काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेको छिन्। शुक्रबार बिहान सहिद दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले श्रद्धाञ्जली अर्पण गरेको हो । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवम् पुन:स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ ।
यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १३:२७
काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले अभ्यास खेलमा भारतको एमसीए प्रेसिडेन्ट–११ लाई सात विकेटले हराएको छ । शुक्रबार राति भएक...
माघ १७ गते, २०८२ - १३:१९
ढाका। बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तरालपछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष...
माघ १७ गते, २०८२ - १२:५७
वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्...
माघ १७ गते, २०८२ - १२:५१
काठमाडौँ । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएको छन् । अस्ट्रेलियन...
माघ १७ गते, २०८२ - १२:३२
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै शहीदप...
माघ १७ गते, २०८२ - १२:१९
फिदिम । सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुगेका एकजना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएको छन् । जिल्लाको याङवरक गाउँपालिका २ तिमत...
माघ १७ गते, २०८२ - १२:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेको छिन्। शुक्रबार बिहान सहिद दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले श...
माघ १७ गते, २०८२ - ११:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम पुगेका एक व...
माघ १७ गते, २०८२ - ११:५१
स्याङ्जा। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेका छन् । मत माग्दै नेताहरु गाउँगाउँमा ...
माघ १७ गते, २०८२ - ११:३६
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई शान्तिपूर...




प्रतिकृया लेख्नुहोस्: