स्याङ्जा। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेका छन् । मत माग्दै नेताहरु गाउँगाउँमा पुग्न थालेपछि चहलपहल सुरु भएको हो । प्राय: दशैंतिहारमा मात्रै चहलपहल हुन्थ्यो । तर यो पटक भने पुसको चिसो मौसममा नै गाउँ तातेको हो ।
मनोनयन दर्ता गरेसँगै जिल्लाका सबै दलका उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेका हुन् । कुन गाउँमा कति बेला पुग्ने भन्ने साप्ताहिक योजना नै बनाएर आफूहरु गाउँमा जान थालेको नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफ्लेले बताए। उनले भने, “मत माग्दै गाउँमा पुग्दा सर्वसाधारणमा भने उत्साह देखिने गरेको छ ।” बसाइसराई र कामका लागि गाउँका मानिसहरु शहर तथा विदेशमा पुग्ने गरेका छन् । पछिल्लो समय गाउँ सुनसान जस्तै रहँदै आएको थियो ।
चुनावका लागि जिल्लाका दुई वटै क्षेत्रका उम्मेदवारहरु गाउँगाउँ पुगेको नेकपा९एमाले०का स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रले जानकारी दिए।
चुनाव प्रचारप्रसारका लागि पालिका तहमा मात्रै होइन गाउँमा समेत सम्पर्क कार्यालय खुल्न लागेको कांग्रेस गल्याङ् नगर सभापति श्यामप्रसाद बस्यालले बताए। गाउँमा चहलपहल बढेसँगै बल्ल चुनाव आए जस्तो लागेको उनको भनाइ छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ११ दलका २१ जना र तीन जना स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गाउँगाउँमा कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारहरुको चर्चा हुने गरेको छ । जिल्लामा कांग्रेसबाट भरतराज ढकाल र भागवतप्रकाश मल्ल, नेकपा९एमाले०बाट मिनप्रसाद गुरुङ र खिमबहादुर थापा, रास्वपाबाट डाक्टर धनन्जय रेग्मी र झविलाल डुम्रे मुख्य प्रतिस्पर्धामा रहेका छन् ।
जनजातीको बाहुल्यता रहेको स्याङ्जा क्षेत्र नं। १ मा हर्क साम्पाङ् नेतृत्वको श्रमसंस्कृति पार्टीको पनि चुनावी अभियान तीव्र छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: