Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

प्रधानमन्त्री हुँदा भएका घटनाकाे जिम्मेवारी लिने कि पन्छिने ? भदौ २३–२४ को घटनामा ओलीको बचाउ

खबरडबली संवाददाता

काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजनिक प्रष्टीकरण दिएका छन्। तर घटनाको समयमा देशको कार्यकारी प्रमुख स्वयं ओली रहेकाले प्रश्न उठेको छ । प्रधानमन्त्री हुँदा यति ठूलो घटनाको राजनीतिक जिम्मेवारी लिने कि नलिने ?

ओलीले सामाजिक सञ्जालमार्फत संविधानले प्रधानमन्त्रीलाई गोली चलाउने आदेश दिने अधिकार नदिएको र आफूले त्यस्तो आदेश नदिएको दाबी गरेका छन्। तर संविधानले आदेश दिने अधिकार नदिएको भन्दै प्रधानमन्त्रीको भूमिकाबाट आफू पूर्णरूपमा अलग हुन मिल्छ कि मिल्दैन भन्ने बहस भने थप चर्किएको छ।

उनले घटनापछि पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको उल्लेख गर्दै ज्यान गुमाएका १९ जना नानी–बाबुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। तर आलोचकहरूका अनुसार आयोग गठन गर्नु मात्र पर्याप्त होइन, घटनाको राजनीतिक उत्तरदायित्व स्वीकार गर्ने प्रश्न अझै अनुत्तरित छ।

ओलीका अनुसार शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएपछि संसद भवनमाथि आक्रमण भयो र त्यसपछि कानुनअनुसार सुरक्षाकर्मीले बल प्रयोग गरे। उनले गोली सरकारको आदेशमा नभई कानुनको व्यवस्थाअनुसार चलेको दाबी गरेका छन्।

तर यही बिन्दुमा प्रश्न उठ्छ  सुरक्षाकर्मी कानुनको शपथमा भए पनि सुरक्षा संयन्त्रको सर्वोच्च जिम्मेवारी प्रधानमन्त्रीकै हातमा हुँदैन र ? देशको कार्यकारी प्रमुखका रूपमा अवस्था नियन्त्रण गर्न नसक्नु पनि जिम्मेवारीकै विषय होइन ?

ओलीले ‘राज्यविरुद्धको हमला’ भएको दाबी गरे पनि मानव अधिकारकर्मी र राजनीतिक वृत्तमा बालबालिकाको मृत्यु भएको घटनामा राज्य नेतृत्वले नैतिक र राजनीतिक जिम्मेवारी लिनुपर्ने आवाज उठिरहेको छ।

ओलीले आफू कुनै पनि मञ्चमा बसेर जवाफ दिन तयार रहेको बताएका छन्। तर बहस अहिले आदेश दिएको–नदिएको भन्दा पनि फराकिलो बनेको छ ।  प्रधानमन्त्री हुँदा घटेको घटनाको जिम्मेवारी लिने कि त्यसलाई कानुनी प्रक्रियामा मात्र सीमित गरेर पन्छिने ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री हुँदा भएका घटनाकाे जिम्मेवारी लिने कि पन्छिने ? भदौ २३–२४ को घटनामा ओलीको बचाउ

काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...

भदौ २३–२४ का घटनामा ओलीको प्रष्टीकरणः ‘गोली चलाउने आदेश मैले दिएको होइन’

काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...

स्पष्टीकरणमा अटेर : महेश बस्नेतदेखि बालेनसम्म आयोगलाई अझै छैन जवाफ

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...

हिमपातकै बीच एमाले हुम्लाको चुनावी प्रचार सुरु

सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...

पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै, भोलिदेखि देशभर मौसम खुल्ने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...

चुनावी आचारसंहिता उल्लंघन आरोपमा सीके राउतदेखि खगेन्द्र सुनारसम्मलाई आयोगको स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...

अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...

चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, २५ मोबाइल बरामद

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...

सुक्खा हिउँद, डढेलो र बाली संकटको संकेत

काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...

भोटबैंक बनेका शुक्लाफाँटा पीडित : लालपुर्जा कहिले पाउँछन् नागरिकता झैँ नागरिक अधिकार ?

कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending