काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजनिक प्रष्टीकरण दिएका छन्। तर घटनाको समयमा देशको कार्यकारी प्रमुख स्वयं ओली रहेकाले प्रश्न उठेको छ । प्रधानमन्त्री हुँदा यति ठूलो घटनाको राजनीतिक जिम्मेवारी लिने कि नलिने ?
ओलीले सामाजिक सञ्जालमार्फत संविधानले प्रधानमन्त्रीलाई गोली चलाउने आदेश दिने अधिकार नदिएको र आफूले त्यस्तो आदेश नदिएको दाबी गरेका छन्। तर संविधानले आदेश दिने अधिकार नदिएको भन्दै प्रधानमन्त्रीको भूमिकाबाट आफू पूर्णरूपमा अलग हुन मिल्छ कि मिल्दैन भन्ने बहस भने थप चर्किएको छ।
उनले घटनापछि पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको उल्लेख गर्दै ज्यान गुमाएका १९ जना नानी–बाबुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। तर आलोचकहरूका अनुसार आयोग गठन गर्नु मात्र पर्याप्त होइन, घटनाको राजनीतिक उत्तरदायित्व स्वीकार गर्ने प्रश्न अझै अनुत्तरित छ।
ओलीका अनुसार शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएपछि संसद भवनमाथि आक्रमण भयो र त्यसपछि कानुनअनुसार सुरक्षाकर्मीले बल प्रयोग गरे। उनले गोली सरकारको आदेशमा नभई कानुनको व्यवस्थाअनुसार चलेको दाबी गरेका छन्।
तर यही बिन्दुमा प्रश्न उठ्छ सुरक्षाकर्मी कानुनको शपथमा भए पनि सुरक्षा संयन्त्रको सर्वोच्च जिम्मेवारी प्रधानमन्त्रीकै हातमा हुँदैन र ? देशको कार्यकारी प्रमुखका रूपमा अवस्था नियन्त्रण गर्न नसक्नु पनि जिम्मेवारीकै विषय होइन ?
ओलीले ‘राज्यविरुद्धको हमला’ भएको दाबी गरे पनि मानव अधिकारकर्मी र राजनीतिक वृत्तमा बालबालिकाको मृत्यु भएको घटनामा राज्य नेतृत्वले नैतिक र राजनीतिक जिम्मेवारी लिनुपर्ने आवाज उठिरहेको छ।
ओलीले आफू कुनै पनि मञ्चमा बसेर जवाफ दिन तयार रहेको बताएका छन्। तर बहस अहिले आदेश दिएको–नदिएको भन्दा पनि फराकिलो बनेको छ । प्रधानमन्त्री हुँदा घटेको घटनाको जिम्मेवारी लिने कि त्यसलाई कानुनी प्रक्रियामा मात्र सीमित गरेर पन्छिने ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - ०९:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...
चैत्र १४ गते, २०८२ - ०९:१८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्य...
चैत्र १४ गते, २०८२ - ०९:१५
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत प...
चैत्र १४ गते, २०८२ - ०९:०३
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन...
चैत्र १४ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको छ । जिल्ला प्रहरी परि...
चैत्र १४ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २...
चैत्र १४ गते, २०८२ - ०८:४९
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । शनि...
चैत्र १४ गते, २०८२ - ०८:४६
काठमाडौं। देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा बादल लागेको छ। मौसम पूर्वानुमान महा...



प्रतिकृया लेख्नुहोस्: