बर्दिबास । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी मोटरसाइकल पछाडि बसेका बर्दीबास नगरपालिका–१४ का १९ वर्षीय शैलेश मगरको उपचारका क्रममा बुधबार राति मृत्यु भएको बर्दीबास प्रहरीले जनाएको छ ।
सोही ठाँउका १८ वर्षीय मोटरसाइकल चालक अविनाश खड्काको गम्भीर अवस्थामा शुभ स्वस्तिक अस्पतालमै उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय बर्दीबासका अनुसार बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा जाँदै गरेको बाप्र ०२–०१९ प ३१०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनापछि घाइते दुवै जनालाई उपचारका लागि शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएकोमा मगरको हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दीबासका प्रहरी नायब उपरीक्षक विकास बलमे जानकारी दिए। मृतक मगरको शव पोस्टमार्टमका लागि बर्दीबास अस्पताल लगिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - १२:५८
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्नका लागि ‘समय घर्किँदै गएको’ भन्दै कडा चेतावनी दिएका...
माघ १६ गते, २०८२ - १२:३४
हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता...
माघ १६ गते, २०८२ - १२:१९
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएको छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनला...
माघ १६ गते, २०८२ - १२:०९
सल्यान। सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारव...
माघ १६ गते, २०८२ - ११:३७
बर्दिबास । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक ...
माघ १६ गते, २०८२ - ११:२५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। फाग...
माघ १६ गते, २०८२ - ११:१४
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी म...
माघ १६ गते, २०८२ - ११:०४
डोल्पा । काठमाडौंबाट डोल्पातर्फ आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको बाग्लुङ...
माघ १६ गते, २०८२ - १०:४९
काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी ...
माघ १६ गते, २०८२ - १०:४२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क तथा ‘घण्टी’ अ...




प्रतिकृया लेख्नुहोस्: