश कहिल्यै नदिएको उनले स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले आफूविरुद्ध फैलाइँदै आएको आरोप निराधार भएको दाबी गरेका छन्। ‘संविधानले प्रधानमन्त्रीलाई गोली चलाउने आदेश दिने अधिकार दिँदैन, र मैले यस्तो आदेश न दिएको हुँ, न सोच्न सक्छु,’ उनले लेखेका छन्।
घटनापछि तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गर्दै ओलीले ज्यान गुमाएका १९ जना नानी–बाबुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। ‘त्यो पीडा आज पनि मसँगै छ,’ उनले उल्लेख गरेका छन्।
ओलीका अनुसार माइतीघरबाट सुरु भएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएपछि केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर निषेधित क्षेत्रतर्फ लैजान खोजेका थिए। संसद भवनअघि आगजनी र विस्फोटक पदार्थ प्रयोग भएपछि अवस्था ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको हमला’ बनेको उनको दाबी छ।
‘सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुनअनुसार बल प्रयोग भयो,’ ओलीले लेखेका छन्। सुरक्षाकर्मीले सरकारको आदेशमा होइन, कानुनको शपथअनुसार काम गरेको उनको भनाइ छ।
ओलीले आफू कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलाइने गलत प्रचारमा नलाग्न नागरिकलाई आग्रह गरेका छन्। अन्त्यमा उनले प्रश्न गरेका छन्— ‘शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो संवेदनशील क्षेत्रमा कसले, किन र कसरी पुर्यायो ?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - ०९:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...
चैत्र १४ गते, २०८२ - ०८:४९
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...
चैत्र १४ गते, २०८२ - ०८:४६
काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...



प्रतिकृया लेख्नुहोस्: