हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता जनाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, हुम्लाले आयोजना गरेको निर्वाचन आचार संहिता सम्बन्धी अभिमुखीकरण तथा कार्यान्वयनबारेको छलफल कार्यक्रममा सहभागी राजनीतिक दलका उम्मेदवार, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा अन्य सरोकारवालाले आचार संहिता पालन गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षले रचनात्मक र सहयोगी भूमिका खेल्ने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार आचार संहिता उल्लङ्घन भए कानुनअनुसार कारबाही गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पछि नहट्ने निष्कर्ष बैठकबाट निकालिएको छ।
मुख्य निर्वाचन अधिकृत बैकुण्ठ बरालले निर्वाचन आचार संहिता पालन भए नभएको अनुगमनमा नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताए।
निर्वाचन आयोगले सरोकारवाला पक्षका लागि आचार संहिता छुट्टाछुट्टै जारी गरिसकेको छ।नेपाल पत्रकार महासंघका उपाध्यक्ष छपाल लामाले निर्वाचन सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै लागू भएका निर्वाचन आचार संहिता पालन गर्नु पनि सबै सरोकारवाला पक्षको जिम्मेवारी भएको बताए।
उनले निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूबाट आचार संहिता पालन गर्ने प्रतिबद्धता आउनु सकारात्मक पक्ष भएको धारणा राखे।
साथै, मतदानमा जनसहभागिता बढाउन महासंघमार्फत सञ्चारकर्मीले सहयोगी भूमिका खेल्ने जानकारी दिए।कार्यक्रममा विशेष परिस्थितिमा भइरहेको निर्वाचन भएकाले नवयुवाको भावना कदर गर्दै सबै पक्ष निर्वाचन सफल पार्न सक्रिय हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकाया, नेकपा (एमाले) का दलबहादुर फडेरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढा, नेकपा (नेकपा)का डा।दिपेन्द्र रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीका टासी लाङ्जोम, नेकपा (माओवादी केन्द्र० का कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीको उपस्थिति रहेको थियो।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: