Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

भारतको पश्चिम बङ्गालमा निपा भाइरस, पूर्वी नेपालमा सतर्कता

खबरडबली संवाददाता

विराटनगर। भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्भावित जोखिमबाट सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकामा हेल्प डेस्कको सक्रियतादेखि अस्पतालमा आइसोलेसनसम्मको तयारी थालिएको हो । 

निपा भाइरस सङ्क्रमण देखिएमा कोरोना सङ्क्रमणकालमा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षलाई नै प्रयोगमा ल्याउने गरी तयारी थालिएको स्वास्थ्य निर्देशानालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । 

निपा भाइरस कसरी सर्छ, कसरी बच्न सकिन्छ भन्ने सचेतनाको कार्यक्रम स्थानीय तहमार्फत थालिने उनले बताए। निपा भाइरस गम्भीर र खतरनाक मानिने भएकाले समयमै सचेतना थालिने भएको हो । 

जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने रोगको मृत्युदर उच्च रहेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक डा। जगतनारायण प्रसादले निपा भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पूर्वसतर्कताको तयारी थालिएको जानकारी दिएको छन् । 

सम्भावित जोखिमबाट बच्नका लागि प्रतिष्ठान अन्तर्गतका सेवा, विभाग, शाखा तथा एकाइलाई सतर्कता अपनाउनसमेत सूचित गरिएको उहाँले जानकारी दिए। ओपिडी, आकस्मिक तथा वार्ड भर्ना सेवामा निया भाइरससँग मिल्दोजुल्दो लक्षणको निगरानी प्रणाली सुदृढ गर्ने, आइसोलेसनकक्षको  सुनिश्चित तथा नमुना सङ्कलन, सुरक्षित ढुवानी र परीक्षणका लागि पूर्वतयारी थालिएको हो । 

यसै गरी निपा भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी वा स्पष्ट कारण नखुलेका व्यक्तिको मृत्युपछिसमेत नमुना सङ्कलन गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउन निर्देशन गरिएको निर्देशक डा। जगतनारायण प्रसादले जानकारी दिए । 

कोशी अस्पताल विराटनगरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। रामनारायण चौधरी विशेष ढङ्गबाट सतर्कता अपनाउने तयारी भएको बताए। अहिले कोशी अस्पतालभित्रै आइसोलेसनको सुविधा निपा भाइरसका लागि उपलब्ध हुन नसक्ने स्थिति रहेको जानकारी दिए। अस्पतालको नयाँ संरचना बनिनसकेको र पुरानो संरचना अपर्याप्त रहेका कारण निपा भाइरस सङ्क्रमणको जोखिम भित्रिएमा वैकल्पिक व्यवस्था मिलाइने बताए। उनले स्वास्थ्य सेवा विभागले सङ्क्रमणबाट सुरक्षित रहन पूर्वतयारीका कार्य गर्न निर्देशन गरेबमोजिमका काम थालिएको बताए । 

बिपीले सार्वजनिक सूचना जारी गर्दै निपा भाइरस मुख्यतया फलफूल खाने चमेरोबाट मानिसमा सर्ने जानकारी दिएको छ । ​सङ्क्रमित फलफूल ९विशेष गरी अम्बा, लिची, खजुर० चमेरोले टोकेका वा जुठो हालेपछि मासिनले खाँदा सर्ने बताइएको छ । यसै गरी सङ्क्रमित सुँगुर वा अन्य जनावरको र्‍याल र पिसाबको सम्पर्कबाट पनि सर्ने जनाइएको छ । यसै गरी सङ्क्रमित व्यक्तिको थुक, सिगान वा रगतको प्रत्यक्ष सम्पर्कमा आउँदा ९विशेष गरी बिरामीको हेरचाह गर्ने कुरुवा वा स्वास्थ्यकर्मीमा सर्ने जोखिम हुने जनाइएको छ । 

​सङ्क्रमण भएको पाँचदेखि १४ दिनभित्र लक्षण देखिने जसमा ​अत्यधिक ज्वरो आउने र टाउको दुख्ने, ​खोकी लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने, ​मांसपेशी दुख्ने र निकै थकाइ महसुस हुन्छ । ​गम्भीर अवस्थामा मस्तिष्क सुन्निने  जसले गर्दा मानसिक अलमल हुने, छारे रोग जस्तै काँप्ने वा बिरामी कोमामा जाने हुन सक्ने जनाइएको छ । 

अहिलेसम्म यो भाइरसविरुद्ध कुनै निश्चित खोप वा औषधी नभएकाले सावधानी नै सबैभन्दा ठुलो उपचार हुने स्वास्थ्य निर्देशक बस्नेतले बताए। यसका लागि ​फलफूल सफा गरेर मात्र खाने र भुइँमा झरेका वा चरा चमेराले टोकेका जस्ता देखिने फलफूल कहिल्यै नखान सुझाइएको छ । साबुन पानीले नियमित रूपमा हात धुने र बिरामी देखिएका सुँगुर वा अन्य जनावरको नजिक नजान भनिएको छ । यदि कोही व्यक्ति सङ्क्रमित छ भने उनीहरूलाई छुँदा मास्क, पन्जा र सुरक्षाका सामग्री प्रयोग गर्नु पर्छ ।

स्वास्थ्य निर्देशक बस्नेतले मिल्ने सङ्केत देखिएका व्यक्ति भए अस्पतालमा जान सुझाव दिन अनुरोध गरे । उनले घर वा आसपासमा चमेरो देखिएमा फलफूल खाँदा ध्यान दिन अनुरोध गरे। रुघाखोकी, ज्वरो वा जीउ दुख्ने भएमा स्वास्थ्यकर्मीको सल्लाहबिना जथाभाबी औषधी सेवन नगर्न पनि सुझाव दिइएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending